जिल्ला अदालत परिसरबाट हत्कडीसहित भागेका दमाईलाई गोली हानी पक्राउ

काठमाडौं । कैलाली जिल्ला अदालत परिसरबाट हत्कडीसहित फरार भएका दिल्प दमाईलाई प्रहरीले गोली हानेर पक्राउ गरेको छ ।

दमाईलाइ  धनगढी उपमहानगरपालिका ७ मा पर्ने बेली जंगलमा गोली हानेर प्रहरीले पक्राउ गरेको कैलाली प्रहरी प्रवक्ता डिएसपी हरिबहादुर ओलीले जानकारी दिए ।

लम्कीचुहा नगरपालिकाका २३ बर्षिय  दमाईलाई म्याद थपका लागि जिल्ला अदालत ल्याइएको बेला हत्कडीसहित फरार भएका थिए ।

खुट्टामा गोली लागे पश्चात नियन्त्रणमा लिई  उनलाई उपचारका लागि सेती अञ्चल अस्पतालमा भर्ना गरिएको स्रोतले बाताएको छ ।

दिल्प दमाई बलात्कारको अभियोगमा गत सोमबार पक्राउ परेका थिए  ।

यो पनि पढ्नुहोस  प्रेम विवाहका कारण बस्तीमा पानीको हाहाकार
१,फाल्गुन.२०७५,बुधबार १२:०७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: