आजको राशीफल

नेपाली जनता

सूर्य शौर्यमथेन्दुरुच्चपदवीं सन्मङ्गलं मङ्गलं । सद्वुद्धिं च वुधो गुरुश्च गुरुतां शुक्रः शुभं शं शनिः ।।
राहुर्वाहुबलं करोतु सततं केतुः कुलस्योन्नतिं । नित्यं प्रीतिकरा भवन्तु मम ते सर्वेऽनुकूला ग्रहाः ।।

पञ्चाङ्ग
श्रीसूर्य उत्तरायण,शिशिरर्तुः,विरोधकृत् नाम संवत्सर,श्रीशाके १९४०,विक्रमसम्वत २०७५ साल फाल्गुन २ गते विहिबार नेपाल सम्बत ११३९ सिल्लाथ्व तदनुसार सन् २०१९ फेब्रुवरी १४ तारिक शुक्लपक्ष नवमी तिथि विहान ९ वजेर ४३ मिनेटसम्म उप्रान्त दशमी तिथि,रोहिणी नक्षत्र अपरान्ह ५ वजेर ३१ मिनेटसम्म उप्रान्त मृगशिरा नक्षत्र,वैधृतियोग,कौलव करण,आनन्दादियोग उत्पात,सूर्य कुम्भ राशीमा,चन्द्रमा वृष राशीमा । काल राहु दक्षिण र पाश उत्तर दिशामा,योगिनी पूर्व दिशामा विहान ९वजेर ४३ मिनेटसम्म उप्रान्त उत्तर दिशामा एवं चन्द्रमा दक्षिण दिशामा दिनभर भ्रमण गर्ने छन् ।

मुहूर्त
राहुकालः–अशुभ अपरान्ह १ वजेर ४२ मिनेटबाट ३ वजेर ५ मिनेटसम्म रहनेछ । अशुभ यमघण्टायोगः–विहान ६ वजेर ४४ मिनेटबाट ८÷७ मिनेटसम्म रहनेछ । गुली कालः–सामान्य विहान ९ वजेर ३१ मिनेटबाट १० वजेर ५४ मिनेटसम्म रहनेछ । दूरमुहूर्तः–अशुभ विहान १० वजेर २७ मिनेटबाट ११ वजेर ११ मिनेटसम्म र अपरान्ह २ वजेर ५४ मिनेटबाट ३ वजेर ३९ मिनेटसम्म रहनेछ । शुभ अभिजित मुहूर्तः–पूर्वान्ह ११ वजेर ५६ मिनेटबाट मध्यान्ह १२ वजेर ४० मिनेटसम्म रहनेछ ।

दिनबार बेला
सूर्योदयबाट प्रातः ८ वजेर ७ मिनेटसम्म शुभ वेला,८ वजेर ७ मिनेटबाट ९ वजेर ३१ मिनेटसम्म रोग वेला,९ वजेर ३१ मिनेटबाट १० वजेर ५४ मिनेटसम्म उद्वेग वेला,१० वजेर ५४ मिनेटबाट १२ वजेर १८ मिनेटसम्म चर वेला,१२ वजेर १८ मिनेटबाट १ वजेर ४१ मिनेटसम्म लाभ वेला,१ वजेर ४१ मिनेटबाट ३ वजेर ५ मिनेटसम्म अमृत वेला,३ वजेर ५ मिनेटबाट ४ वजेर २८ मिनेटसम्म काल वेला र ४ वजेर २८ मिनेटबाट सूर्यास्तसम्म शुभ वेला रहनेछ ।

रात्रीबार बेला
सूर्यास्तबाट ७ वजेर ३० मिनेटसम्म अमृत वेला,७ वजेर ३० मिनेटबाट ९ बजेर ६ मिनेटसम्म चर वेला,९ वजेर ६ मिनेटबाट १० वजेर ४३ मिनेटसम्म रोग वेला,१० वजेर ४३ मिनेटबाट १२ वजेर १९ मिनेटसम्म काल वेला,१२ वजेर १९ मिनेटबाट १ वजेर ५६ मिनेटसम्म लाभ वेला,१ वजेर ५६ मिनेटबाट ३ वजेर ३२ मिनेटसम्म उद्वेग वेला,३ वजेर ३२ मिनेटबाट ५ वजेर ९ मिनेटसम्म शुभ र ५ वजेर ९ मिनेटबाट सूर्योदयसम्म अमृत वेला रहनेछ ।

यो पनि पढ्नुहोस  मन्त्रिपरिषद्को सोमबारको निर्णय सार्वजनिक सवारीको सबै सिटमा यात्रु बोक्न खुला

मेषः– सुखको अनुभूति कम हुनेछ । प्रयत्न पूर्वक गरेमा काममा सफलता मिल्नेछ । हेलचक्र्याई होईन समयमा सचेत हुनु आवस्यक देखिन्छ । आर्थिक कारोवार गर्दा होशियार रहनु होला । साथी भाईको भर परेर काम गर्दा धोका हुनेछ । महत्वकाँक्षी योजनामा हात नहाल्नु होला । भाग्यले कम साथ दिनेछ । इज्जतको ख्याल राख्नुहोला ।

वृषः– कार्य क्षमतामा ह्रास आउने छैन । सभा सम्मेलन तथा भोज भतेरमा सहभागि हुने अवसर मिल्नेछ । भाग्य भन्दा कर्ममा जोड दिनु होला । साना तिना समस्यामा नअल्झि काम गर्नु होला । व्यापार व्यवसायबाट आम्दानी हुनेछ । अध्ययन अध्यापन कार्यमा थोरै प्रगति हुनेछ । दामपत्य जीवनमा सुखानुभूति हुनेछ ।

मिथुनः– दैनिक काम काजमा अवरोध आउने देखिन्छ । अरुको वोझले थिच्नेछ । आर्थिक पक्ष दुर्वल बन्नेछ । व्यापार व्यवसायमा मन्दि आउनेछ । आम्दानी भन्दा नोक्सान बढि होला । चोटपटको भय देखिन्छ जोखिम पूर्ण यात्रा नगर्नु होला । राज्यबाट दण्डित हुने अवस्था आउन सक्छ सतर्क रहनु होला । नयाँ क्षेत्रमा लगानी नगर्नु होला ।

कर्कटः– काम गर्ने वातावरण भत्किने छैन सदुपयोग गर्नु होला । कार्य लगशिलता बढाउनु होला । नसोचेका ठाँउबाट धन आउनेछ । व्यापार व्यवसायबाट आय आर्जन राम्रो हुनेछ । सहयोगी मन भेटिने छन् । हतारमा गरेका कामबाट कम लाभ हुनेछ । धन सम्पतिको वृद्धि हुने योग छ । मिलेर भने पटक्कै काम नगर्नु होला ।

सिंहः– अविश्वासका बादल हट्ने छन् । काम गर्दा थोरै सहजता महशुस हुनेछ । सरल विधिबाट कार्य सम्पादन हुनेछन् । । विशेष गरेर यान्त्रिक तथा औषधी चिकित्सा जस्ता व्यापार,पेशा व्यवसायबाट बढि लाभान्वित हुनुहुनेछ । शत्रु नास हुनेछन् । राजनैतिक क्षेत्रबाट लाभान्वित हुनुहुनेछ । नोकरीमा पदोन्नतिको सम्भावना देखिन्छ ।

यो पनि पढ्नुहोस  पदीय मर्यादा विपरित ओली निवास किन पुगे उपराष्ट्रपति पुन ?

कन्याः– समय अरुको काममा बढि खर्च हुनसक्छ,आफ्ना कामलाई केन्द्र विन्दुमा राखेर गर्दा उपयुक्त हुनेछ । रोकिएका काम सुचारु हुनेछन् । फलदायी यात्राको सम्भावनालाई नकार्न सकिन्न । आफन्तबाट सामान्य सहयोग मिल्ने देखिन्छ । पढाई लेखाईमा प्रगति हुनेछ । धर्मिक विश्वास बढ्नेछ ।

तुलाः– तपाईको यात्रा अनुकुलताबाट प्रतिकुलता तिर मोडिनेछ विचार पु¥याउनु होला । काम गर्दा विभिन्न समस्या झेल्नु पर्नेछ । गरेका कामले पूर्णता पाउने छैन । आस्था र विश्वास घट्नेछ । आलस्यता बढ्नेछ । मानसिक एवं शारीरिक दुर्वलता बढ्ने देखिन्छ । व्यापार व्यवसायमा मन्दि आउनेछ । नयाँ क्षेत्रमा लगानी बढाउनु गलत हुनेछ ।

वृश्चिकः– समय परिस्थितिले साथ दिनेछ । उपलब्धिका बाटाहरु देखिने छन् । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । अरुको भर नपरि काम गर्नु होला । राजनैतिक गतिविधि सक्रिय भएर केहि मिल्ने छैन । नोकरीमा नयाँ सम्भावना देखिने छन् । पढाई लेखाईमा थोरै चासो बढ्नेछ । विरोधी कमजोर बन्ने छन् । भाग्यले साथ दिनेछ ।

धनुः– कार्य सम्पादनमा कठिनाई हुनेछ । धैर्यता र लगनशिलताको खाचो देखिन्छ । प्रयत्नपूर्वक गरेका काम सफल हुनेछन् र लाभ पनि हुनेछ । मुद्धा मामिलामा विजय हात लाग्नेछ । अहार विहारमा ध्यान दिनु होला स्वास्थ्य कमजोर बन्नेछ । लेनदेन कारोवार गर्दा बढि चनाखो रहनु होला । अरुको पूर्ण विश्वास गर्दा धोका हुनसक्छ ।

मकरः– दुविधामा नपरि कार्य क्षेत्रमा अगाडि बढ्नु होला । अरुको भरोसामा मात्रै काम नगर्नु होला । एउटा एउटा चिन्ताले छोड्ने छैन । व्यापार व्यवसायबाट सोचे जस्तो लाभ हुने छैन । जीवन साथिको सहयोग लिएर काम गर्दा बढि सजिलो हुनेछ । विवादित काममा हात नहाल्नु होला । भय आतुरमा गरेका कामले पछि पिरोल्न सक्छ ।

यो पनि पढ्नुहोस  कृषिमन्त्री शाहीले भने, धान दिवस मनाउँदै कृषिमा युवाको आकर्षण आवश्यक

कुम्भः– समस्याको भूमरीबाट बाहिर निस्कने प्रयत्न गर्नु होला नत्र धेरै उपलब्धि गुमाउनु पर्नेछ । विना तयारी केहि नगर्नु होला नोक्सान बढि हुनेछ । लगनशिल भई काम गर्नु भएको खण्डमा थोरै भए सफलता मिल्नेछ । पारिवारिक समस्या बढ्न सक्छन् । परबन्धनको सम्भावनालाई नकार्न सकिन्न । माल समान चोरी वा हराउन सक्छ ।

मिनः– उपलब्धिका दृष्टिबाट दिन राम्रै देखिन्छ । अरुको भर पर्नु पर्ने छैन,आफ्नै बाहुबलबाट धेरै काम सम्पादन हुनेछन् । व्यापार व्यवसायबाट आय आर्जन राम्रै होला । इष्टमित्र,साथि भाईको सहयोग सहानुभूति मिल्नेछ । न्याय मार्ग कमजोर देखिन्छ भने वैदेशिक एवं शैक्षिक मार्ग सफल देखिन्छन् । कुरा भन्दा काममा जोड दिनु होला ।

२,फाल्गुन.२०७५,बिहीबार ०६:३० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: