भक्तपुरको कौशलटारमा आगलागी : करोडौंको क्षति

नेपाली जनता

भक्तपुर । भक्तपुर मध्यपुर थिमी नगरपालिका वडा नं ३ कौशलटार डाँफेटोलमा रहेको श्रेष्‍ठ फर्निचर उद्योगमा आगलागी भएको छ ।

विद्युत सर्ट भई आइतबार राति ११ बजेदेखि लागेको आगो बिहान ४ बजे नियन्त्रणमा आएको थियो । आगलागीबाट फर्निचर कारखानासँगै, शो रुम, गोदाम घर, फर्निचर निर्माणस्थल, कच्चा पदार्थ राखिएको स्थल, फर्निचरमा प्रयोग हुने काठ, सोफामा प्रयोग हुने कपडा जलेका छन् । साथै श्रेष्ठको आफ्नै घरमा समेत क्षति पुगेको छ ।

उक्त फर्निचर उद्योग जलेर पूर्ण रुपमा नष्‍ट भएको छ । उद्योगसँगै रहेको राजु श्रेष्‍ठको घरको पछाडीको भाग तथा प्रदिप सिलवालको घरको पछाडीको भागमा आंशिक क्षति भएको छ । त्यस्तै उक्त स्थानमा संचालनमा रहेको मंगल श्रेष्‍ठको कुल्फी उद्योगमा समेत क्षति भएको छ ।

घटना स्थलमा महानगरीय प्रहरी परिसर भक्तपुर, नेपाली सेनाको बिरदल गण सूर्यबिनायक, शसस्त्र प्रहर गण दुवाकोटका सुरक्षाकर्मी र स्थानीय नागरिक तथा काठमाण्डौ, ललितपुर, भक्तपुर, नेपाली सेना र नेपाल प्रहरी समेतको ७ वटा दमकल र स्थानीय खानेपानीका पानी ट्याङ्कर समेतको सहयोगमा नियन्त्रणमा आएको बताइएको छ ।

आगलागीबाट करिव ६ करोड मूल्य बराबरको क्षति भएको अनुमान गरिएको छ ।

यो पनि पढ्नुहोस  अबरोध नभए २ वर्षभित्रमा बन्छ धरहरा
२०,फाल्गुन.२०७५,सोमबार ०८:५३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: