गण्डकी मेडिकल कलेजमा लागेको ताला विद्यार्थीले खोले

पोखरा । गण्डकी मेडिकल कलेजमा बिगत लामो समयदेखि लागेको ताला बिद्यार्थीले खोलेका छन् । शुक्रबार खोल्ने भनिएको ताला वातावरण अनुकुल नभएको भन्दै शनिबार खोलिएको हो । लामो समय सम्म कलेज बन्द गरेर कुनै औचित्य नभएको र २०१६ ब्याचको पूरक परीक्षा नजिकिएको समयमा पठनपाठन सुचारु होस साथै परीक्षाको लागि फारम भर्नुपर्ने भएकाले पनि कलेजको तालाबन्दी खोलिएको बिद्यार्थीको भनाइ रहेको छ ।

बिद्यार्थीले कलेज प्रशासनले मनपरि शुल्क लिएको र कलेजमा आर्थिक अपारदर्शिता भएको भन्दै कलेजमा तालाबन्दी गरेका थिए । सामान्य हडताल बाट शुरु भएको बिरोधको कार्यक्रम तालाबन्दी हुँदै अदालतमा पुगेको छ ।

बिद्यार्थीले कलेजका सञ्चालक र कर्मचारीका बिरुद्धमा फागुन २१ गते जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय कास्कीमा ठगी मुद्धा दायर गरेपछि समस्या अझै पेचिलो बन्दै गएको छ । सोही अनुसार प्रहरीले ११ जना बिरुद्ध पक्राउ पूर्जी जारी गरेर २ जनालाई पक्राउ पनि गरेको छ भने ९ जना फरार रहेका छन् ।

पक्राउ पर्नेमा पूर्व सिइओ सन्तोष खनाल र कर्मचारी लक्ष्मण शर्मा रहेका छन भने फरार भनिएका ९ जनामा कलेजका अध्यक्ष खुमा अर्याल, प्रिन्सीपल रबीन्द्र श्रेष्ठ, युवराज शर्मा, हरिमाया पौडेल, दिनेश पौडेल, तिलक पौडेल, कृष्ण पौडेल, कृष्ण घिमिरे र बिश्वराज घिमिरे रहेका छन ।

यता कलेजका सञ्चालकले त्यसको बिरुद्धमा जिल्ला अदालत कास्की, जिल्ला प्रशासन कार्यालय कास्की, जिल्ला प्रहरी कार्यालय कास्की, जिल्ला न्यायाधीवक्ताको कार्यालय र ३ जना बिद्यार्थीलाइ बिपक्षी बनाएर रिट दायर गरेका हुन ।

होस्टेल, यातायात लगायतका खर्चका लागि बिद्यार्थीकै सहमतिमा रकम संकलन गरेको पनि रिट निवेदनमा जनाइएको थियो । तर जिल्ला अदालतको अनुमतिमा जारी भएको पक्राउ पूर्जीमा अन्तरिम आदेश दिन नमिल्ने भन्दै उच्च अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको थियो ।

यो पनि पढ्नुहोस  रिमा मोटी कि ‘सेउसी’ !

त्यस्तै बिद्यार्थीले लामो समयदेखि बन्द रहेको गण्डकी मेडिकल कलेजको बिषय अदालतमा पुगेसंगै अदालतबाट जे फैसला हुन्छ आफुहरुलाई मान्य हुने भन्दै कलेजको तालाबन्दी खोल्ने तर्फ आफुहरु लागेको बताएका छन । बिद्यार्थीका अनुसार परीक्षा नजिकिदै गएको र त्यसमा कलेजका अन्य जिम्मेवार ब्यक्तिहरुले सचेत भएर पठनपाठन सुचारु गर्नुपर्ने बिद्यार्थीको भनाइ रहेको छ ।

गत माघ १७ गतेदेखि आन्दोलनमा उत्रिएका बिद्यार्थीले गरेको तालाबन्दी पठनपाठन सुचारु गर्नुपर्ने भन्दै आज शनिबार प्रहरी प्रशासनको रोहबरमा खोलेका हुन् ।

२,चैत्र.२०७५,शनिबार १७:२२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: