बिब्ल्याँटो कर्मचारी समायोजन

नेपाली जनता

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारी समायोजन टुंग्याएपछि उत्साहित मन्त्री लालबाबु पण्डित भन्दै थिए, ‘यति छिटो, यति व्यवस्थित समायोजन संसारमा अन्त कतै भएको छ भने देखाई दिनुस् !’

तर समायोजनपछि संघ, प्रदेश र स्थानीय तहमा खटाइएका कर्मचारीको उल्टो पिरामिड तयार भएको छ । त्यो अधिकारसम्पन्न संघीय प्रशासन पुनर्संरचना समिति, ०७४ को सिफारिस विपरीत समेत देखिएको छ । समितिको कार्यान्वयन सहजीकरण प्रतिवेदनमा संघमा २० देखि २२ हजार कर्मचारी आवश्यक पर्ने सुझाव सरकारलाई दिइएको थियो ।

त्यस्तै, प्रदेशमा १८ हजार र स्थानीय तहमा ५० हजारसहित ९० हजार कर्मचारी भए पुग्ने समितिको निष्कर्ष थियो । संघ, प्रदेश र स्थानीय तहलाई क्रमशः २४, २० र ५६ प्रतिशत कर्मचारी बाँडेर कर्मचारीतन्त्रलाई कामकाजी र चुस्त बनाउनुपर्ने समितिको राय थियो ।

त्यो सिफारिस लत्याउँदै समायोजन सुरु गर्नुअघि नै सरकारले तीन तहका लागि १ लाख ३८ हजार १ सय ७८ कर्मचारीको दरबन्दी कायम गरिदियो । संघमा ४७ हजार ९ सय २० (३५ प्रतिशत), प्रदेशमा २२ हजार ७ सय ५५ (१६ प्रतिशत) र स्थानीय तहमा ६७ हजार ५ सय ३ (४९ प्रतिशत) कर्मचारी छुट्याइएको थियो । पिरामिड आकारमा दिइएको अधिकारसम्पन्न संघीय प्रशासन पुनर्संरचना समितिको सुझाव कर्मचारी समायोजनसम्म आइपुग्दा पिरामिड उल्टो बनेको छ ।

यो पनि पढ्नुहोस  राजदूत लीलामणि पौडेललाई कारबाही गर्न प्रधानमन्त्रीसँग आग्रह
४,चैत्र.२०७५,सोमबार १२:०० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: