प्रधानमन्त्री ओली निरंकुश बन्न खोज्दैः डा. संग्रौला

कपिलवस्तु । नेपाली काँग्रेस पार्टीकी केन्द्रीय सदस्य तथा संघीय साँसद डाक्टर डिला संग्रौलाले प्रधानमन्त्री केपी ओलीले संबिधान कुल्चेर निरकुश प्रदर्शन गर्न खोजेको आरोप लगाएएकी छन् ।

नेपाल प्रेस युनियन कपिलवस्तु शाखाले तौलिहवामा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै नेतृ संग्रौलाले प्रधानमन्त्रीको सिफरिसमा सेना परिचालन गर्न सक्ने बिषयमा पेश भएको विधेयकलाई लक्षित गर्दै सो भनाइ राखे । राष्ट्रिय परिषदको सिफारिसमा मन्त्री परिषदको निर्णयमा सेना परिचालन गर्न सक्ने संबिधान व्यवस्था बिपरित प्रधानमन्त्रीको सिफरिसमा सेना परिचालन गर्ने बिषय प्रधानमन्त्रीको अर्को राजा बन्ने तयारी भएको आरोप लगाइन् ।

सरकार संघीय कानुन बनाउन भन्दा पनि संघीयतालाई असफल बनाउने दिशा तर्फ अघि बढेको बताउदै हाल पेश गरिएका बिधेयकमा सबै अधिकार केन्द्रमा राखिएको उनले बताए । प्रदेशको शान्ति सुरक्षा समबन्धि ऐनमा मुख्यमन्त्री र साँसदलाई कमजोर बनाउन खोजिएको वहाँको तर्क थियो ।

नेपाल प्रेस युनियनका जिल्ला उपाध्यक्ष किरणमान बज्राचार्यको अध्यक्षता र सचिव मणी प्रसाद गैह्रेको सञ्चालनमा सम्पन्न पत्रकार सम्मेलनमा नेपाल महिला संघ केन्द्रीय कोषाध्यक्ष जानकी सिंह, केन्द्रीय सदस्यहरु गिरजा न्यौपाने, इन्दिरा भटराई, प्रदेश सभा सदस्य रीना नेपाल, महिला संघ जिल्ला अध्यक्ष मिना केसी लगायतको सहभागीता रहेको थियो ।

यो पनि पढ्नुहोस  सुनकाण्डका अभियुक्तको यस्तो नाटक
१३,चैत्र.२०७५,बुधबार १५:३६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: