आजको मौसमः मध्यान्हपछि मेघगर्जसहित वर्षा

नेपाली जनता

काठमाडौं । देशका पूर्वी तथा मध्य पश्चिमी पहाडी भेगमा आज मध्यान्ह साँझपछि मेघगर्जसहित बर्षा हुने भएको छ ।पूर्वी भू–भागहरु लगायत मध्य र पश्चिमि पहाडि भेगहरुमा दिउँसो आंशिक बदली रहनेछ भने बाँकी भू–भागहरुको मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

साँझपख मध्य र पूर्वी हिमाली भेगका एक दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको महाशाखाका मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिए ।उनका अनुसार देशका पश्चिमी भू–भागहरुमा आंशिक देखी सामान्य बदली रही बाँकि भू–भागहरुमा आंशिक बदली रहनेछ ।

पश्चिमी भेगका थोरै स्थानहरुमा र मध्य र पूर्वी पहाडी भेगका एक–दुई स्थानहरुमा मेघ गर्जन सहितको क्षणिक वर्षाको संभावना देखिएको प्रधानाङ्गको भनाइ छ । राती पनि हिमाली भेगका केही स्थानमा हल्का हिमपातको संभावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यो पनि पढ्नुहोस  कोटेश्वरमा अत्यधिक जाम, उस्तै सास्ती
१५,चैत्र.२०७५,शुक्रबार ०७:५४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: