आजको राशीफल

नेपाली जनता

सूर्य शौर्यमथेन्दुरुच्चपदवीं सन्मङ्गलं मङ्गलं । सद्वुद्धिं च वुधो गुरुश्च गुरुतां शुक्रः शुभं शं शनिः ।।
राहुर्वाहुबलं करोतु सततं केतुः कुलस्योन्नतिं । नित्यं प्रीतिकरा भवन्तु मम ते सर्वेऽनुकूला ग्रहाः ।।

पञ्चाङ्ग
श्रीसूर्य उत्तरायण,वसन्तर्तुः,विरोधकृत् नाम संवत्सर,श्रीशाके १९४०,विक्रम सम्वत २०७५ साल चैत्र १८ गते सोमबार नेपाल सम्बत ११३९ चिल्लागा तदनुसार सन् २०१९ अप्रिल १ तारिक कृष्णपक्ष एकादशी तिथि विहान ६ वजेर ४६ मिनेटसम्म उप्रान्त द्वादशी तिथि,धनेष्ठा नक्षत्र नक्षत्र राती १० वजेर २७ मिनेटसम्म उप्रान्त शतभिषा नक्षत्र,साध्ययोग, बालवकरण,आनन्दादियोग शुभ,सूर्य मीन राशीमा,चन्द्रमा विहान ९ वजेर ८ मिनेटसम्म मकर उप्रान्त कुम्भ राशीमा ।
यात्र र युद्धमा सम्मुख काल पाश पार्नु हुदैन । काल दाहिने र पाश देव्रे शुभ हुन्छ । जुवा खेल्न,बहस गर्न,यात्रा र सङ्ग्राममा सम्मुख योगिनी वर्जित छ भने आफ्नो राशिमा चन्द्रमा हुदा यात्रा,युद्ध,विवाह,क्षौर कर्म र गृहप्रवेश गर्नु उचित मानिन्न । यात्रा गर्दा विशेष गरेर स्त्री जातिको लागि दाँया र सम्मुख शुक्र अशुभ मानिन्छ ।

मुहूर्त
शुभ अभिजित मुहूर्तः– पूर्वान्ह ११ वजेर ४३ मिनेटबाट मध्यान्ह १२ वजेर ३३ मिनेटसम्म रहनेछ । सामान्य गुली काल मुहूर्तः–अपरान्ह १ वजेर ४१ मिनेटबाट ३ वजेर १४ मिनेटसम्म रहनेछ । अशुभ राहुकाल मुहूर्तः–विहान ७ वजेर २९ मिनेटबाट ९ वजेर २ मिनेटसम्म रहनेछ । अशुभ यमघण्टायोगः–विहान १० वजेर ३५ मिनेटबाट मध्यान्ह १२ वजेर ८ मिनेटसम्म रहनेछ । अशुभ दूरमुहूर्तः–मध्यान्ह १२ वजेर ३३ मिनेटबाट अपरान्ह १ वजेर २२ मिनेटसम्म र ३ वजेर १ मिनेटबाट ३ वजेर ५१ मिनेटसम्म रहनेछ ।

बार वेला
सूर्योदयबाट प्रातः ७ वजेर २९ मिनेटसम्म अमृत वेला,७ वजेर २९ मिनेटबाट ९ वजेर २ मिनेटसम्म काल वेला,९ वजेर २ मिनेटबाट १० वजेर ३५ मिनेटसम्म शुभ वेला,१० वजेर ३५ मिनेटबाट १२ वजेर ८ मिनेटसम्म रोग वेला,१२ वजेर ८ मिनेटबाट १ वजेर ४१ मिनेटसम्म उद्वेग वेला,१ वजेर ४१ मिनेटबाट ३ वजेर १४ मिनेटसम्म चर वेला,३ वजेर १४ मिनेटबाट ४ वजेर ४७ मिनेटसम्म लाभ वेला र ४ वजेर ४७ मिनेटबाट सूर्यास्तसम्म अमृत वेला रहनेछ ।

यो पनि पढ्नुहोस  अध्यादेश फिर्ता लिनुको विकल्प छैन: वामदेव निवास भैंसेपाटी बैठक

बार वेला
सूर्यास्तबाट ७ वजेर ४७ मिनेटसम्म चर वेला,७ वजेर ४७ मिनेटबाट ९ वजेर १४ मिनेटसम्म रोग वेला,९ वजेर १४ मिनेटबाट १० वजेर ४१ मिनेटसम्म काल वेला,१० वजेर ४१ मिनेटबाट १२ वजेर ८ मिनेटसम्म लाभ वेला,१२ वजेर ८ मिनेटबाट १ वजेर ३५ मिनेटसम्म उद्वेग वेला,१ वजेर ३५ मिनेटबाट ३ वजेर २ मिनेटसम्म शुभ वेला,३ वजेर २ मिनेट बाट ४ वजेर २९ मिनेटसम्म अमृत र ४ वजेर २९ मिनेटबाट सूर्योदयसम्म चर वेला रहनेछ ।

मेषः– समयले साथ दिनेछ कुनै काम गर्न पछि नपर्नु होला । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । नोकरीमा पदोन्नति हुनसक्छ । थोरै मेहनत गरेमा बक्यौता रकम उठाउन सकिनेछ । पढाई लेखाईमा सामान्य प्रगति हुनेछ । सहयोगी मन भेटिने छन् । आफुमा भएको उर्जाको राम्रो प्रयोग गर्नु होला ।

वृषः– दिन सामान्य अनुकुल देखिन्छ । रोकिएका योजनाहरु अगाडि बढ्ने छन् । थोर प्रयत्न गरेमा नयाँ कामको अवसर प्राप्त हुनेछ । सज्जनको संगत हुनेछ भने दूर्जनहरु टाढा हुनेछन् । पथ प्रदर्शक भएर काम गर्नु पाईनेछ । इज्जत प्रतिष्ठा बढ्नेछ । अध्ययन अध्यापन कार्यमा सफल हुुनुहुनेछ । व्यापारमा सुधार आउनेछ ।

मिथुनः– बोलीको स्थायीत्व नहुदा अरुले कम विश्वास गर्नेछन् । विना उपलब्धिका काममा समय बढि लगानी हुनेछ । घर परिवारका कुराले मनलाई बढि अशान्ति गराउनेछ । आर्थिक कारोवारमा बढि चनाखो हुनुहोला । यात्राको सम्भावना देखिन्छ । राजनैतिक शक्ति प्रयोग गरेर दुख दिन सक्छन् होशियारी अप्नाउनु होला ।

कर्कटः– शारीरिक एवं मानसिक रुपमा काम गर्न असक्षम महशुस हुनेछ । मनमा वैराग्य भाव पैदा हुनेछ । काम गर्ने वातावरण खलबलिनेछ । अनावस्यक काममा समय र धन खर्च हुनेछ । व्यापार व्यवसायमा अवनति हुनेछ । दिर्घकालीन असर पुग्ने खालका योजना अगाडि नबढाउनु होला । झुट्टा आरोप लाग्न सक्छ सतर्क रहनु होला ।

यो पनि पढ्नुहोस  कोरोना विशेष अस्पतालमा मृत्यु भएकी युवतीमा कोरोना संक्रमण पुष्टि

सिंहः– बोलीको प्रभावबाट काम बन्ने छन् । वैदेशिक कार्य योजनले मुर्तरुप लिनेछ । प्रयत्न गरेमा नयाँ काम हात पार्न सकिनेछ । आयात निर्यात व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । विदेश यात्राको योग देखिन्छ । दामपत्य जीवनमा सुखानुभूति हुनेछ । राजनीति दाउपेचमा नलागी काम गर्नु होला । पढाईमा प्रगति हुनेछ ।

कन्याः– आफ्नो विचारमा अडिग रहेर काम गर्नुहोला अवस्य पनि सफलताको सिढी चढ्नु हुनेछ । संघर्ष विना कहि कतै केहि हुने छैन । परिश्रमको अन्तिम परिणम भने सुखद रहनेछ । विरोधीको सक्रियताले काममा असर पर्न सक्छ सजग भई काम गर्नु होला । आर्थिक क्षेत्रमा सामान्य सुधार आउनेछ । सहयोग पाईने छैन ।

तुलाः– शैक्षिक प्रतिष्ठानमा काम गर्नेहरुको लागि दिन थोरै अनुकुल रहनसक्छ । काम गर्दा अलमलमा नपरि गर्नु होला । आफुले ढिलो गर्दा अरुले फाइदा लिनेछन् । दैनिक काम काज सुचारु रुपले अगाडि बढ्ने छन् । पारिवारिक समस्यामा कमि आउनेछ । भौतिक सुखानुभूति भने कम हुनेछ । साथी भाईको सहयोग कमै मिल्नेछ ।

वृश्चिकः–घरमा जमघट बढ्नेछ र पारिवारिक खर्च पनि बढ्नेछ । भौतिक सुखानुभूति कम हुनेछ । उपलब्धिका काममा समय कम खर्च हुनेछ । शारीरिक शिथिलता बढ्न सक्छ । व्यापार व्यवसायबाट सोचे जस्तो मुनाफा लिन सकिने छैन । ऋण लगानी गर्दा विशेष ध्यान दिनुहोला । भय आतुरमा गरेका काम विग्रिने छन् ।

धनुः– सफलताको साचो आफ्नै हातमा हुनेछ । आर्थिक उन्नतिको दरमा वृद्धि हुनेछ । सक्रिय भएर काम गर्दा उपलब्धि राम्रै हात लाग्नेछ । शैक्षिक,न्यायिक तथा बैदेशिक कार्यबाट लाभान्वित हुनुहुनेछ । अर्थ अभावले काममा सामान्य ढिला सुस्ति हुनसक्छ । इष्टमित्र आफन्तको भर परेर कुनै काम नगर्नु होला यदि गरेमा डुविनेछ ।

मकरः– अस्थिरताले कमजोर बनाउने छ । रिस,अहंकार र क्रोध त्यगेर कर्म क्षेत्रमा लाग्नु होला । प्रयत्नपूर्वक गरेका काम सफल हुनेछन् । साझेदारीमा गरेका कामबाट कमै लाभ लिन सकिनेछ । व्यापार व्यवसायबाट सामान्य आम्दानी हुनेछ । धन दिने काम भने आज नगर्नु उचित हुनेछ । सहयोग कमै भेटिने छन् ।

यो पनि पढ्नुहोस  लेटरप्याड दुरुपयोग गरी भ्रम फैलाउनेलाई कारवाही गर्न माओवादीको माग

कुम्भः–प्रातकाल त्यति अनुकुल देखिन्न । मध्यान्ह देखि समयले साथ दिनेछ । कार्य लगनशिलता,आत्मबल,आत्मविश्वास बढ्नेछ । अधिकाँश काम आफ्नै बाहुबलमा सम्पादन हुनेछन् । स्वतन्त्र व्यापार व्यवसायबाट आय आर्जन बढ्नेछ । पढाईमा भन्दा कमाईमा ध्यान जानेछ । राजनीति व्यक्तिसँग सहकार्य नगर्नुहोला पछि धोका हुनेछ ।

मीनः– अनुदारबादीको चपेटामा परिएला । झुट्टा आरोप लाग्न सक्छ सतर्क रहनुहोला । नयाँ व्यवसायिक क्षेत्रमा लगानी नबढाउनु होला डुब्न सक्छ । आम्दानीका मार्गमा अवरोध आउनेछ । व्यापार घट्नेछ । पारिवारिक सुखमा कमि आउनेछ । पढाईमा कम ध्यान जानेछ । सहयोगी मनहरु टाढा हुनेछन् । व्यर्थको घुमाई फिराई बढि हुनेछ ।

१८,चैत्र.२०७५,सोमबार ०६:३० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: