विनासकारी हावाहुरीका कारण पर्सा र बारामा २५ जनाको मृत्यु, ४ सय बढी घाइते

नेपाली जनता

वीरगञ्ज । आइतबार साँझ एक्कासी आएको विनासकारी हावाहुरीका कारण पर्सा र बारामा मृत्यु हुनेकाे संख्या २५ पुगेकाे छ । हावाहुरीकाे चपेटामा परी पर्सा र बारा जिल्लामा ४०० बढी मानिस घाइते भएकाे प्रहरीले जनाएकाे छ । मृतक र घाइतेकाे संख्या बढन सक्ने उद्दारमा खटिएका सुरक्षा निकायले अनुमान गरेका छन ।

पर्साका विभिन्न स्थानमा घाइते भएकाकाे नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । ग्रामीण क्षेत्रमा आएको हावाहुरीका कारण घर, पर्खाल भत्किनाका साथै ठूलो जनधनको क्षति भएको छ । हुरीका कारण आपतमा परेकाहरुको उद्धारमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीयवासी खटिएको प्रहरीले जनाएको छ ।

विनासकारी हावाहुरीका कारण २५ जनाको मृत्यु भएको र ४ सयभन्दा बढी घाइते भएको प्रधानमन्त्री केपी शर्मा ओलीले ट्वीट गरेका छन । साथै उनले ऑधि/हुरीबाट धनजनको अकल्पनीय क्षति भएको भन्दै दुःख व्यक्त गरेका छन्। उद्धार कार्यमा गंभीरताका साथ लाग्न र घाईतेको उपचारमा कुनै कमी आउन नदिन समेत प्रधानमन्त्रीले निर्देशन दिएका छन ।

यो पनि पढ्नुहोस  सिङ्गो गाउँमा एक मात्र शौचालय !
१८,चैत्र.२०७५,सोमबार ०६:२० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: