यसरी बाहिरिएको थियो एसईई प्रश्नपत्र

नेपाली जनता

काठमाडौं । सिआइबी प्रमुख प्रहरी नायब महानिरीक्षक नीरजबहादुर शाहीका अनुसार १४ र १५ गते दुबै विषयको प्रश्नपत्र इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवान बह्मदेव सुनरैत यादवले साथी दीपेन्द्रकुमार मण्डललाई सहयोग गर्न निकालेका थिए ।

यादवले चाबी चोरेर दराज खोलेको र ब्लेडले थैलो चिरेर प्रश्नपत्र निकालेको सिआइबीले जनाएको छ । प्रश्नपत्रको फोटो खिचेपछि त्यसलाई पूर्ववत् राखिदिएका थिए ।

२२ वर्षीय बह्मदेव सप्तरी राजविराज नगरपालिका–१० का हुन् भने २५ वर्षीय दीपेन्द्र राजविराज नगरपालिका –६ का बासिन्दा हुन् । दुवै एकै प्रहरी कार्यालयमा कार्यरत छन् । यसमा इलाका प्रहरी कार्यालय कल्याणपुर इञ्चार्ज तुलसी भट्टराईसहित अन्य कसैको पनि संलग्नता हालसम्म देखिएको छैन् शाहीले भन्नुभयो ।

साथीका लागि चोरेको प्रश्नपत्र बह्मदेवकै कारण सप्तरीमा फैलिएको पाइएको छ ।

यो पनि पढ्नुहोस  विद्यासुन्दरलाई प्रधानमन्त्रीले भनेः तपाईले गर्दा बद्नामी हुन लाग्यो !
२३,चैत्र.२०७५,शनिबार ११:३० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: