स्याङ्जामा भयो विश्व चकित हुने यस्तो अनौठो घटना !

नेपाली जनता

काठमाडौं । तपाईले सामान्यतया मानिसले जन्मदिन मनाएको सुन्नु भएको होला । तपाई आफैंले पनि आफ्नो जन्मदिन मनाउँदै आउँनु भएको होला तर कहिल्लै सुन्नु भएको छ । भैसीको पाडीको पनि जन्मदिन मनाउँने गरिन्छ । हो तपाई ठिक सुन्दै हुनुहुन्छ, स्याङ्जा जिल्लामा एक किसानले आफुँले पालेको पाडी एक बर्ष पुगेको भन्दै केक काटेर उसको जन्मदिन मनाएका छन् ।

गल्याङ नगर पालिका ७ , चोक, स्याङ्जाका डल्लु पाठक (चोकाली)ले पाडीको जन्मदिन मनाएका हुन् । ‘काली’ नाम गरेकी उक्त पाडी गत वर्षको असोज १९ गते जन्मिएको बताइएको छ । पाडीको धेरै माया लाग्ने बताउने उनले धेरै वर्ष अघि देखि नै आफ्ना पशुहरुको जन्मदिन मनाउदै आउने गरेका छन् । यसैक्रममा उनले कुराउनीको केक बनाएर पाडीलाई खुवाएका हुन् । उनले फेसबुकमा समेत एक स्टाटस लेख्दै उनलाई जन्मदिनको शुभकामना दिएका हुन् । अहिले उनको यो कामलाई लिएर सामाजिक सञ्जालमा चर्चा सुरु भएको छ ।

यो पनि पढ्नुहोस  चन्द्रग्रहणको महासंयोगमा यी ६ राशिलाई हुनेछ नसोचेको लाभ
२५,चैत्र.२०७५,सोमबार १२:३० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: