झापामा सिडिओको गाडीको ठक्करबाट साइकलयात्रीको मृत्यु

नेपाली जनता

झापा । झापामा प्रमुख जिल्ला अधिकारी (सिडिओ)को गाडीको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ । झापाको कन्काई नगरपालिका-१, दुर्गापुरमा बिप्रधानमन्त्रीको गृह जिल्ला झापामा सिडिओका गाडीहीबार राति पिकअप भ्यानको ठक्करबाट १ जना साइकलयात्रीको मृत्यु भएको हो ।

राति साढे ८ बजे पूर्व-पश्चिम राजमार्गमा पूर्वतर्फ आउँदै गरेको जिल्ला प्रशासन कार्यालय झापाको ६६-१-०४१४ नम्बरको गाडीले विपरीत दिशातर्फ जाँदै गरेका साइकलयात्री पाँचथर नागी-६ घर भई हाल कन्काई नगरपालिका-१, कालीमोडामा डेरा गरी बस्ने वर्ष ४० का उमेश हिङमाङलाई ठक्कर दिएको थियो।

ठक्करबाट गम्भीर घाइते भएका हिङमाङलाई उपचारको लागि बि एण्ड सी अस्पताल बिर्तामोड पठाइएकोमा उनकाे उपचारको क्रममा राति ९ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। मृतकको शव सोही अस्पतालमा राखिएको छ भने पिकअप र चालकलाई प्रहरीको नियन्त्रणमा राखिएको छ।

यो पनि पढ्नुहोस  जहाँ कण्डम प्रयोग गरेर मदिरा बनाइन्छ
१३,बैशाख.२०७६,शुक्रबार १२:५२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: