प्रेम विवाहका कारण बस्तीमा पानीको हाहाकार

नेपाली जनता

काठमाडौं । मोरङ बुढीगंगा गाउँपालिकाका एक मुसहर युवाले अर्कै जातकी युवतीसँग प्रेम विवाह गरेपछि उसको परिवार र आफन्तमाथि ज्यादती भएको छ । सख्मा टोलका २२ वर्षीय शनि ऋषिदेवले सोही ठाउँकी अन्दाजी १८ वर्षीया सिर्जना थापा मगरसँग प्रेम विवाह गरेको आरोप केटी पक्षले लगाएको छ । शनिका आमाबाबुले आफ्नो छोरा सम्पर्कमा नभएको दाबी गर्दै आएका छन् ।

दलित समुदायका शनिले एसइई परीक्षा सकिनासाथ गत १८ चैतमा सिर्जनालाई भगाएर लगेको केटी पक्षको आशंका छ । दुवै परिवारको सम्पर्कमा छैनन् । तर, सिर्जनाका आफन्तहरू प्रह्लाद, समिर, सबिन, धीरेन, किरण, रामबहादुर थापालगायतले केटी खोजेर नल्याएमा गाउँमा बस्न नदिने, बालविवाह, अपहरण र ज्यान मुद्दा लगाउनेलगायत मानसिक तनाव दिने गरेको शनिका मामा दीपनारायण ऋषिदेवले बताए ।

शनिको परिवार अहिले गाउँबाटै विस्थापित भएका छन् ।दीपनारायणका अनुसार केटी पक्षको धम्कीका कारण बस्तीका पाँच घरका मानिस त्रासमा छन् । केटी पक्षले आफ्नो छोरीलाई खोजेर ल्याउन धम्की दिँदै मुसहर समुदायले प्रयोग गर्दै आएको पानी खाने चापाकल भत्काइदिएका छन् । खानेपानीको चापाकल भत्काइदिँदा बस्तीमा पानीको हाहाकार भएको छ ।

यो पनि पढ्नुहोस  मुद्दा मिलाइदिन्छु भन्दै तीन लाख मागेको आरोपमा कानून व्यवसायी पक्राउ
३,जेष्ठ.२०७६,शुक्रबार २२:०० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: