सुषमा, जयशंकर र नेपाल

नेपाली जनता

भारतीय जनता पार्टीकी ६७ वर्षिय वरिष्ठ नेता सुषमा स्वराज मे २६, २०१४ बाट भारतको विदेशमन्त्री रहिन । उनको शालिन स्वभावले विदेश सम्बन्धहरू सामान्य रहे । कानुनकी विद्यार्थी स्वराजले केही समय भारतको सर्वोच्च न्यालयमा वकालत गरिन । दिल्लीको मुख्यमन्त्रीका रूपमा सन १९९८ मा उनले जम्मा ५२ दिन मात्र काम गर्न पाइन । संसदमा विपक्षी पार्टी भारतीय जनता पार्टीको संसदीय दलको नेताको भूमिकामा पनि काम गरिन । सोनिया गान्धीलाई प्रधानमन्त्री नबनाउनेमा उनी अग्र पंक्तिमा थिइन । शिर मुडाउने देखि समाधिमा बस्ने सम्मको घोषणा गरिन । भारतीय जनता पार्टीको अग्रणी नेताहरूमा सुषमा स्वराजको नाउँ आउँछ । उनी अटल विहारी बाजपेयी र विशेष गरी लालकृष्ण आडवाणीकी समर्थक हुन् । मोदीसँग उनको केही दूरी रहेको थियो । मोदीले विरलै विदेश भ्रमणमा स्वराजलाई लगेको इतिहास छ । केही समयदेखि स्वास्थ्यमा समस्या आएका कारण उनले यो वर्षको लोकसभा चुनाव पनि लडिनन् तर मुख्य कारण चाहिँ मोदीसँगको सम्बन्ध नै हो । स्वराजको नेपालसँगको सम्बन्ध सामान्य रह्यो ।

जनवरी १५, १९५५ मा जन्मिएका ६४ वर्षिय सुब्रमण्यम जयशंकर भारतको मोदी सरकारको दोस्रो कार्यकालमा विदेश मन्त्री नियुक्त भएका छन् । क्यारियर डिप्लोम्याटबाट यस्तो नियुक्ति पाउने जयशंकर नटवर सिंह पछि भारतमा दोस्रो व्यक्ति हुन् । एअर फोर्स स्कुलको प्रारम्भिक पढाइ, दिल्लीको सेन्ट स्टेफेन कलेजबाट स्नातक र दिल्लीकै जवाहरलाल नेहरु विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर र सोही विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय सम्बन्धमा एमफिल र पीएचडी गरेका जयशंकरको जापानी मूलकी श्रीमती क्योको जयशंकर र उनीहरूका ध्रुब, मेधा र अर्जुन तीन सन्तान छन् । सन १९७७ मा भारतको विदेश सेवामा प्रवेश गरेका जयशंकरलाई बाबु रणनीतिक विज्ञ के. सुब्रमण्यमको विरासत प्राप्त छ । जापान, चेक रिपब्लिक, चीन र अमेरिकामा राजदूत रहेको अनुभव छ । जनवरी २०१५ मा विदेश सचिव भएका जयशंकर जनवरी २०१८ मा दुई पल्ट थमौती पाएर अवकाश पाए । सन २०१९ मा टाटा ग्रुप प्रेसिडेन्ट अफ ग्लोबल कर्पोरेट अफियरको जिम्मेवारीमा गए । यही साल पद्मश्री पुरस्कारबाट सम्मानित भए जुन भारतको नागरिकलाई दिइने चौथो उच्च पुरस्कार हो । उनै एस. जयशंकरले मे ३० मा भारतमा क्याबिनेट मन्त्रीको शपथ लिए भने भोलिपल्ट मे ३१ हिजो उनलाई विदेशमन्त्रीमा नियुक्त गरियो ।

यो पनि पढ्नुहोस  फेसबुकमा लेखेको एउटा स्टाटसले अमेरीकाका टेक्सासका मेयरले दिनु परो राजीनामा

सेप्टेम्बर १८, २०१५ भारत सरकारको दूतको रूपमा नेपाल आएका तत्कालीन भारतका विदेश सचिव एस. जयशंकरको छवि नेपालमा राम्रो रहेन । उनले नेपालको संविधान जारी हुनबाट रोक्न दवाव दिएका थिए । २४ घण्टे नेपाल भ्रमणमा रहेका जयशंकरले बालकोटमा केपी शर्मा ओली, लाजिम्पाटमा पुष्पकमल दाहाल प्रचण्ड, बालुवाटारमा प्रधानमन्त्री सुशील कोइराला, शीतल निवासमा राष्ट्रपति रामवरण यादव, तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षेत्री र मधेसी दलका नेताहरुलाई भेटेका थिए । उनको एउटै एजेण्डा थियो संविधानको घोषणा रोक्ने तर त्यसवेला नेपाली राजनीतिक दलको भूकम्प पछिको एकताले त्यो शर्त स्वीकारेन र दुई दिन पछि सेप्टेम्बर २०, २०१५ मा नेपालको संविधान जारी भयो परिणामत नेपालले सेप्टेम्बर २१, २०१५ बाट नाकाबन्दी भोग्नु पर्यो । जयशंकरको नियुक्तिले नेपालमा चासो, जिज्ञासा र शंका उत्पन्न गरेको छ तर व्यक्तिको आग्रहले केही हुँदैन देशको गति आफ्नै नीतिमा परिचालित हुन्छ । जयशंकर मोदीका सहयोगी हुन निर्णायक होइनन् तसर्थ भारतको छिमेक विदेश नीति नेपालमा पनि लागु हुनेछ । हो, सुषमाको जस्तो सहजतामा आउन केही समय लाग्छ कि ?हामिले यो लेख भरत पोखरेलको फेसबुकबाट लिएका हौं ।

१८,जेष्ठ.२०७६,शनिबार १८:२० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: