५ वर्षीया बालिका बलात्कृत, किशोर पक्राउ

नेपाली जनता

सप्तरी । पाँच वर्षीया बालिका बलात्कारको आरोपमा प्रहरीले सप्तरीबाट एक १३ वर्षीय बालकलाई पक्राउ गरेको छ ।

मामाघरमा बस्दै आएका बालकले ललाइफकाइ बिस्कुट खान दिई आफ्नै कोठामा गत शनिबार बलात्कार गरेको उजुरीका आधारमा किशोरलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

बालिकाले पेट दुख्ने गरेको बताएपछि उनकी आमाले उपचारका लागि गत सोमबार कञ्चनरुप नगरपालिकास्थित धर्मेश्वर अस्पताल ठेलिया लगेकी थिइन । चिकित्सकले बालिकाको स्वास्थ्य परीक्षण गरेपछि बालिका बलात्कृत भएको तथ्य खुलेको हो ।

चिकित्सकले खबर गरेलगत्तै अस्पताल पुगेका इलाका प्रहरी कार्यालय कञ्चनरुपका प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्राले पीडितको स्वास्थ्य परीक्षण राजविराजस्थित गजेन्द्रनारायणसिंह अस्पतालमा गराएको बताए ।

बलात्कृत बालिकाको परिवारले किशोरविरुद्ध उजुरी गरेका छन् । उजुरीपछि किशोरलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको प्रहरी नायब उपरीक्षक मिश्रले जानकारी दिए ।

यो पनि पढ्नुहोस  कोरोना संक्रमणबाट एमालेका नेता तथा पूर्व सांसद रत्न प्रसाद शर्माको बुधवार राति निधन
३१,जेष्ठ.२०७६,शुक्रबार १२:१४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: