‘आप्पा’ को ‘साउने झरी’

नेपाली जनता

काठमाडौं । अनमोल गुरुङले निर्देशन गरेको नेपाली चलचित्र ‘आप्पा’ आगामी १३ देखि देशव्यापी प्रदर्शनमा आउन लागेको छ । यो चलचित्रको सार्वजनिक प्रचारका सामग्री हेर्दा यसको मेकिङले दर्शकलाई प्रभावित पार्ने देखिन्छ ।

अभिनेता दयाहाङ राईको साथमा नव–कलाकारद्वय सिद्धार्थराज तामाङ र अलोना काबो लोप्चाको मुख्य भूमिका छ । सुरेन्द्र पौडेलको सम्पादन रहेको चलचित्रलाई माउन्टेन स्टोरिस प्रालिले निर्माण गरेको हो । निर्माण पक्षका अनुसार यो चलचित्र फरक स्वादको रहेको र दर्शकले विशुद्ध मनोरञ्नात्मक ढंगले हेर्न सक्नेछन् ।

यसैबीच, चलचित्रमा समावेश नयाँ गीत ‘साउने झरी’ सार्वजनिक गरिएको छ । गीतमा बाबु र छोराको मायालाई देखाइएको छ । गीतमा दयाहाङको बाबुप्रेम प्रस्तुत गरिएको छ ।

यो पनि पढ्नुहोस  सरकारविरुद्ध आन्दोलनमा जाने कांग्रेसको चेतावनी
५,असार.२०७६,बिहीबार १०:३० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: