एनसेललाई मोबाइल डाटाको शुल्क घटाउन प्राधिकरणको निर्देशन

नेपाली जनता

काठमाडौं । नियामक नेपाल दूरसञ्चार प्राधिकरणले निजी मोबाइल सेवा प्रदायक कम्पनी एनसेललाई डाटा (इन्टरनेट)को मूल्य घटाउन निर्देशन दिएको छ ।

नियमित (प्याकबाहेकको) मोबाइल इन्टरनेट डाटामा सरकारी कम्पनी नेपाल टेलिकमको तुलनामा ३ गुणा महँगो देखिएको भन्दै प्राधिकरणले एनसेललाई प्रतिएमबी २ रुपैयाँ कायम गर्न निर्देशन दिएको हो ।
यसबाट एनसेलको नियमित डाटा ट्यारिफ प्रतिएमबी ३ रुपैयाँ रहेकोमा एक रुपैयाँ सस्तिनेछ ।

जब कि टेलिकमको प्रतिएमबी १ रुपैयाँ ट्यारिफ दरमा नियमित डाटा बिक्री गर्दै आएको छ । प्रतिएमबी डाटाको मूल्य २५ पैसासम्म घटाउन सकिने भन्दै ट्यारिफ स्वीकृतिका लागि निवेदन दिएको एनसेललाई प्राधिकरणले एक रुपैयाँ घटाउन लगाएको हो ।

यो पनि पढ्नुहोस  नेकपाको राजनितिमा बामदेव गौतम हावि, प्रचण्ड पुगे गौतम निवास
१७,असार.२०७६,मंगलवार ०७:३० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: