आजको राशिफल

नेपाली जनता

मेषः– काममा देखिएका समस्या कम हुनेछन् । शारीरिक एवं मानसिक स्फूर्ति बढ्नेछ । पढाई लेखाईमा थोरै ध्यान जानेछ । व्यापार व्यवसायमा सामान्य सुधार आउनेछ । अनावस्यक खर्चमा कमि आउनेछ । आफन्तबाट सहयोग सहानुभुति मिल्नेछ । उत्तम भोजन र आसन प्रप्तिको योग देखिन्छ ।

वृषः– अस्थिरता बढ्नेछ । कार्य लनगशिलता घट्दा उपलब्धि घट्नेछ । पिताको स्वास्थ्यमा समस्या आउन सक्छ । कसैबाट माया ममतामा पाईने छैन । फजुल खर्चमा वृद्धि हुनेछ । दुर्जनहरुले पिछा गर्ने छन् । व्यापारमा गरेको लगानी डुब्न सक्छ । परिश्रमको मुल्य लिन ठुलै कसरत गर्नु पर्नेछ । आस्था र विश्वासमा चोट लाग्न सक्छ ।

मिथुनः– भद्र भलादमीको सहयोग मिल्नेछ । आकस्मिक आम्दानीको योग देखिन्छ । व्यापार व्यवसायबाट आय आर्जन राम्रो हुनेछ । घर परिवारमा सुख,शान्ति मिल्नेछ । उधारो कारोवार नगर्नु होला । प्रयत्न गरेमा बक्यौता रकम उठ्नेछ । पुराना मित्रहरु भेटिने छन् । पढाई लेखाईमा प्रगति हुनेछ ।

कर्कटः– सकरात्म सोचको विकाश हुनेछ । असहज परिस्थितिको सामना हुनेछ । रोकिएका कामले गति लिनेछ । कर्म प्रप्तिको योग देखिन्छ । नोकरी तथा राजनीतिमा भूमिकाको खोजी हुनेछ । गुमेको विश्वास पलाउनेछ । कार्य क्षमता बढ्नेछ । सहयोगी मन भेटिने छन् । सामाजिक उत्तरदायित्व बहन गर्नु पर्नेछ ।

सिंहः– समयमा पूर्ण होईन आँशिक सुधार आउनेछ । आन्तरिक भन्दा बाह्य काम बढि हुनेछन् जसका कारण आफ्ना उपलब्धिका काम ओझेलमा पर्ने देखिन्छ । आशा र भरोसामा काम गर्दा पछि परिनेछ । घर डेराको समस्या पर्न सक्छ । पढाईमा रुची बढ्नेछ । धार्मिक क्रियाकलपमा सक्रियता बढ्नेछ । फलदायी यात्राको सम्भावना देखिन्छ ।

कन्याः– हेलचक्र्याई नगर्नु होला,सोचेर काम गर्नु होला दिन प्रतिकुल बढि देखिन्छ । आशा र भरोसा निराशामा परिणत हुनेछ । काम गर्ने वातावरण भत्किने छ । दुष्टहरुको सक्रियता बढ्नेछ । दैनिका काममा समस्या आउनेछ । मानसिक तनाव बढ्नेछ । अहार विहार नमिल्दा स्वास्थ्य कमजोर हुनेछ । लगानी नबढाउनु होला ।

यो पनि पढ्नुहोस  चार बुँदे सहमति पछि टीकापुर घटनाका अभियुक्तको अनशन तोडियो

तुलाः– समयले साथ दिनेछ । हेलचक्र्याई नगरि काम गर्नु होला सपनाले साकार रुप लिनेछ । प्रयत्न गरेमा नयाँ काम हात पार्न सकिनेछ । पुराना समस्या समाधान हुनेछन् । दैनिका काममा प्रगति हुनेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । पारिवारिक सहयोग मिल्नेछ । दामपत्य जीवनमा सुखानुभूति हुनेछ ।

वृश्चिकः– आफ्नो काममा आफै लाग्नु होला । संघर्षबाट मात्र लक्ष्य भेटाईनेछ । शत्रुहरुले सहज रुपमा काम हुन दिने छैनन । प्रतिश्पर्धाबाट पछि नहट्नु होला अन्तिम परिणाम सुखद निस्कनेछ । व्यापार व्यवसायमा क्रमिक सुधार आउनेछ । ऋणमा काम नगर्नु होला । मुद्धा मामिलामा जीत हुनेछ ।

धनुः– मनमा दुविधा बढ्नेछ । समयमा निर्णय लिन सकिएन भने उपलब्धिका काम पछाडि धकेलिने छन् । आर्थिक कारोवारमा चनाखो रहनुहोला । इच्छा शक्ति कमजोर हुनेछ । वोलीको अनर्थ लगाउन सक्छन् । आफन्त पराई जस्ता हुनेछन् । व्यापार व्यवसायबाट अल्प लाभ हुनेछ । अन्य काममा आँशिक सफलता मिल्नेछ ।

मकरः– शारीरिक एवं मानसिक रुपमा कमजोर महशुस हुनेछ । भाववेगमा आएर कुनै काम नगर्नु होला क्षति बढि हुनेछ । धन खर्च गरेर अरुलाई आफ्नो बनाउनुको कुनै अर्थ रहने छैन । विवादबाट टाढा बसेर काम गर्नु होला । झुट्टा कुराले सताउनेछ । व्यापार व्यवसायमा गिरावट आउनेछ । संचित धन घट्नेछ । दुःख विसाउने चौतारी मिल्ने छैन ।

कुम्भः– साहास,धैर्यता र पराक्रम बढ्नेछ । प्रयत्न गरेमा नयाँ काम हात पार्न सकिनेछ । उपकारका काममा धन खर्च हुनेछ । पढाई लेखाईमा प्रगति हुनेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । घर परिवार,साथी भाइबाट सहयोग मिल्नेछ । नोकरी तथा राजनीतिमा भूमिकाको खोजी हुनेछ । संचित धन बढ्नेछ ।

मिनः– अरुको भरमा मात्र काम नगर्नु होला । आर्थिक कारोवारमा विशेष चनाखो रहनुहोला । वोलीको प्रभाव थोरै पर्नेछ । प्रयास र प्रयत्नहरु सफल हुनेछन् । व्यापार व्यवसायबाट मुनाफा कम हुनेछ । पढाई लेखाईमा सामान्य प्रगति हुनेछ । नयाँ क्षेत्रमा लगानी गर्दा एक पटक सोचेर मात्र गर्नु होला । नोकरीबाट सन्तुष्टि मिल्ने छैन ।

यो पनि पढ्नुहोस  आञ्चलिक विम्बहरूले सजिएको कवितासङ्ग्रह ‘उज्यालो खोजिरहेको घाम’ (पुस्तकसमीक्षा)

(राशिफलमा जे जस्तो भए पनि सवैको दिन सुखमय रहोस् । ईश्वर दाहिना हुन । भगवानले रक्षा गरुन । ॐ शान्ति ! ॐ शान्ति ! ! ॐ शान्ति ! ! ! श्रीकुृष्णार्पणास्तु )

३०,असार.२०७६,सोमबार ०६:३० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: