साताको राशीफलः श्रावण ५–११ गतेसम्म

नेपाली जनता

मेष राशीका लागि यो हप्ता साथिभाई सित सम्बन्धमा सुधार, कारोवारमा बृद्धि,आखा टाउकोको समस्याले सताउने छ भने बैदेशीक कार्य सफलता प्राप्त हुनेछ । पारीवारीक सुख, क्रोधलाई अधिनमा राखेर काम गर्नु पर्नेछ, परिवार सहित धार्मिक यात्रा गर्नुहोस तपाईलाई शुभ रहनेछ ।

बृष राशी (ई,उ,ए,ओ,वा,वि,वु,वे,वो)

बृष राशी भएका ब्यक्तिलाई यो हप्ता रिसलाई अधिनमा राख्नु पर्ने देखीन्छ, रगतमा समस्या देखा पर्न सक्नेछ, चिसो सम्बन्धी समस्याले सताउनेछ । दामपत्य जीवनमा सुखप्राप्त, आर्थिक रुपले सुधार आउनेछ , आफन्तसित मनमुटाव, सरकारी काम काजमा उत्तम हुनेछ ।

मिथुन राशी (क,कि,कु,घ,ङ,छ,के,को,ह)

मिथुन राशीका लागि यो हप्ता शरिरमा उमङ्गता प्रदा हुनेछ, बिरोधीपक्षहरु परास्त भएर जानेछन् दामपत्य जिवनमा खटपट पैदा हुनेछ । धन हानी, धार्मिक कार्यमा मनलाग्ने, राज्यपक्षवाट झै झमेला आईपर्नेछ ।

कर्कट राशी (हि,हु,हे,हो,डा,डि,डु,डे,डो)

कर्कट राशीका लागि यो हप्ता धन नास हुनुका साथैं दिएको धन फिर्ता हुने छैंन दुःखकष्ट आई पर्नेछ सरकारी काममा लाभ, शारीरिक दुःख, पारीवारीक मनमुटाब, अध्ययनमा सफलता, बैंदेशीक यात्रा सफलता ।

सिह राशी (मा,मि,मु,मे,मो,टा,टि,टु,टे )

राशी सिह राशीका लागि यो हप्ता खराब कार्य गराउने छ, राज्यपक्ष्यबाट धन लाभ हुनेछ, आफन्त जनबाट लाभ हुनेछ, ब्यापारमा लाभ । शारीरिक सुख प्राप्त भएता पनि रक्त सम्बन्धी समस्याले सताउनेछ, नयां कार्य शुभारम्भ हुनेछ ।

कन्या राशी(टो,प,पी,पू,ष,ण,ठ,पे,पो)

कन्या राशीको लागि यो हप्ता अध्ययनमा सफलता, आयमा बृद्धि, कुलकुटुम्बको साथ सहयोग रहने छ । चिसोको समस्याले सताउने छ । धन सञ्चित, साझेदारी कार्यमा असफलता धोखा मिल्नेछ । खराब काममा मनलाग्ने छ ।

तुला राशी (र,री,रु,रे,रो,ता,ति,तू,त)

तुला राशीका लागि यो हप्ता शारीरिक सुख प्राप्त भएता पनि सञ्चित धन नोक्सान हुनेछ । कुलकुटुम्बको साथ, धनसञ्चित, दाजुभाई बिच खटपट, भाग्यमा अवरोध हुनेछ ।

बृश्चिक राशी (तो,न,नी,नू,ने,नो,या,यि,यू)

बृश्चिक राशीका धन लाभ भएता पनि आखाको समस्याले दुःख पाउनु पर्ने देखिन्छ ।

यो पनि पढ्नुहोस  प्राविधिक समस्याका कारण सोमबार करिब दुई घण्टा आकासमा फन्को मारेको बुद्ध एअरको जहाज मंगलबार बिहानैबाट सन्चालनमा

धनु राशी (य,यो,भा,भि,भू,ध,फा,ढ,भ)

धनु राशीका लागि यो हप्ता धन तथा विद्यामा लाभ हुनेछ, अलि कडा मिजासको ब्यवहार बनाउने छ, अलि बानीमा सुधार गर्नु पर्ने देखिन्छ । कडा मिहिनेत गर्नु पर्ने, प्रेममा खटपट, पेटको समस्याले सताउने देखीन्छ ।

मकर राशी (भो, जा,जी,खी,खू,खे,खो,गा,गी)

मकर राशीका लागि यो हप्ता नया कृर्ति फैलिने छ, सतकर्मवाट धन लाभ हुनेछ, शुभ कार्यबाट धनलाभ हुनेछ । अध्ययनमा सफलता, आर्थिक लाभ, ब्यापार कारोबारमा लाभ प्राप्त हुनेछ चोटपटकको सम्भावना बढेको हुदा साबधानी रहनु पर्ने देखीन्छ ।

कुम्भ राशी (गू,गे,गो,स,सी,सू,से,सो,द)

कुम्भ राशीका परोपकारी कार्यमा मनलागेता पनि शरीरमा चोटपटकको सम्भावना बढेर गएको छ । कडा मिहिनेत गर्नु पर्नेछ, अध्ययनमा सफलता, बिरोधी पक्ष्यहरु परास्त हुने छन् भने दिदी बहिनीको साथ लियर अघि बढदा सफलता प्राप्त हुने छ ।

मीन राशी (दी,दू,थ,झ,ञ,दे,दो,च,ची)

मीन राशीका लागि सबै प्रकारका दुःख कष्ट आई पर्नेछ, खराब कार्यमा मन लाग्नेछ । कुल कुटुम्बको साथ सहयोग प्राप्त हुनेछ, सञ्चित धनबृद्धि ,ब्यापार कारोवारमा हानी, साथि ईष्ट मित्रबाट धोखा मिल्नेछ भने यात्राको अवसर मिल्नेछ बैदेशीक यात्रा सफलता प्राप्त हुनेछ ।

राशीफलले जे जस्तो भनेता पनि तपाईको दिन शुभ रहोस ।

ॐ नमोः भगवते वासुदेवाय नमः

५,श्रावण.२०७६,आईतवार ०६:३० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: