आजको राशीफल २०७६ श्रावण ८

नेपाली जनता

आजको पञ्चाङ्ग

मिति २०७६ श्रावण ८ गते (२४ जुलाई २०१९) कृष्णपक्ष्य सप्तमी तिथौं बिहान ०१.५६ मिनेटससम्म दिउसो, त्यसपछि अष्ठमी तिथौं श्रीसूर्य दक्षिणायनं बर्षतुM परिधावी नामसंवत्सर, बुधवासरे, कर्कट राशी श्री सूर्य, बृश्चिक राशी देवगुरौं, मीनराशीमा चन्द्रमा दीउसो १२.५३ मिनेटसम्म त्यसपछि मेष राशीमा प्रवेश,

सूर्य उदय बिहान ०५.२३ मिनेटमा, सूर्यअस्त साझ ०६.५६ मिनेट अस्त

आजको राशीफल

मेष राशी (चु,चे,चो,ला,लि,लु,ले,लो,अ)

मेष राशीका लागि आजको दिन सार्थी भाई सम्बन्धमा दुरी बढने, नयां कार्यको सुरुवात गर्नु आजको दिन राम्रो छैंन ।

बृष राशी (ई,उ,ए,ओ,वा,वि,वु,वे,वो)

बृष राशी भएका ब्यक्तिलाई आजको दिन अध्ययनमा सफलता, बोलिमा प्रभावकारीता, आयवृद्धि हुनेछ ।

मिथुन राशी (क,कि,कु,घ,ङ,छ,के,को,ह)

मिथुन राशीका लागि आजको दिन ब्यापार कारोवारमा लाभ मिलेता पनि, सञ्चित धन नोक्सान, रोग ब्याधीले सताउनेछ ।
कर्कट राशी(हि,हु,हे,हो,डा,डि,डु,डे,डो)

राशी कर्कट राशीका आजको दिन धन वृद्धि भएता पनि शारीरिक सुखमा कमि, शीरमा चोटपटक लाग्न सक्नेछ ।
सिह राशी (मा,मि,मु,मे,मो,टा,टि,टु,टे )

राशी सिह राशीका आजको दिन शारीरिक सुख प्राप्त भएता पनि धनहानी, रोगले सताउने छ ।

कन्या राशी(टो,प,पी,पू,ष,ण,ठ,पे,पो)

कन्या राशीको लागि आजको दिन उमङ्गता पैदा पारीवारीक सुख आयमा अवरोध हुनेछ ।

तुला राशी (र,री,रु,रे,रो,ता,ति,तू,त)

तुला राशीका लागि आजको दिन यात्राको अवसर प्राप्त हुनेछ भने सञ्चित धन हानी, अध्ययनमा सफलता ।

बृश्चिक राशी (तो,न,नी,नू,ने,नो,या,यि,यू)

बृश्चिक राशीका आजको दिन सार्थी भाई संग धोखा, नया कार्यमा अवरोध भएता पनि धनलाभ हुनेछ ।

धनु राशी (य,यो,भा,भि,भू,ध,फा,ढ,भ)

धनु राशीका लागि आजको दिन व्यापार कारोवारमा लाभ मिलेता पनि सञ्चित धन हानी, दुःखकष्ट पैदा ।

मकर राशी (भो, जा,जी,खी,खू,खे,खो,गा,गी)

मकर राशीका लागि आजको दिन अध्ययनमा सफलता मिलेता पनि शिरको समस्याले सताउनेछ ।

कुम्भ राशी (गू,गे,गो,स,सी,सू,से,सो,द)

कुम्भ राशीका लागि आजको दिन शारीरिक सुखका साथैं पारीवारीक सुख प्राप्त ।

यो पनि पढ्नुहोस  नगर प्रमुख चढ्ने गाडीलाई एम्बुलेन्स बनाउने तयारी

मीन राशी(दी,दू,थ,झ,ञ,दे,दो,च,ची)

मीन राशीका लागि आजको दिन अध्ययनमा मन नलाग्ने, आय आर्जनमा अवरोध हुनेछ ।

बास्तु बिज्ञान सम्बन्धी सरल टिप्स

उत्तर पूर्व– ईशान कोण जल– तत्व

उत्तर पश्चिम बायब्य कोण –वायु तत्व

दक्षिण पूर्व –आग्नेय कोण– अग्नि तत्व

दक्षिण पश्चिम– नैऋत्य कोण– पृथ्वी तत्व

ब्रह्म स्थान–मध्य स्थान– आकाश तत्व

जल, वायु, अग्नि, पृथ्वी र आकाश पञ्च तत्व मिलेको हुन्छ । यो हाम्रो शरीर पनि पांच तत्व मिलेर बनेको हुन्छ । दिशाको अनुसार घर निर्माण गरे बास्तु दोष लाग्र्दैन । बर्तमान समयमा शहरीकरण साघुरो भवनको कारण, जनघनत्वको कारण पूर्ण रुपले बास्तु अनुसारको घर बनाउन सम्भव नभएता पनि बास्तु दोषकम गर्न सकिन्छ ।

१. मुख्य ढोका पूर्व उत्तर हुनु पर्दछ । यदि यस्तो नभए मुख्य ढोकामा चादी, तामा वा पञ्चतत्वबाट निर्मित धातुको स्वस्तीक चिन्ह राखे बास्तुदोष निवारण हुन्छ । ।

२. पूर्व–उत्तर दिशाको पर्खाल भन्दा दक्षिण र पश्चिम दिशाको पर्खाल मोटो हुनु पर्दछ ।

३. भवनमा पानीको टेङ्की छतमा नैऋत्य कोणमा हुनु पर्दछ । नैऋत्य कोणमा फलामको दण्डी छतमा राख्नु उत्तम हुनेछ । नैऋत्य कोणमा भारी र उचो हुनु पर्दछ ।

४. भवनमा उत्तर र पूर्वको जग्गा दक्षिण र पश्चिम भन्दा ज्यादा खाली राख्नु पर्दछ । भवनको स्वामीले शुभ फल दिन्छ ।

५. भवनमा पानीको निकास उत्तर पूर्व वा पूर्व उत्तर हुनु पर्दछ ।

६. भवनमा दक्षिणको तुलनामा उत्तर पश्चिम तुलनामा पूर्व वा ईशान दिशा होचो हुनु पर्दछ ।

७. भवनको पूर्व, ईशान, उत्तर, बायब्यमा हल्का सामान राख्नु पर्दछ । दक्षिण नैऋत्य कोणमा गहुङ्गो सामान राख्नु पर्दछ । जसको कारण भवन संन्तुलन हुन्छ र नकारात्मक उर्जा उत्पन्न हुर्दैन ।

८. भवनमा नैऋत्य कोण हमेसा उचो र भारी राख्नु पर्दछ । भवनको मुख्य मान्छेको कोण नैऋत्यमा बनाउनु पर्दछ । जसको कारण सम्मान एवं धन प्राप्त हुन्छ ।

यो पनि पढ्नुहोस  विप्लवले भने- 'संसदीय व्यवस्था असफल, जनमतसंग्रहमा जाऔं'

९. भवनको पूर्व तथा उत्तर उचो भवन, मोटो पर्खाल भए त्यस घरमा दरिद्रता उत्पन्न हुन्छ, धन हानी अस्थिर धन हुन्छ । दक्षिण पश्चिम भवन ठूलो, पर्खाल मोटो ठूला रुख भए सुख समृद्धि आउछ त्यस घरमा । घरमा पूर्व उत्तर अग्लो छ भने पश्चिम –नैऋत्य कोणमा उचो गर्नको लागि छतमा फलामको डन्डी राखेर उचो बनाउन सकिन्छ । नैऋत्य कोण उचो भए जीवनमा धन, यश प्राप्त हुन्छ, धनवृद्धि हुन्छ, त्यस घरका मुख्य ब्यक्तिको प्रभाव बढेर जानेछ ।

ॐ नमोः भगवते वासुदेवाय नमः

८,श्रावण.२०७६,बुधबार ०६:३० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: