आजको राशीफल

नेपाली जनता

आजको पञ्चाङ्ग

मिति २०७६ श्रावण १० गते (२६ जुलाई २०१९) कृष्णपक्ष्य नवमी तिथौं श्रीसूर्य दक्षिणायनं बर्षतुM परिधावी नामसंवत्सर, शुक्रवासरे, कर्कट राशी श्री सूर्य, बृश्चिक राशी देवगुरौं, चन्द्रमा मेष राशीमा

सूर्य उदय बिहान ०५.२४ मिनेटमा, सूर्यअस्त साझ ०६.५५ मिनेट अस्त

आजको राशीफल

मेष राशी (चु,चे,चो,ला,लि,लु,ले,लो,अ)

मेष राशीका लागि आजको दिन साथीभाई देखि धोखा, यात्रा प्राप्त भएता पनि धनहानी ।

बृष राशी (ई,उ,ए,ओ,वा,वि,वु,वे,वो)

बृष राशी भएका ब्यक्तिलाई आजको दिन धार्मिक कार्यमा मन कम लाग्नेछ भाईसंग मनमुटाब बढनेछ भने धनलाभ हुनेछ ।

मिथुन राशी (क,कि,कु,घ,ङ,छ,के,को,ह)

आजको दिन मिथुन राशीका लागि आजको दिन सञ्चित धन हानी, अध्ययनमा सफलता, सम्मान प्राप्त ।

कर्कट राशी (हि,हु,हे,हो,डा,डि,डु,डे,डो)

राशी कर्कट राशीका आजको दिन कुलकुटुम्बको साथ सहयोग, धनलाभ भएता पनि मनमा खिन्नता पैदा हुनेछ ।

सिह राशी (मा,मि,मु,मे,मो,टा,टि,टु,टे )

राशी सिह राशीका आजको दिन आकस्मीक धनलाभ, बोलीमा प्रभावकारीता ।

कन्या राशी(टो,प,पी,पू,ष,ण,ठ,पे,पो)

कन्या राशीको लागि आजको दिन उमङ्ग पैदा, यात्राको अवसर, अध्ययनमा नैराश्यता बढने छ ।

तुला राशी (र,री,रु,रे,रो,ता,ति,तू,त)

तुला राशीका लागि आजको दिन घरगृह सुखमा कमि, पारीवारीक खटपट भएता पनि आयमा बृद्धि हुनेछ ।

बृश्चिक राशी (तो,न,नी,नू,ने,नो,या,यि,यू)

बृश्चिक राशीका आजको दिन सम्मान मिल्नेछ भने आर्थिक लाभ भएता पनि शारीरिक सुखमा कमि ।

धनु राशी (य,यो,भा,भि,भू,ध,फा,ढ,भ)

राशीका लागि आजको दिन नया कार्यको आरम्भ, धार्मिक कार्यमा मनलाग्ने, धनहानी ।

मकर राशी (भो, जा,जी,खी,खू,खे,खो,गा,गी)

मकर राशीका लागि आजको दिन कारोवारमा बृद्धि, नया कार्यको सुरुवात भएता पनि दुःखकष्ट पैदा हुनेछ ।

कुम्भ राशी (गू,गे,गो,स,सी,सू,से,सो,द)

कुम्भ राशीका लागि आजको दिन यात्राको अवसर, सामाजिक कार्यमा मन लाग्नेछ भने सोचको काम अधुरै रहनेछ ।

मीन राशी (दी,दू,थ,झ,ञ,दे,दो,च,ची)

मीन राशीका लागि आजको दिन पारीवारीक सुख, उमङ्ग पैदा आर्थिक हानी हुनेछ ।

यो पनि पढ्नुहोस  सर्वोच्च अदालतले संसद विघटनसम्बन्धी मुद्दामा फैसला सुनाउँदै नेपाली कांग्रेसका सभापति शेरबादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश

बास्तु शास्त्रको बारेमा नया नया जानकारी दिने उद्देश्यका बारेमा जानकारी दिर्दै आई रहेको छु । यसैं सन्दर्भमा आज पश्चिम दिशाको भवन कस कसलाई शुभ रहन्छ त्यसको बारेमा जानकारी सहित बास्तुशास्त्र अनुसार आज कार्यक्रम लिएर आएको छु ।

पूर्व दिशाको विरोधी दिशा हो । पूर्व उज्यालोको प्रतिनिधित्व गर्दछ भने पश्चिम अन्धकारको प्रतिनिधित्व गर्दछ । पश्चिम दिशा सूर्य अस्तको दिशा रहेको छ । यस दिशाको स्वामी वरुण देवता हुन् । यस दिशाको वायु तत्वको प्रतिनिधित्व गर्दछ । वायु चन्चल हुन्छ चन्चलता वायुले प्रदान गर्दछ । यदि भवनको मुख्य ढोका पश्चिम भए त्यस घरमा बस्ने मानिसको मन चन्चलता हुन्छ । पश्चिम दिशा एस, कृति, सफलता प्रदान गर्दछ । यस दिशामा अगस्त ऋषिको प्रभाव रहेको हुन्छ । अगस्त ऋषिको वास स्थान पनि भनिन्छ । पानीको प्रभाव पनि पश्चिम दिशामा रहन्छ । शनि देवताको प्रनिधित्व पनि पश्चिम दिशामा गर्दछ ।

यस दिशामा मिथुन, तुला, कुम्भ राशीलाई शुभ हुन्छ । कुण्डलीमा ग्रह ६,७ र ८ भाबमा शुभ भए पश्चिम दिशा शुभ रहन्छ । पश्चिम दिशा कर्कट, बृश्चिक र मिन राशीलाई शुभ रहदैंन ।

पश्चिम दिशामा जग्गा र घर उचो हुनु पर्दछ । पश्चिम दिशामा ढोका भए ठूलो हुनुपर्दछ । यदि तपाईको घरमा पश्चिम मुखबाट आकासको पानी बग्ने छ भने लामो रोग लाग्न सक्दछ । समाधानको लागि पश्चिम दिशामा बरुणको यन्त्र राख्नुहोस केही मात्रामा तपाईलाई शुभ रहनेछ ।

ॐ नमोः भगवते वासुदेवाय नमः

१०,श्रावण.२०७६,शुक्रबार ०६:३० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: