साप्ताहीक राशीफल: २०७६ श्रावण १२ -१८ सम्म ।

नेपाली जनता

मेष राशी (चु,चे,चो,ला,लि,लु,ले,लो,अ)

मेष राशीका लागि यस हप्तामा अध्ययनमा सफलता प्राप्त हुनेछ भने कारोबारमा सुधार, सुरुका दिनमा केही साथीभाईबाट धोखा मिलेता पनि ब्यापार ब्यवसायमा बृद्धि हुनेछ पेटको समस्याले सताउने देखीन्छ । राज्यपक्ष्यवाट लाभ हुनेछ । अवरोध नैं सृजना भएता पनि सफलता प्राप्त होला, आर्थिक नोक्सान हुनेछ । शुभ दिशा पूर्व, शुभ रंग पहेलो, विष्णु भगवानको दर्शन गर्नुहोस तपाईलाई शुभ फल मिल्नेछ ।

बृष राशी (ई,उ,ए,ओ,वा,वि,वु,वे,वो)

बृष राशी भएका ब्यक्तिलाई यस हप्तामा अध्ययनमा सफलता मिल्नुका साथैं राज्यपक्ष बाट सम्मान मिल्नेछ, भने दाजुभाई बिचमा सुमधुर सम्बन्ध कायम रहता पनि सामाजिक कार्यमा मन कम लाग्नेछ । आखाको समस्याले सताउने, सञ्चित धनबृद्धि, प्रेममा सफलता नैं प्राप्त हुनेछ । तपाईलाई शुभ कार्य गर्नको निम्ति उत्तर फर्किएर कार्य गर्नु भयो भने सफलता प्राप्त हुने नैं छ शुभ रंग रातो शुभ दिशा पूर्व रहेकोछ ।

मिथुन राशी (क,कि,कु,घ,ङ,छ,के,को,ह)

यस हप्तामा मिथुन राशीका लागि अध्ययनमा सफलता भएता पनि आर्थिक रुपमा सुधार नै हुनेछ, राज्य पक्षवाट सम्मान मिल्नुका कडा मिहिनेत गर्नु पर्ने देखीयता पनि मिहिनेतको फल प्राप्त हुने छ, प्रेममा अवरोध, यात्राको अवसर पैंदा हुनेछ । मित्रहरुमा सुमधुर सम्बन्ध कायम रहला, शुभ दिशा रहेको छ उत्तर फर्किएर कार्य गर्दा सफलता प्राप्त नैं होला भने शुभ रंग हरीयो, बिष्णु भगवानको दर्शन गरेर कार्य आरम्भ गर्नु भयो भने सफलता प्राप्त हुनेछ ।

कर्कट राशी(हि,हु,हे,हो,डा,डि,डु,डे,डो)

कर्कट राशीका यस हप्तामा शारीरिक सुख प्राप्त भएता पनि शरीरमा चोटपटकको सम्भावना बढेर गएको छ, शरीरमा घाउ खटिराको सम्भावना समेत बढेको छ, अध्ययनमा मन कम लाग्नेछ, रक्त सम्बन्धी समस्या देखा पर्नेछ, आवेगमा आयर कुनैं काम गरे पछुताउनु पर्नेछ, बिदेश यात्राको अवसर प्राप्त होला । तपाईले शुभ गर्नको निम्ति पूर्व दिशा तिर फर्किएर कार्यलाई अगाडि बढाउनुहोस शुभ रंग रहेको छ सेतो शुभ कार्य गर्दा खेरी शिवजीको दर्शन गरेर कार्य गर्नुहोस तपाईलाई शुभ फल मिल्नेछ ।

सिह राशी (मा,मि,मु,मे,मो,टा,टि,टु,टे )

राशी सिह राशीका यस हप्तामा अध्ययनमा सफलता मिल्नुका साथैं धन लाभ, शारीरिक सुख प्राप्त गर्नुका पारीवारीक खटपट पैदा हुनेछ । अध्ययनमा सफलता, आर्थिक लाभ, आखाको समस्याले सताउने देखीन्छ, राज्यपक्ष्यबाट लाभ हुनेछ । तपाईलाई शुभ दिशा रहेको छ उत्तर फर्किएर कार्य गर्नुहोस सफलता प्राप्त हुनुका साथैं शुभ रंग हरीयो शुभ तपाईले लक्ष्मी नारायणको दर्शन गरेर कार्य अघि बढाउनुहोस तपाईलाई शुभ फल प्राप्त हुनेछ ।

यो पनि पढ्नुहोस  कोरोनाबाट १० जनाको मृत्यु, ४८४ संक्रमित थपिए

कन्या राशी(टो,प,पी,पू,ष,ण,ठ,पे,पो)

कन्या राशीको लागि यस हप्तामा अध्ययनमा सफलता प्राप्त हुनुका साथैं आर्थिक सुधार हुनुका साथैं शारीरिक सुख प्राप्त हुनेछ, पारिवारीक सरसल्लाहका साथ अघि बढनु भयो भने तपाईलाई सफलता नै मिल्नेछ आयमा बृद्धि, अध्ययनमा सफलता, नेतृत्व कलामा सफलता भएता पनि आफन्त जनवाट धोखा, राज्यपक्ष्यबाट अवरोध । तपाईलाई शुभ दिशा रहेको छ पूर्व तिर फर्किएर कार्य आरम्भ गर्नु भयो भने सफलता प्राप्त हुनुका साथैं शुभ रंग रहेको छ रातो आजको दिन विष्णु भगवानको दर्शन गरेर कार्य अगाडि बढाउनुहोस तपाईलाई सफलता प्राप्त हुने नै छ ।

तुला राशी (र,री,रु,रे,रो,ता,ति,तू,त)

तुला राशीका लागि यस हप्तामा अध्ययनमा सफलता मिल्नुका साथैं सियर कारोवार गर्दा तपाईलाई धनलाभ हुनेछ, राज्यपक्षवाट सम्बन्धमा सुधार भाई बहिनी, ईष्टमित्रसित सम्बन्धमा चिसो आउने, सञ्चित धनबृद्धि, राज्यपक्ष्यवाट लाभ मिल्नेछ कुलकुटुम्बको साथ सहयोग मिल्ने, सञ्चित धनबृद्धि, दाजुभाई बिचको सम्बन्धमा खतपट पैंदा हुने छ । । तपाईलाई शुभ दिशा रहेको छ दक्षिण फर्किएर कार्य गर्नुहोस फलता प्राप्त मिल्नुका साथैं शुभ रंग रहको छ रातो गणेश भगवानको दर्शन गरेर अघि बढनु होस तपाईलाई शुभ फल प्राप्त नै हुनेछ ।

बृश्चिक राशी (तो,न,नी,नू,ने,नो,या,यि,यू)

बृश्चिक राशीका यस हप्तामा अध्ययनमा सफलता मिल्नुका साथैं आर्थिक लाभ हुनुका साथैं राज्य पक्षवाट सफलता मिल्नुका साथैं नयां कार्यको सुरुवात गर्नु ठिक रहेको छ बौंद्धिक कार्यमा मन लाग्नेछ, बोलीमा प्रभाबकारीता बढनेछ, सञ्चित धननोक्कास, सर्प कुकुरदेखी सावधानी रहनु पर्ने देखीन्छ । तपाईलाई शुभ दिशा रहेको छ पूर्व फर्कियर कार्यलाई अघि बढाउनुहोस सफलता प्राप्त नै हुनेछ भने शुभ रंग रहेको छ रातो, तपाईले विष्णु नारायणको दर्शन गरेर अघि बढनुहोस तपाईलाई सफलता प्राप्त नै हुनेछ ।

धनु राशी (य,यो,भा,भि,भू,ध,फा,ढ,भ)

धनु राशीका लागि यस हप्तामा अध्ययनमा अवरोध आउनेछ भने आर्थिक पक्षमा सुधार मिल्नुका साथैं राज्यपक्षवाट सफलता मिल्नुका साथैं, ब्यापार कारोवारमा सफलता मिल्न नै छ रिसलाई अधिनमा राख्नु पर्ने देखीन्छ प्रेममा खटखट पैदा हुने देखीन्छ चोटपटक लाग्न सक्छ सावधानी रहनु पर्ने देखीन्छ । तपाईले शुभ दिशा रहेको छ दक्षिण फर्कीएर कार्य अघि बढाउनुहोस सफलता मिल्नुका साथैं शुभ रंग रातो गणेशको दर्शन गरेर कार्य अघि बढाउनुहोस तपाईलाई सफलता प्राप्त हुने नैं छ ।

यो पनि पढ्नुहोस  बाबुराम भट्टराईले भने,- 'संयुक्त आन्दोलन गर्न कांग्रेसले देखाएन इच्छा'

मकर राशी (भो, जा,जी,खी,खू,खे,खो,गा,गी)

मकर राशीका लागि यस हप्तामा राज्यपक्षवाट सफलता मिल्नेछ, साझेदारी कारोवार उत्तम रहेको छ भने नयां कार्यको शुभारम्भ समेत हुने देखिन्छ शरीरमा चोटपटकको सम्भावना बढेर जानुका साथैं पारीवारीक जीवनमा सुधार रहनेछ । आय आर्जनमा सुधार हुनेछ, भाई भतिजाबाट साथ सहयोग मिल्नेछ । रोगब्याधिले सताएर रोगमा खर्च बढनेछ । शुभ दिशा रहेको छ तपाईलाई उत्तर तिर फर्र्किएर कार्य गर्नु तपाईलाई शुभ रहनुका साथैं शुभ रंग हरीयो हरेको छ तपाईले विष्णु भगवानको दर्शन गरेर कार्य गर्नुहोस तपाईलाई सफलता प्राप्त नै हुनेछ ।

कुम्भ राशी (गू,गे,गो,स,सी,सू,से,सो,द)

राशीका लागि यस हप्तामा अध्ययनमा सुधार हुनुका साथैं आयमा अवरोध हुनुका साथैं नया कार्यको सुरुवात समेत हुनेछ, तपाईले मान्यजनको आज्ञा अनुसार कार्य अघि बढाउदा तपाईलाई शुभ फल प्राप्त राज्यपक्ष्यबाट लाभ प्राप्त, बुवा आमा सित सम्बन्ध सुधार हुनेछ भने चिसोको समस्याले सताउने देखीन्छ । हुनुका साथैं तपाईलाई शुभ दिशा रहेको छ उत्तर शुभ रंग रहेको छ हरीयो र शुभ कार्य गर्दा खेरी देबी भगवतीको दर्शन गरेर कार्य अघि बढाउनुहोस तपाईलाई शुभ फल मिल्नेछ ।

मीन राशी (दी,दू,थ,झ,ञ,दे,दो,च,ची)

मीन राशीका लागि यस हप्तामा शरीरमा उमङ्गता पैदा भई नया कार्यको आरम्भ समेत हुनेछ भने पारीवारीक जीवनमा सुख प्राप्त हुनुका साथैं आय आर्जनमा अवरोध सृजना हुनेछ । अध्ययन अध्यापनमा सफलता प्राप्त हुनेछ, आय आय आर्जनमा सुधार हुनेछ, छोटो तथा लामो दुरीको यात्राको अवसर प्राप्त हुनेछ । राज्यपक्ष्यवाट झन्झट आई पर्ने देखीन्छ । तपाईले शुभ गर्न दिशा रहेको छ रहेको छ उत्तर फर्किएर कार्य आरम्भ गर्नुहोस तपाईलाई शुभ रहनेछ भने तपाईलाई शुभ रंग रहेको छ पहेलो, आजको दिन विष्णु भगवानको दर्शन गरेर अगाडि बढदा राम्रो हुनेछ ।

शयन कक्षको बारेमा बास्तुशास्त्रमा महत्वपूर्ण रहेको छ ।

यो पनि पढ्नुहोस  नवराज सिलवालले माधव नेपालको गाडीमा लिफ्ट मागे, ५ जना अनुपस्थित

बेडरुम(शयनकक्ष) जहा तपाई धेरै समय बिताउनु हुन्छ । दिउसो भरी काम गरेर साझ आफ्नो शरीर र दिमागलाई आराम र शान्ति को आवश्यकता पर्दछ त्यो शयनकक्षले दिने गर्दछ ।

घरको मुख्य ब्यक्तिको शयन कक्ष घरको पश्चिम –दक्षिण स्थानमा हुनु पर्दछ ।

स्थान दिशा, पलङ्ग, रंग, झ्याल कुन चिज कुन स्थानमा राख्नु पर्दछ यसको बारेमा चर्चा गरौं ।

१. घरको मुख्य ब्यक्तिको बेडरुम दक्षिण पश्चिम हुनु पर्दछ ।

२. घरको मुख्य मानिसको शयन कक्ष अरु कोठा भन्दा ठूलो हुनु पर्दछ ।

३. आग्नेय कोणमा शयन कक्ष राम्रो हुदैंन । संघर्ष र मानसीक तनाब परिरहन्छ ।

४. ईशान कोणमा पनि मुख्य ब्यक्तिको शयन कक्ष बनाउनु हुदैंन ।

शयन कक्षको पलङ्ग

१. पलङ्ग काठको हुनु राम्रो हुन्छ । फलामको पलङ्ग राम्रो मानिदैंन ।

२. पलङ्ग राख्दा ३ कुनामा सहज रुपले जाने आउने खुला हुनु पर्दछ ।

३. पलङ्ग बिमको मुनी राम्रो मानिदैंन । बेडको माथि सिलिङ्ग पंखा हुनुहुदैंन, जसको कारण मानसिक तनाब उत्पन्न हुन्छ ।

४. पलङ्गको बक्समा सामान राख्नु राम्रो मानिदैंन, जीवनको गति अवरोध हुन्छ ।

५. सुत्दा खेरी खुट्टा ढोकातिर हुनुहुदैंन,

शीर

१. शिर तपाईको दक्षिण दिशामा हुनु स्वास्थ्य र धनको लागि उत्तम हुनेछ ।

२. सुत्दाखेरी खुट्टा ढोकातिर देखिने हुनुहुदैंन ।

ईलेक्टो«निक सामान

१. शयनकक्षमा ईलोक्टो«निक सामान हुनु राम्रो मानिदैंन ।

रंङ्ग

सयन कक्षको रंग गुलाबी, सेतो, हरियो रंग हुनु उत्तम मानिन्छ ।

शयन कक्षमा जुक्ता , पुराना कपडाहरु छरिएर राख्नु हुदैंन, जसको कारण जिवन अब्यवस्थित गराउदछ ।निद्रा लाग्दैंन । जीवन भारी बोझिलो जस्तो गराउदछ ।

१. शयन कक्षमा सबै अव्यवस्थित चिजहरु व्यवस्थित तरिकाले राख्नु पर्दछ ।

२. भारी र धेरैं फर्निचर शयनकक्षमा राख्नु हुदैंन ।

३. ईलेक्टो«सियन ल्यापटप, आईरन, टि.भी, फ्रिज यि उपकरण हरु शयन कक्षमा राख्नु हुदैंन ।

४.शयन कक्षमा पुजा कोठा राख्नु हुदैंन, भगवानको फोटो पनि राख्नु हुदैंन ।

५. शयन कक्षमा डरलाग्दा जंगली जनावरको तस्बिर राख्नुहुदैंन ।

ॐ नमोः भगवते वासुदेवाय नमः

१२,श्रावण.२०७६,आईतवार ०६:३० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: