आजको राशीफल: २०७६ श्रावण १३ गते

नेपाली जनता

आजको पञ्चाङ्ग

मिति २०७६ श्रावण १३ गते (२९ जुलाई २०१९) कृष्णपक्ष्य द्धादसी तिथौं श्रीसूर्य दक्षिणायनं बर्षतुM परिधावी नामसंवत्सर, सोमवासरे, कर्कट राशी श्री सूर्य, बृश्चिक राशी देवगुरौं, चन्द्रमा मीथुन राशीमा

सूर्य उदय बिहान ०५.२५ मिनेटमा, सूर्यअस्त साझ ०६.५४ मिनेट अस्त

आजको राशीफल

मेष राशी (चु,चे,चो,ला,लि,लु,ले,लो,अ)

मेष राशीका लागि आजको दिन शारीरिक कष्ट, चोटपटकको सम्भावना, अध्ययनमा सफलता प्राप्त भएता पनि आर्थिक कारोबारमा नोक्सान मिल्नेछ । आजको दिन तपाईले शुभ दिशा पूर्व, शुभ रंग सेतो, शुभ अंक ५ रहेको छ ।

बृष राशी (ई,उ,ए,ओ,वा,वि,वु,वे,वो)

बृष राशी भएका ब्यक्तिलाई आजको दिन अध्ययनमा सफलता, आर्थिक कारोबारमा सफलता मिल्नेछ भने दाजुभाई बिचमा सम्बन्ध बिग्रनेछ । आजको दिन शुभ दिशा दक्षिण, शुभ रंग रातो, शुभ अंक रहेको छ ६ ।

मिथुन राशी (क,कि,कु,घ,ङ,छ,के,को,ह)

आजको दिन मिथुन राशीका लागि दाजुभाई बिचमा सम्बन्धमा सुधार छ, साझेदारी कारोवार तपाईको लागि शुभ रहेको छ भने आर्थिक धन नोक्सान हुनेछ । शुभ दिशा रहेको छ पूर्व, शुभ रंग हरियो, शुभ अंक ३ रहेको छ ।
कर्कट राशी (हि,हु,हे,हो,डा,डि,डु,डे,डो)

राशी कर्कट राशीका आजको दिन धन लाभ हुनेछ, राज्यपक्षवाट सफलता, दाजुभाई बिचमा सम्बन्धमा सुधार मिलेता पनि शारीरिक चोटपटकको सम्भावना बढेर गएको छ । आजको दिश शुभ दिशा उत्तर, शुभ रंग पहेलो, शुभ अंक ७ रहेको छ ।

सिह राशी (मा,मि,मु,मे,मो,टा,टि,टु,टे )

राशी सिह राशीका आजको दिन शारीरीक सुख प्राप्त हुनुका साथैं पारीवारीक सम्बन्धमा सुधार मिल्नुका साथैं अध्ययनमा सफलता मिल्नेछ भने आर्थिक कारोवारमा हानी । आजको दिन शुभ दिशा पूर्व शुभ अंक रंग सेतो, शुभ अंक ५ रहेको छ ।

कन्या राशी(टो,प,पी,पू,ष,ण,ठ,पे,पो)

कन्या राशीको लागि आजको दिन शारीरिक सुख उमङ्गता पैदा भएता पनि अध्ययनमा सफलता मिल्नेछैंन, आर्थिक हानी हुनेछ, आजको दिन शुभ दिशा पूर्व शुभ रंग हरीयो शुभ अंक ६ रहेको छ ।

यो पनि पढ्नुहोस  काठमाडौंमा एक डिग्री हुँदा जुम्ला माइनस ६.५ तापक्रम, चिसो अझै बढ्ने !

तुला राशी (र,री,रु,रे,रो,ता,ति,तू,त)

तुला राशीका लागि आजको दिन अध्ययनमा सफलता नैं मिल्नेछ भने आर्थिक कारोवारमा लाभ मिलेता पनि ब्यापार कारोबारमा हानी हुनेछ । आजको दिन शुभ दिशा रहेको छ उत्तर, शुभ रंग रहेको छ पहेलो, शुभ अंक रहेको छ ७ ।

बृश्चिक राशी (तो,न,नी,नू,ने,नो,या,यि,यू)

बृश्चिक राशीका आजको दिन आर्थिक कारोवारमा सुधार रहनेछ भने, राज्यबाट सम्मान मिल्नेछ शारीरिक सुखमा कमि हुनेछ भने अध्ययनमा मन कम लाग्नेछ । आजको दिन शुभ दिशा रहेको छ उत्तर, शुभ रंग रहेको छ निलो, शुभ अंक रहेको छ ६ ।

धनु राशी (य,यो,भा,भि,भू,ध,फा,ढ,भ)

धनु राशीका लागि आजको दिन अध्ययनमा सफलता नैं मिल्नेछ भने आर्थिक कारोबारमा सुधार मिल्नुका साथैं ब्यापार कारोवारमा लाभ नैं मिल्नेछ भने सञ्चित धन नोक्सान हुनेछ । आजको दिन शुभ दिशा रहेको छ पूर्व, शुभ रंग रहेको छ पहेलो शुभ अंक रहेको छ १ ।

मकर राशी (भो, जा,जी,खी,खू,खे,खो,गा,गी)

मकर राशीका लागि आजको दिन सामाजिक कार्यमा मन लाग्नेछ, नया कार्यको आरम्भ हुनेछ भने अध्ययनमा अवरोध, धन हानी हुनेछ । आजको दिन शुभ दिशा रहेको छ पूर्व शुभ रंग रहेको छ रातो, शुभ अंक रहेको छ ५ ।

कुम्भ राशी (गू,गे,गो,स,सी,सू,से,सो,द)

कुम्भ राशीका लागि आजको दिन अध्ययनमा सफलता नैं मिल्नेछ भने, नयां कार्यको आरम्भ समेत हुनेछ, आर्थिक लाभ हुनुका साथैं पारीवारीक सरसल्लाह अनुसार अघि बढेको खण्डमा सफलता प्राप्त नैं हुनेछ । आजको दिन शुभ दिशा रहेको छ पूर्व शुभ रंग रहेको छ रातो, शुभ अंक रहेको छ ५ ।

मीन राशी (दी,दू,थ,झ,ञ,दे,दो,च,ची)

मीन राशीका लागि आजको दिन अध्ययनमा मन नलाग्ने, आर्थिक हानी हुनेछ, पेशा कारोवारमा हानी भएता पनि पारीवारीक सरसल्लाह अनुसार अघि बढदा सफल अवश्य भईएला । तपाईलाई शुभ दिशा दक्षिण, शुभ रंग रातो, शुभ अंक रहेको छ ६ ।

यो पनि पढ्नुहोस  प्रधानमन्त्री केपी शर्मा ओलीको आज ६६ औं जन्मदिन, शुभकामना दिनेकाे लाइन !

बास्तुशास्त्र अनुसार घरमा मृत ब्यक्तिको तस्बिर फोटो कहा राख्ने यसको बारेमा तपाईलाई जानकारी बास्तुशास्त्र अनुसार दिदैं छु ।

घरको मृत ब्यक्तिको तस्बिर कहा राख्ने ?

१. मृत ब्यक्तिको तस्बिर तपाईले घरको दक्षिण दिशाको भिक्तामा राख्दा उत्तम हुनेछ ।

२. यदि नमिलेको खण्डमा तपाईले पश्चिम भिक्तामा पनि राख्न सक्नुहुनेछ ।

३. तपाईले यदि दक्षिण वा पश्चिम भित्तामा नमिलेको खण्डमा नैऋत्य कोणमा पनि राख्न सक्नुहुनेछ ।

४. मृत र जिउदो ब्यक्तिको तस्बिर तपाईले पश्चिम भिक्तामा राख्नु पर्दछ ।

जीउदो ब्यक्तिको तस्बिर तपाईले उत्तर दिशाको भिक्तामा राख्नु पर्दछ ।

तपाईले पूर्व तिरको भित्तामा पनि राख्न सक्नुहुनेछ ।

ॐ नमोः भगवते वासुदेवाय नमः

१३,श्रावण.२०७६,सोमबार ०६:३० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: