आजको राशीफल २०७६ श्रावण १४ गते

नेपाली जनता

आजको पञ्चाङ्ग

मिति २०७६ श्रावण १४ गते (३० जुलाई २०१९) कृष्णपक्ष्य त्रयोदशी तिथौं श्रीसूर्य दक्षिणायनं बर्षतुM परिधावी नामसंवत्सर, भौंमवासरे, कर्कट राशी श्री सूर्य, बृश्चिक राशी देवगुरौं, चन्द्रमा मीथुन राशीमा

सूर्य उदय बिहान ०५.२६ मिनेटमा, सूर्यअस्त साझ ०६.५३ मिनेट अस्त

आजको राशीफल

मेष राशी (चु,चे,चो,ला,लि,लु,ले,लो,अ)

मेष राशीका लागि आजको दिन बैदेशीक यात्राको अवसर प्राप्त अध्ययनमा सफलता हुनेछ ब्यापार कारोवारमा हानी रोग तथा चोटपटकले सताउने हुदा आजको दिन शिवजीको पुजा आराधना गर्नुहोला तपाईलाई शुभ फल मिल्नेछ आजको दिन तपाईले शुभ दिशा उत्तर, शुभ रंग पहेलो ।

बृष राशी (ई,उ,ए,ओ,वा,वि,वु,वे,वो)

बृष राशी भएका ब्यक्तिलाई आजको दिन अध्ययनमा सफलता, आर्थिक लाभ भएता पनि आजको दिन तपाईले नया कार्यको थालनी गर्नु राम्रो रहेको छैन प्रेमको मामिलामा असफलता प्राप्त नै होला । तपाईले लक्ष्मी नारायणको दर्शन गरेर कार्य आरम्भ गर्नुहोस शुभफल अवश्य मिल्नेछ भने शुभ दिशा दक्षिण, शुभ रंग रातो ।

मिथुन राशी (क,कि,कु,घ,ङ,छ,के,को,ह)

मिथुन राशीका लागि आजको दिन अध्ययनमा सफलता, यात्राको अवसर प्राप्त भएता पनि सञ्चित धन हानी हुनेछ, चोटपटकको सम्भावना बढेर गएको हुदा सावधानी अपनाउनु पर्ने देखीन्छ । आजको दिन तपाईलाई शुभ कार्यगर्दा खेरी शिवजीको दर्शन गर्नुहोस शुभ फल अवश्य मिल्ने नैं छ आजको दिन दिशा दक्षिण, शुभ रंग सेतो ।

कर्कट (हि,हु,हे,हो,डा,डि,डु,डे,डो)

राशी कर्कट राशीका आजको दिन अध्ययनमा सफलता, ब्यापार कारोबारमा लाभ मिल्नेछ भने यात्राको अवसर प्राप्त हुने नैं छ । आजको दिन तपाईलाई शुभ दिशा पूर्व रहेको छ भने शुभ रंग रहेको छ सेतो, विष्णु भगवानको दर्शन गरेर कार्य आरम्भ गर्नुहोस अवश्य नैं शुभ फल मिल्ने नैं छ ।

सिह राशी (मा,मि,मु,मे,मो,टा,टि,टु,टे )

सिह राशीका आजको दिन अध्ययनमा सफलता नैं प्राप्त हुनेछ भने पारीवारीक सुख प्राप्त सञ्चित धनवृद्धि हुनेछ आयमा अलि कमजोरी रहला । शिवजीको दर्शन गरेर कार्य आरम्भ गर्नुहोस शुभ फल अवश्य नैं मिल्नेछ । आजको दिन तपाईलाई शुभ दिशा रहेको छ पूर्व, शुभ रंग रहेको छ सेतो,

यो पनि पढ्नुहोस  मुस्ताङमा उच्च सुरक्षा सतर्कता

कन्या राशी(टो,प,पी,पू,ष,ण,ठ,पे,पो)

कन्या राशीको लागि आजको दिन अध्ययन मन कमलाग्ने छ मनमा दिक्दार उत्पन्न हुनेछ सञ्चित धनबृद्धि भई नया कार्यको आरम्भ समेत हुनेछ आजको दिन तपाईले शिवजीको दर्शन गरेर कार्य आरम्भ गर्नुहोस शुभ फल अवश्य नैं मिल्नेछ भने शुभ दिशा दक्षिण, शुभ रंग रातो रहेको छ ।

तुला राशी (र,री,रु,रे,रो,ता,ति,तू,त)

तुला राशीका लागि आजको दिन शारीरिक उमङ्गता पैदा, बौंद्धिक कार्यमा सफलता, राजनीतिक कार्यमा मनलाग्ने छ, प्रेमको मामिलामा सफलता नैं प्राप्त हुनेछ आजको दिन जुनसुकैं कार्य गर्दा खेरी पनि गणेशको दर्शन गरी कार्य आरम्भ गर्नुहोस शुभ फल मिल्नेछ भने शुभ दिशा पूर्व, शुभ रंग सेतो,

बृश्चिक राशी (तो,न,नी,नू,ने,नो,या,यि,यू)

बृश्चिक राशीका आजको दिन यात्राको अवसर प्राप्त भएता पनि अध्ययनमा सफलता नैं मिल्नेछ चिसो एवं पेटको समस्याले अलि सताउने देखीन्छ आजको दिन बिष्णुको दर्शन गरेर कार्य आरम्भ गर्नुहोस सफलता प्राप्त मिल्ने नैं छ भने शुभ रंग रातो, शुभ दिशा उत्तर ।

धनु राशी (य,यो,भा,भि,भू,ध,फा,ढ,भ)

धनु राशीका लागि आजको दिन यात्राको अवसर प्राप्त अध्ययनमा सफलता नै प्राप्त हुनेछ भने आर्थिक सुधार हुनेछ भने चोटपटकको सम्भावना बढेर गएको छ आजको दिन तपाईले लक्ष्मीनारायणको दर्शन गरेर कार्य आरम्भ गर्नुहोस तपाईलाई शुभ फल अवश्य नैं मिल्नेछ । शुभ दिशा पूर्व शुभ रंग सेतो

मकर राशी (भो, जा,जी,खी,खू,खे,खो,गा,गी)

मकर राशीका लागि आजको दिन ब्यापार कारोवारमा लाभ नैं मिल्नेछ भने यात्राको अवसर प्राप्त हुनेछ बैदेशीक कार्यमा सफलता मिल्नुका साथैं पारीवारीक जिवनमा खटपटको सम्भावना बढेर गएको छ भने आजको दिन तपाईले भैरबको दर्शन गरेर कार्य आरम्भ गर्दा उत्तम हुने देखीन्छ भने शुभ दिशा रहेको छ दक्षिण, शुभ रंग रहेको छ सेतो ।

कुम्भ राशी (गू,गे,गो,स,सी,सू,से,सो,द)

कुम्भ राशीका लागि आजको दिन धार्मिक कार्यमा मन लाग्ने देखीन्छ दाजुभाई बिचमा सम्बन्धमा सुधार मिल्नेछ भने बैदेशीक कार्यमा सफलता मिल्ने नैं छ, आर्थिक पक्षमा एक्कासी धनहानी हुने देखीन्छ आजको दिन तपाईले शिवजीको दर्शन गरेर कार्य आरम्भ गर्नुहोस शुभ फल अवश्य नैं मिल्नेछ भने शुभ रंग रहेको छ पहेलो, शुभ दिशा रहेको छ उत्तर ।

यो पनि पढ्नुहोस  चितवनमा कोरोना भाइरस विरुद्धको पूर्ण खोप १ लाख ४९ हजार ७ सय १९ जनाले लगाए

मीन राशी (दी,दू,थ,झ,ञ,दे,दो,च,ची)

मीन राशीका लागि आजको दिन सञ्चित धनवृद्धि हुनेछ भने पारीवारीक सुख मिल्ने नैं छ धार्मिक कार्यमा मनलाग्नुका नया कार्यको शुरुवात समेत हुने देखीन्छ पेटको समस्याले सताउने देखीन्छ आजको दिन तपाईले शिवजीको दर्शन गरेर कार्य आरम्भ गर्नुहोस शुभफल मिल्नेछ भने शुभ दिशा दक्षिण, शुभ रंग सेतो ।

बास्तुशास्त्र अनुसार तपाईको ब्यापार ब्यवसायलाई कसरी राम्रो बनाएर प्रगतिको बाटोमा उन्मुख गराउने भन्नेमा चर्चा गरौं ।

ब्यापारमा यदि मालिक दक्षिण पश्चिम कोणमा बसेको र मुख उत्तर वा पूर्व भए कर्मचारी देखी ग्राहक नियन्त्रणमा रहन्छन्, मुख्य ब्यक्तिमा सकारात्मक उर्जा बढेर जानेछ । सम्पूर्ण काम मालिकको अधिनमा रहन्छ । टेनसन कम हुन्छ, काम सफल हुन्छ ।

ब्यापार व्यवसायको फाईल पूर्व वा पश्चिम दिशामा राख्नु उत्तम हुनेछ जसको कारण सकारात्मक उर्जा पैदा गर्दछ । ब्यापार सुरुवात गर्दा लक्ष्मीको आब्हान गर्नु पर्दछ । ब्यापार व्यवसायको गर्ने घरको, कोठाको रंग कालो लगाउनु शुभ मानिदैंन । पिंक, गुलाबी, क्रिम, हरियो रंग लगाउनु पर्दछ । कार्यालयमा भगवानको ठूलठूला तस्बिर राख्नु हुर्दैन, किनकी यो परिवार र आफ्नो लागि आयश्रोतको लागी काम गर्ने स्थान भएको हुदा अफिसको ईशान दिशामा सानो पुजा स्थानमा गणेश, लक्ष्मी र श्रीयन्त्र राख्नु पर्दछ । यदि राख्ने हो भने परिवार सहितको शिवजी राख्न सकिन्छ ।

पोस्टरमा ब्यापारको सम्पूर्ण बिवरण राख्न सकिन्छ । चोगिदारको मुख पूर्व वा उत्तर हुनु पनि शुभ मानिन्छ, त्यो अफिस तिर बफादार रहन्छ ।कम्पनी अफिसमा ट्वाईलेट वा धारामा पानी बग्ने हुनुहुर्दैन, जसको कारण धन हानी भईरहन्छ । ब्रह्म स्थानमा खुला राख्नु पर्दछ जसको कारण ग्राहकहरुले यो कम्पनी पसलमा धेरै भन्दा धेरैं कारोबार गर्दछन् । ब्रह्म स्थान वा ढोकामा ओम , स्वस्तिक जस्ता चिन्ह लगाउन सकिन्छ । ढोकामा कहिल्यै पढेलो लाईट लगाउनु हुर्दैन, जसको कारण नकारात्मक उर्जा आउछ चम्किलो लाईट लगाउनु पर्दछ । अफिस, कार्यालयमा उजो, निचो कोठा हुनु राम्रो मानिर्दैन नकारात्मक उर्जा आउछ । लकरको मुख उत्तर हुनु पर्दछ । पैसाको मुख पनि सिधा राख्नु पर्दछ, पैसा पनि मिलाएर राख्नु पर्दछ । पैसा जहिले पनि खाली स्थानमा राख्नु हुर्दैन, रातो कपडा वा केहीमा राख्नु पर्दछ लकरमा । ग्राहकले कम्मर भन्दा माथि देख्नु पर्दछ किनकी सकारात्मक उर्जाको लागि ।

यो पनि पढ्नुहोस  काठमाडौंमा चार जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण

ॐ नमोः भगवते वासुदेवाय नमः

१४,श्रावण.२०७६,मंगलवार ०६:३० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: