वीरगञ्जमा एक युवक मृत भेटिए

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकामा एक युवक मृत भेटिएका छन् । वीरगञ्ज महानगरपालिका वडा नं २२ जगरनाथपुर का ३५ वर्षीय नथु मियाँ मृत भेटिएका हुन् ।

उनको मृत्युको कारण खुल्न सकेको छैन । गाउँमै रहेको नहरको डिलमा मियाँ मृत भेटिएको प्रहरीले जनाएको छ ।

घटनास्थलमा पुगेका प्रहरीको टोलीले मुचुल्का तयार पारी शव पोस्टमार्टमको लागि नारायणी अस्पताल पठाएको छ । घटनाबारे थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

यो पनि पढ्नुहोस  बलिउडमा फेरि अर्की '२६ वर्षे स्टार'को प्रवेश
१४,श्रावण.२०७६,मंगलवार १४:११ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: