मुलुकमा ३ लाख अति गरिबः गरिब पहिचान गरिँदै, ८ लाख गैरगरिब भेटियो

नेपाली जनता

काठमाडौं । सरकारले गरिबको घर पहिचान गर्ने भएको छ । ‘समृद्ध नेपाल र सुखी नेपाली’ बनाउने लक्ष्य अनुसार गरिब घर पहिचान गर्न लागिएको हो । गरिबको साउन १७ देखि सर्वेक्षण थालिने भएको छ । पहिलो चरणमा विभिन्न १२ जिल्लामा सर्वेक्षण गरिनेछ ।

चार महिनाको समय अवधिमा सम्पन्न गर्ने लक्ष्य राखिएको उक्त कार्यक्रममा गरिब समुदायको पहिचान गरिने भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले जनाएको छ । विगतमा २६ जिल्लामा गरिब पहिचान गरिएको थियो । केही जिल्लामा त्रुटि भएका कारण परिचयपत्र वितरणमा समस्या भएको अनुुभवलाई दृष्टिगत गरी चालू आर्थिक वर्षमा यस्ता किसिमका त्रुटि नदोहोरिने गरी कार्यविधि बनाइएको छ ।

सर्वेक्षण गर्न लागिएका जिल्लामा ताप्लेजङु, धनकुटा, महोत्तरी, रसुवा, काभ्रेपलाञ्चोक, स्याङ्जा, लमजुङ, म्याग्दी, बाँके, दैलेख, डडेल्धुरा र दार्चुला छन् । विगतमा सर्वेक्षण गरिएका जिल्लामा खोटाङ, भोजपुर, सिराहा, रौतहट, रामेछाप, सिन्धुली, गोरखा, तनहुँ, बागलुङ, रुकुमपूर्व, रोल्पा, प्यूठान, अर्घाखाँची, कपिलवस्तु, बर्दिया, डोल्पा, मुगु, हुम्ला, जुम्ला, कालीकोट, जाजरकोट, रुकुमपश्चिम, बाजुरा, बझाङ, अछाम र कैलाली छन् ।

आगामी वर्षमा बाँकी ३९ जिल्लामा सर्वेक्षण कार्य सम्पन्न गरिने मन्त्रालयकाे गरीब पहिचान तथा मापदण्ड शाखाका प्रमुख झवीन्द्रप्रसाद पाण्डेले जानकारी दिनुुभयो । गरिब वर्गलाई वर्गीकरण गर्ने त्यसअनुसार परिचयपत्र वितरण गर्ने र विभिन्न सीपमूलक कायक्रममार्फत उनीहरुको आर्थिक रुपान्तरणमा सहयोग पु¥याउने उद्देश्यले विभिन्न २६ जिल्लामा सर्वेक्षण सम्पन्न भइसकेको छ ।

मन्त्रालयका अनुसार विगतमा गरिएका २६ जिल्लामा १२ लाख २४ हजार ४१७ घरपरिवारबारे अनुसन्धान गर्दा सर्वेक्षणले तीन लाख ९१ हजार ८३१ घरपरिवारलाई गरिबका रुपमा पहिचान गरेको थियो । सर्वेक्षणअनुसार अति गरिब एक लाख ८८ हजार २३२, मध्यम गरिबमा एक लाख १९ हजार ७५४ र सामान्य गरिबमा ८३ हजार ८४५ जना पाइएका छन् । ८ लाख ३२ हजार ५८६ गैर गरिब पाइएका छन् ।

यो पनि पढ्नुहोस  नयाँ इन्टरनेट कनेक्सन जोड्दै हुनु हुन्छ ? यी कुराहरु विचार गर्नुहोस

सर्वेक्षण गर्न लागिएका ती १२ जिल्लाका स्थानीय तहका विभिन्न नगरपालिका तथा गाउँपालिकाको सङ्ख्या ९२२ छन् । पाँच सय ६८ गणक र ११४ सुपरीवेक्षक खटिएका छन् । गणनाका लागि अत्याधुनिक विधि अपनाएर ट्याबलेटमा राखिएका आवश्यक प्रश्न सोधिने त्यसको उत्तर आएपछि केन्द्रमा सूचना पठाउने व्यवस्था मिलाइएको छ । प्रदेश, गाउँपालिका, घरपरिवारको परिचयात्मक विवरण, परिवारमूलीको विवरण, नाम, नागरिकता नं, आवाससम्बन्धी विवरण, पारिवारिक सम्पत्ती विवरणलगायत विषयमा सूचना सङ्कलन गरिनेछ । त्यसको प्रशोधन गरी नतिजा प्रकाशन गरिनेछ ।

२२,श्रावण.२०७६,बुधबार १०:०० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: