आजको राशीफल

नेपाली जनता

आजको पञ्चाङ्ग
मिति २०७६ श्रावण २० गते (५ अगस्त २०१९) शुक्लपक्ष्य पञ्चमी तिथौं श्रीसूर्य दक्षिणायनं बर्षतुः परिधावी नामसंवत्सर, सोमवासरे, कर्कट राशी श्री सूर्य, बृश्चिक राशी देवगुरौं, चन्द्रमा कन्या राशीमा
सूर्य उदय बिहान ०५:२९मिनेटमा, सूर्यअस्त साझ ०६:४९ मिनेट अस्त
आज नागपञ्चमी (नाग टाँस्ने दिन)
ॐ आस्तिकस्य मुनेर्मातर्जगदानन्दकारिणि ।। एहोहि मनसे देवि नागमातर्नमोऽस्तु ते ।।

मेष राशी चु,चे,चो,ला,लि,लु,ले,लो,अ
मेष राशीका लागि आजको दिन सञ्चित धन हानी हुनेछ आयमा अवरोध भएता पनि यात्राको अवसर प्राप्त । आजको दिन गुरु जनको आज्ञा अनुसार कार्य उत्तम हुनेछ भने आजको दिन शुभ दिशा उत्तर, शुभ रंग पहेलो ।

बृष राशी : ई,उ,ए,ओ,वा,वि,वु,वे,वो
बृष राशी भएका ब्यक्तिलाई आजको दिन चीसो सम्बन्धी समस्याले सताउनुका साथैं शारीरिक कष्ट आई पर्नेछ, अध्ययनमा सफलता प्राप्त भएता पनि आर्थिक हानी हुनेछ । आजको दिन बुवाको साथसहयोग लिएर कार्य आरम्भ गर्दा सफलता प्राप्त । शुभ दिशा पश्चिम, शुभ रंग रहेको छ कालो ।

मिथुन राशी :क,कि,कु,घ,ङ,छ,के,को,ह
मिथुन राशीका लागि आजको दिन सामाजिक कार्यमा मनलाग्नुका साथैं धार्मिक यात्रा प्राप्त हुनेछ, आर्थिक कारोबारमा सुधार हुनेछ, दाजुभाई बिचमा सम्बन्धमा सुधार आजको दिन मान्यजनको रायसल्लाह लिएर कार्य गर्नु पर्ने देखीन्छ । शुभ दिशा रहेको छ पूर्व, शुभ रंग रहेको छ सेतो ।

कर्कट राशी : हि,हु,हे,हो,डा,डि,डु,डे,डो
कर्कट राशीका आजको दिन ब्यापार कारोबारमा लाभ, यात्राको अवसर प्राप्त भएता पनि अध्ययनमा अवरोध नैं हुनेछ । आजको दिन सार्थीभाईको साथ सहयोग लिएर साझेदारी कारोबार गर्दा उत्तम हुनेछ । शुभ दिशा पूर्व शुभ रंग रहेको छ सेतो ।

सिह राशी : मा,मि,मु,मे,मो,टा,टि,टु,टे
सिह राशीका आजको दिन अध्ययनमा सफलता प्राप्त हुनुका साथैं आर्थिक लाभ हुनेछ भने यात्राको अवसर प्राप्त समेत हुनेछ । भने गुरु जनको आज्ञा अनुसार कार्य आरम्भ गर्नुहोस तपाईलाई शुभ फल अवश्य नैं मिल्नेछ । तपाईलाई शुभ दिशा रहेको छ पूर्व, रंग रातो ।

यो पनि पढ्नुहोस  एक जना विद्यार्थी पढाउन तीन जना शिक्षक, चालू शैक्षिक सत्रमा एक जना मात्र विद्यार्थी अध्ययनरत !

कन्या राशी:टो,प,पी,पू,ष,ण,ठ,पे,पो
कन्या राशीको लागि आजको दिन यात्राको अवसर प्राई हुनेछ भने अध्ययनमा सफलता प्राप्त भई, पारीवारीक साथ सहयोग लिएर कार्य गर्दा अध्ययनमा सफलता प्राप्त हुनेछ भने धार्मिक कार्यमा मन कम लाग्नेछ । आजको दिन शुभ दिशा रहेको छ दक्षिण, शुभ रंग रहेको छ रातो ।

तुला राशी : र,री,रु,रे,रो,ता,ति,तू,त
तुला राशीका लागि आजको दिन बैदेशीक यात्राको अवसर मिल्नुका साथैं, अध्ययनमा सफलता समेत मिल्नेछ, राज्यपक्ष्यबाट अवरोध मिल्नुका साथैं चिसोको समस्याले सताउनेछ । आजको दिन दाजुभाईको साथसहयोग लिएर अघि बढदा सफलता प्राप्त समेत हुनेछ । शुभ दिशा रहेको छ दक्षिण, शुभ रंग रहेको छ रातो ।

बृश्चिक राशी: तो,न,नी,नू,ने,नो,या,यि,यू
बृश्चिक राशीका आजको दिन धन हानी हुनुका साथैं आजको दिन आर्थिक कारोबार गर्नको लागि उत्तम छैन, यात्राको अवसर प्राप्त भएता पनि धनहानी हुनेछ, पारीवारीक जिवनमा खटपट उत्पन्न हुनेछ ।आजको दिन मान्यजनको सुझाब अनुसार कार्य गर्दा शुभफल प्राप्त हुनुका साथैं शुभ दिशा रहेको छ उत्तर, शुभ रंग रहेको छ हरीयो ।

धनु राशी: य,यो,भा,भि,भू,ध,फा,ढ,भ
धनु राशीका लागि आजको दिन आर्थिक लाभ हुनुका साथैं यात्राको अवसर प्राप्त हुनेछ । चिसोको समस्याले सताउनुका साथैं चोटपटकको सम्भावना बढेर गएको हुदा सावधानी अपनाउनु पर्ने छ । आजको दिन दाजुभाईको साथसहयोग लिएर कार्य गर्दा सफलता प्राप्त हुनेछ भने शुभ दिशा रहेको छ पूर्व, शुभ रंग रहेको छ सेतो ।

मकर राशी: भो, जा,जी,खी,खू,खे,खो,गा,गी
मकर राशीका लागि आजको दिन अध्ययनमा मन कमलाग्नुका साथैं आर्थिक हानी हुनेछ । राज्यपक्षवाट लाभ मिल्नुका साथैं यात्राको अवसर अधुरो नैं रहला । आजको दिन बाबुको साथ सहयोग लिएर कार्य गर्दा सफलता प्राप्त शुभ दिशा रहेको छ दक्षिण शुभ रंग रहेको छ रातो ।

कुम्भ राशी: गू,गे,गो,स,सी,सू,से,सो,द
कुम्भ राशीका लागि आजको दिन शारीरिक सुख प्राप्त, स्थान परिवर्तन हुनुका साथैं यात्राको अवसर पैदा हुनेछ भने सामाजिक कार्यमा उन्नती हुनेछ, गुरुजनको आज्ञा अनुसार अघि बढदा तपाईलाई शुभ रहनेछ । शुभ दिशा उत्तर, शुभ रंग पहेलो ।

यो पनि पढ्नुहोस  चिनीयाँ पेट्रोल राख्ने जग्गा खोज्दै सरकार

मीन राशी: दी,दू,थ,झ,ञ,दे,दो,च,ची
मीन राशीका लागि आजको दिन साझेदारी कामबाट लाभ मिल्नेछ, अध्ययनमा सफलता मिल्नुका साथैं आयमा अवरोध हुनेछ । आजको दिन तपाईले आफुभन्दा जेठो महिलाको साथ सहयोग लियर अघि बढनुहोस सफलता प्राप्त । शुभ दिशा रहेको छ उत्तर शुभ रंग रहेको छ हरीयो ।

ॐ नमोः भगवते वासुदेवाय नमः

२०,श्रावण.२०७६,सोमबार ०६:३० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: