आजको राशीफल (श्रावण २१ गते)

नेपाली जनता

आजको पञ्चाङ्ग
मिति २०७६ श्रावण २१ गते ९६अगस्त २०१९० शुक्लपक्ष्य षष्ठी तिथौं श्रीसूर्य दक्षिणायनं बर्षतुः परिधावी नामसंवत्सर, भौंम वासरे, कर्कट राशी श्री सूर्य, बृश्चिक राशी देवगुरौं, चन्द्रमा कन्या राशीमा
सूर्य उदय बिहान ०५। ३० मिनेटमा, सूर्यअस्त साझ ०६।४८ मिनेट अस्त

मेष राशी : चु,चे,चो,ला,लि,लु,ले,लो,अ
मेष राशीका लागि आजको दिन दाजुभाई बिचमा सम्बन्ध बिग्रने, सामाजिक कार्यमा मन लाग्नुका साथैं, धार्मिक यात्राको अवसर मिल्नेछ । आजको दिन गुरु जनको आज्ञा अनुसार कार्य गर्दा सफलता, शुभ दिशा उत्तर, शुभ रंग पहेलो ।

बृष राशी: ई,उ,ए,ओ,वा,वि,वु,वे,वो
बृष राशी भएका ब्यक्तिलाई आजको दिन राज्यपक्षवाट सम्मान मिल्नुका साथैं अध्ययनमा सफलता मिल्नुका साथैं आजको दिन बाबुसंगका साथ सहयोग मिल्नेछ । आजको दिन तपाईले बाबुको साथ सहयोग लिएर कार्य गर्दा सफलता, शुभ दिशा पूर्व शुभ रंग रातो ।

मिथुन राशी :क,कि,कु,घ,ङ,छ,के,को,ह
मिथुन राशीका लागि आजको दिन यात्राको अवसर प्राप्त, अध्ययनमा सफलता आजको दिन पारीवारीक साथ सहयोग गरी अगाडि बढदा तपाईलाई सफलता अवश्य नैं मिल्नेछ, शुभ रंग सेतो, शुभ दिशा पूर्व ।

कर्कट राशी :हि,हु,हे,हो,डा,डि,डु,डे,डो
कर्कट राशीका आजको दिन अध्ययनमा सफलता, साथिभाईसंग साथसहयोग मिल्नेछ भने आजको दिन साझेदारी कार्य गरी, सार्थी भाईको सरसल्लाह अनुसार अगाडि बढदा सफलता प्राप्त हुनेछ । शुभ दिशा उत्तर, शुभ रंग पहेलो ।

सिह राशी :मा,मि,मु,मे,मो,टा,टि,टु,टे
सिह राशीका आजको दिन दाजुभाई बिचमा खटपट अध्ययनमा सफलता प्राप्त भएता पनि आर्थिक आय आर्जनमा अवरोध सृजना नैं हुनेछ भने मान्यजनको आज्ञा अनुसार कार्यगर्दा सफलता प्राप्त, शुभ दिशा उत्तर, शुभ रंग हरियो ।
कन्या : टो,प,पी,पू,ष,ण,ठ,पे,पो
कन्या राशीको लागि आजको दिन शारीरिक कष्ट पैदा भई आर्थिक क्षेत्रमा अवरोध नैं हुनेछ भने पारीवारीक साथ लिई अघि बढदा धनलाभ नैं हनेछ । आजको दिन शुभ दिशा उत्तर, शुभरंग पहेलो ।
तुला राशी :र,री,रु,रे,रो,ता,ति,तू,त
तुला राशीका लागि आजको दिन यात्राको अवसर प्राप्त भई साझेदारी काम कारोबारमा हानी नैं हुनेछ, पेटको समस्याले अलि सताउने हुदा सावधानी हुनु पर्ने देखीन्छ भने मान्यजनको सरसल्लाह अनुसार अघि बढदा कार्य सफलता प्राप्त, शुभ दिशा पूर्व, शुभ रंग रातो ।

यो पनि पढ्नुहोस  डडेल्धुरामा लगातार परिरहेको अविरल वर्षासँगै आएको बाढीले निर्माणाधीन मोटेरेबल पुल बगायो

बृश्चिक राशी तो,न,नी,नू,ने,नो,या,यि,यू
बृश्चिक राशीका आजको दिन ब्यापार कारोवारमा लाभ, साझेदारी कारोबारमा लाभ नैं मिल्नेछ भने आमाको साथ लिएर अघि बढदा सफलता नैं प्राप्त छ । शुभ दिशा दक्षिण, शुभ रंग रातो ।

धनु राशी :य,यो,भा,भि,भू,ध,फा,ढ,भ
धनु राशीका लागि आजको दिन धनलाभ, यात्राको अवसर पैदा हुनेछ भने प्रेमको मामिलामा असफलता प्राप्त हुनेछ । आजको दिन दाजुभाई बिचको साथ सहयोग लिएर कार्य आरम्भ गर्नुहोस सफलता प्राप्त अवश्य नैं हुनेछ भने शुभ दिशा पूर्व, शुभ रंग सेतो ।
मकर राशी :भो, जा,जी,खी,खू,खे,खो,गा,रगी
मकर राशीका लागि आजको साझेदारी काम कारोबारबाट लाभ नैं मिल्नेछ भने, राज्यपक्षबाट अवरोध भएका कार्यहरु सफलता प्राप्त हुनेछन् आजको दिन बाबुको साथ सहयोग लिएर कार्य गर्दा सफलता प्राप्त । शुभ दिशा उत्तर, शुभ रंग पहेलो ।
कुम्भ राशी :गू,गे,गो,स,सी,सू,से,सो,द
राशीका लागि आजको दिन चोटपटकको सम्भावना बढेर गएको हुदा सावधानी अपनाउनु पर्ने देखीन्छ, अध्ययनमा अबरोध हुनुका साथैं यात्राको अवसर समेत पैंदा हुनेछ, आजको दिन गुरु जनको आज्ञा अनुसार अगाडि बढनु भयो भने सफलता पैदा हुनेछ । शुभ दिशा उत्तर, शुभ रंग हरीयो ।
मीन राशी :दी,दू,थ,झ,ञ,दे,दो,च,ची
मीन राशीका लागि आजको दिन बैदेशीक यात्राको अवसर प्रात, अध्ययनमा सफलता प्राप्त हुनुका साथैं आजमा अवरोध नैं हुनेछ, धार्मिक कार्यमा मन कम लाग्नुका साथैं समाजसेवा कार्यमा सफलता नै मिल्नेछ । आजको दिन शुभ दिशा रहेको छ दक्षिण, शुभ रंग रहेको छ रातो ।
बास्तुबिज्ञान ।

ब्यापार बृद्धिको लागि सकारात्मक प्रभाव लिएर ब्यापार बढाउनको लागि ।
१।मुख्य ब्यक्ति ब्यापार ब्यवसायको कुर्चिमा सकेसम्म खाली राख्नु हुर्दैन, त्यसमा मानिस बसिरहनु पर्दछ ।
२। ब्यापार कारोबार गर्ने कुर्चिमा बसेर भोजन नास्ता गर्नु हुर्दैन । नकारात्मक उर्जा आएर ब्यापारमा कमी हुनेछ ।
३। कामदारलाई बायब्य कोणमा बसाउनु हुर्दैन । ब्यापार केन्द्रमा ।
४। नैऋत्य कोणमा भारी बस्तु राख्नु पर्दछ ।
ॐ नमोः भगवते वासुदेवाय नमः

२१,श्रावण.२०७६,मंगलवार ०६:३० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: