नेकपाको सचिवालय बैठक आज बस्दै

काठमाडौँ । नेकपाको सचिवालय बैठक शुक्रबार (अाज) बस्ने भएको छ । बिहीबार बस्ने भनिएको बैठक प्रधानमन्त्री केपी ओली बिरामी परेका कारण शुक्रबारका लागि सारिएको थियो।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान ११ बजे सचिवालय बैठक बोलाइएको हो ।

प्रधानमन्त्री गत शुक्रबार फर्केलगत्तै नेताहरूसँग अनौपचारिक छलफल गरेका छन्। तर विभागको नेतृत्व, पोलिटब्युरो गठनलगायत विषयमा ठोस प्रस्ताव तयार हुन सकेको छैन। त्यसैका लागि बैठक बस्ने भनिए पनि मंगलबारदेखि बैठक सरेको सर्‍यै छ।

मंगलबार र बुधबार तयारी नपुगेको भन्दै बैठक बिहीबारका लागि सारिएको थियो।

यो पनि पढ्नुहोस  कोरोना भाइरस: लकडाउनका बेला ‘मलाई दुर्व्यवहार गर्ने व्यक्ति मसँगै छ’
३१,श्रावण.२०७६,शुक्रबार १२:२६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: