हत्या गरी विष सेवन गरेर आत्महत्याको प्रयास

सुनसरी । सुनसरीको भोक्राहा नरसिंह गाँउपालिका–५ मा आइतबार एक जनाको छुरा प्रहार गरी हत्या भएको छ । स्थानीय मुर्ताज मियाँले छुरा प्रहार गरी वहाव मियाँको हत्या गरेको खुलेको छ ।

सामान्य घरायसी झगडाका कारण मुर्ताज मियाँले छुरा प्रहार गर्दा वहाव गम्भीर घाइते भएका थिए । गम्भीर घाइते वहावको उपचारका क्रममा मृत्यु भएको प्रहरीले बताएको छ ।

छुरा प्रहार गर्ने मुर्ताजले बीस सेवन गरेकाले उनी पनि गम्भीर घाइते भएको र अहिले उनको विराटनगरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

छुरा प्रहार गरी हत्या गर्ने मुर्ताज प्रहरीको नियन्त्रणमा छन् ।

घटनाको थप अनुसन्धान भइरहेको छ ।

यो पनि पढ्नुहोस  फिफाद्वारा एन्फा प्रतिबन्धित हुने खतरा !
९,भाद्र.२०७६,सोमबार ०९:२५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: