प्रशिक्षार्थीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा तालिम केन्द्रका असई पक्राउ

बाँके । नेपालगञ्जस्थित प्रदेश प्रहरी तालिम केन्द्रभित्रै युवतीमाथि यौन दुर्व्यवहार भएको भन्दै उजुरी परेको छ । आइतबार अपरान्ह ३ बजे महिला ब्यारेकभित्र प्रशिक्षार्थीमाथि यौन दुर्व्यवहारको प्रयास भएको प्रहरीमा उजुरी परेको हो ।

घटनामा संलग्न रहेको आरोपमा तालिमक केन्द्रमै कार्यरत नायब निरीक्षक (सई) बमबहादुर राना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रमुख एसपी वीरबहादुर वलीले रानालाई पक्राउ गरिएको पुष्टि गरे । उनले अनलाइनखबरसँग भने, ‘पीडितले जाहेरी दिनु भएपछि पक्राउ गरेर अनुसन्धान थालेका छौं ।’

वलीका अनुसार उनीमाथि अनुसन्धानका लागि जिल्ला अदालतबाट ७ दिन म्याद थप भइसकेको छ । ‘विस्तृत अनुसन्धान र प्राविधिक पक्षको छानविन गरिरहेका छौं’, उनले अनलाइनखबरसँग भने ।

यो पनि पढ्नुहोस  यी हुन् समानुपातिकबाट प्रदेशसभामा निर्वाचित सांसद (सूचीसहित)
३०,आश्विन.२०७६,बिहीबार १५:५४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: