कोरोना भाइरसको ‘चरम संकट’ अन्त: चीन

नेपाली जनता

बेइजिङ । चीनले कोरोना भाइरस(कोभिड–१९) को चरम प्रकोप सकिएको जनाएको छ । बिहीबार चीनको राष्ट्रिय स्वास्थ्य आयोगका प्रवक्ता मी फेङले पत्रकार सम्मेलनमार्फत चीनमा कोभिड–१९ को उच्च जोखिम सकिएको बताएका हुन् ।
नयाँ संक्रमण नदेखिएको र प्रकोप घट्दै गएको पनि प्रवक्ता फेङले बताए। प्रवक्ता फेङले भाइरसको उद्गमस्थल मानिएको हुबेई प्रान्तमा बुधबार ८ जनामा मात्रै संक्रमण देखिएको बताए।

त्यस्तै बुधबार हुबेईबाहिर जम्ममा ७ जनामा संक्रमण देखिएको र त्यसमध्ये पनि ६ जनामा आयातित संक्रमण भएको उनले जानकारी दिए। चीनमा बुधबार ११ जनाको मात्रै मृत्यु भएको छ। बिहीबारसम्म चीनमा ३ हजार एक सय ६९ जनाको मृत्यु भएको छ भने ८० हजार ७ सय ६९ जनामा संक्रमण देखिएको छ।

मंगलबार मात्रै चिनियाँ राष्ट्रपति सी चिनिफिङ हुबेईको वुहानका विभिन्न अस्पताल पुगेर बिरामी, स्वास्थ्यकर्मी तथा स्वयंसेवकहरुलाई भेटेका थिए। चीनले पछिल्लो समय बिरामी निको भएको भन्दै १६ वटा अस्थायी अस्पतालहरु बन्द गरिसकेको छ।

कोरोना भाइरस विश्‍वव्यापी महामारी : विश्‍व स्वास्थ्य स‌ंगठन

गत डिसेम्बरमा वुहानबाट फैलिएको कोभिड–१९ को संक्रमण अहिले विश्वका १२० भन्दा बढी देशमा फैलिइसकेको छ। बिहीबार दिउँसोसम्म एक लाख २६ हजारभन्दा बढीमा यसको संक्रमण देखिएको छ भने ४ हजार ६ सय ३८ जनाको मृत्यु भएको छ।

चीनमा पछिल्लो समय संक्रमित र मृतकको संख्या घट्दै गए पनि युरोप र अमेरिकामा ह्वात्तै बढेको छ।

यो पनि पढ्नुहोस  ५६ वटा स्थानीय तहले बजेट ल्याएनन्
२९,फाल्गुन.२०७६,बिहीबार १७:३९ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: