जर्मनीमा दुईभन्दा बढी व्यक्तिको जमघट निषेध, चान्सलर एंगेला मर्केल पनि क्वारेन्टाइनमा

नेपाली जनता

काठमाडौं । कोरोना संक्रमित एक जना डाक्टरसँग भेटघाट भएको पत्ता लागेपछि जर्मनी चान्सलर एंगेला मर्केललाई क्वारेन्टाइनमा राखिएको छ । उनी आफ्नै घरमा क्वारेन्टाइनमा रहेको बीबीसीले लेखेको छ ।

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि जर्मनीले दुई जनाभन्दा बढी व्यक्ति जमघट गर्न रोक लगाएको छ । यस्तो प्रतिबन्ध घरभित्र र बाहिर दुवै ठाउँमा एक हप्ताका लागि लगाइएको हो ।

यसैबीच अमेरिकी सांसद रेन्ड पलमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । उनी केन्टकीबाट रिपब्लिकन सांसद हुन् ।

यो पनि पढ्नुहोस  सर्वोच्च अदालतले रोजगारीका क्रममा विदेशमा अप्ठेरोमा परेका नेपालीलाई सरकारी कोषको रकमबाटै उद्धार गर्न आदेश
१०,चैत्र.२०७६,सोमबार ०८:३० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: