ओम्त्नी समूहले राखेको पाँच करोड धरौटी जफत , ठेक्का दिनेलाई के हुन्छ ?

नेपाली जनता

काठमाडौं । सरकारले ओम्नी समूहसँगको स्वास्थ्य सामग्री खरिदसम्बन्धी विवादास्पद सम्झौता बुधबार खारेज गरेको छ । परल मूल्यभन्दा दशौं गुणा महंगोमा सामान आपूर्ति गरेको ओम्त्नी समूहले राखेको पाँच करोड धरौटी जफत हुने र कालोसुचीमा राख्ने प्रक्रिया अगाडि बढाइने स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिए ।

यो खरिद प्रकरणमा सरकारले ओब्की समूहलाई एक किसिमको कारवाही गरेको हो । सामान खरिदमा भ्रष्टाचार भएको, गुणस्तरहीन सामग्री ल्याएको भनेर आलोचना भएपछि सरकारपछि हटेको देखिन्छ । भनिन्छ, गर्नेभन्दा गराउनेको भूमिका महत्वपूर्ण हुन्छ । यो प्रकरणमा पनि ओब्की समूह निमित्त पात्र मात्रै हो ।

‘जसले यो समूहलाई ठेक्का दिने निर्णय गर्‍यो, मुख्य जिम्मेवारी त उहाँहरूले लिनुपर्दछ’, ट्रान्सपरेन्सी इन्टरनेसनल (टीआई) नेपालका पूर्वअध्यक्ष भरतबहादुर थापा भन्छन्, ‘हस्ताक्षर गर्ने मात्रै होइन, पर्दा पछाडि बसेर कमिसन खानेलाई पनि छानविन गरेर कारवाही गर्नुपर्छ ।’

निर्णय प्रक्रियामा संलग्नता क–कसको ?

ओब्की समूहलाई स्वास्थ्य उपकरण खरिद गर्न दिने १३ चैतमा भएको हो । समूहलाई १८ प्रकारका सामान खरिदको अख्तियार दिइएको थियो । यो सम्झौता १ करोड ३ लाख ३३ हजार डलर अर्थात १ अर्ब २४ करोड नेपाली रुपैयाँ बराबरको रहेको छ ।

२३ फागुनमा टेन्डर हालेका १९ वटै कम्पनीले सामान तुरुन्तै आपूर्ति गर्न नसक्ने भएपछि यो समूहलाई खरिद अधिकार पाएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल, मन्त्रालयका सचिव यादवप्रसाद कोइराला, मन्त्रालयका विज्ञ सल्लाहकार डा. खेमबहादुर कार्की, स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठ लगायतले कोभिड–१९ रोकथाम तथा व्यवस्थापनको सामग्री आपूर्तीको विवरणमा हस्ताक्षर गरेका थिए ।

यो पनि पढ्नुहोस  ‘पोखरी हाइड्रो पावर कम्पनी’मा गोलमाल
१९,चैत्र.२०७६,बुधबार १८:४० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: