नेपालका लायन्सहरुले शुरु गरे अनलाईन पब्लिक स्पिकिङ्ग कोर्स

नेपाली जनता

काठमाडौं । लायन्स क्लब अफ अन्र्तराष्ट्रियको डिस्ट्रिक्ट ३२५ ए २ ले चार दिने अनलाईन पब्लिक स्पिकिङ्ग ट्रेनिङ्ग सञ्चालन गरेको छ ।

भिडियो कन्फ्रेन्सको माध्यमबाट यसरी अनलाईन पब्लिक स्पिकिङ्ग ट्रेनिङ्ग नेपालको लायनिजममा संभवत पहिलो अवसर पनि हो । पीडिजि लायन पंकज प्रधान, पीडिजि लायन शम्भु घिमिरे, सेकेण्ड भिडिजि लायन केशव पाण्डे, ३२१ ए २ भारतका विनित गोयल, चिफ एरिया कोआर्डिनेटर लायन भविश्वर तिवारी, रिजन चियर पर्सन लायन मुक्ति प्रसाद भण्डारी र जोन चियर पर्सन लायन अमुल कटुवाल सहित अनलाईन पब्लिक स्पिकिङ्ग ट्रेनिङ्गको पहिलो दिनमा लगभग ३० जना लायन लिडर र सदस्यहरुको सहभागिता रहेको थियो ।

लायन्स लिडरहरु कुनै पनि सभासमारोहमा आफ्ना कुराहरु नअल्मलाई र्निधक्कका साथ बोल्न सक्ने क्षमता अभिवृद्धिमा टेवा पुग्न सकोस भन्ने अनलाईन पब्लिक स्पिकिङ्ग ट्रेनिङ्गको उद्देश्य रहेको पीडिजि तथा मुख्य टे«नर लायन बीजु बज्राचार्यले नेपाली जनतासँगको कुराकानीमा बताए ।

चार दिनसम्म सञ्चालन हुने अनलाईन पब्लिक स्पिकिङ्ग ट्रेनिङ्गका लागि मुख्य ट्रेनर पीडिजी लायन बिजु बज्राचार्य, मोडेरेटरका रुपमा पीडीजी लायन मधुकर कुमार उपाध्याय रहेका छन, भने कोआर्डिनेटरको रुपमा लायन महेन्द्रध्वज जोशी रहेका छन । अनलाईन पब्लिक स्पिकिङ्ग ट्रेनिङ्गाको आयोजना लायन्स क्लब अफ पायोनिरले गरेको हो ।

डिस्ट्रिक्ट ३२५ ए २ का विभिन्न लायन्स क्लबका लायन्स लिडरहरु, भारतबाट गेस्ट ट्रेनरहरुका साथै नेपालका केही सञ्चारकर्मीहरुको समेत सहभागिता रहेको अनलाईन पब्लिक स्पिकिङ्गका कोआर्डिनेटर लायन महेन्द्र ध्वज जोशीले बताएका हुन ।

यो पनि पढ्नुहोस  जापानमा दर्दः कारण सायाैंको मृत्यु, दर्जनौँ बेपत्तापछि उद्धारकार्यमा हजारौँ सेना तथा प्रहरी परिचालन !
७,बैशाख.२०७७,आईतवार २०:४८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: