मन्त्रीको अगुवाइमा ३०० मान्छे रोल्पा पठाइयो, मन्त्री पानीमा छाता ओढेर विदाइ गर्न पुगे

नेपाली जनता

काठमाडौं । भक्तपुरमा अलपत्र परेका रोल्पाका तीन सय जनालाई आइतबार साँझ घरतर्फ पठाइएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनको अगुवाइमा भक्तपुरको जगाती क्षेत्रमा अलपत्र परेका तीन सय जनालाई बस चढाएर घरतर्फ पठाइएको हो ।

विभिन्न जिल्लाबाट पैदल हिँडेर भक्तपुर आइपुगेका र भक्तपुरमै अलपत्र परेकाहरूलाई आठवटा बसमा राखेर घर पठाइएको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिइन् ।
आइतबार साँझ पानी परिरहेको समयमा अलपत्र परेका मजदुरलाई बिदा गर्न मन्त्री पुन पनि जगाती पुगेका थिए ।

यो पनि पढ्नुहोस  आत्मसमर्पण गर्न चाहेका थिए ‘गोरे’ले
७,बैशाख.२०७७,आईतवार २१:४६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: