पूर्बाधार बिकास मा कोरोनाः चुनौति र अबसर

यमन ढकाल

नेपाल एक अबिकसित मुलुक हो। देशमा धेरै ठूला ठूला चुनावी राजनीतिक नारा भएपनि न्यूनतम बिकास निर्माण नै देशको आजको आवश्यकता रहेको छ।देशका बिभिन्न स्थान मा बिकास निर्माणका कार्य संन्चालन रहिआएको भएतापनि हालैको कोरोना माहामारिले बिश्वब्यापी असर रहेको अवस्थामा नेपाल पनि यसबाट जोगिन सकेको छैन । कोरोना भाइरस (कोभिड १९) का कारणले बिगत ४३ दिनदेखि देश पुर्ण रूपमा लकडाउनको अवस्थामा छ। जसले गर्दा सबै पूर्बाधार बिकास कार्यहरू पूर्ण रूपमा ठप्प रहेका छन ।

यसले आज मात्र नभई भबिस्यमा पनि देशको आर्थिकका साथै पूर्बाधार बिकास क्षेत्रमा धक्का दिने देखिन्छ । त्यसैले नेपालमा बिकास बजेटको ठूलो हिस्सा खर्च गर्न नसकि फ्रीज हुने विगतको अनुभवले यस पटक पनि निरन्तरता पाउने कुरामा कुनै शंकै छैन । जसले गर्दा धेरैको रोजगार गुम्ने त छनै साथै राज्यले उठाउने करमा समेत कमि आउने पक्का छ । त्यस्तै निर्माण ब्यवसायमा लागेका मानिसलाई आर्थिक, मानसिक साथै नैतिक समस्याले सताउने देखिन्छ भने भइरहेका बिकासका काम पनि अधकल्चो रूपमा नै रहने देखिन्छ ।

घाटा बजेट भएको मुलुकमा यसरी एक्कासि सबै बिकास कार्यक्रम ठप्प हुदा बजेटको लक्ष्य त पुरा हुदैन नै अब चालु खर्च समेत कसरी संन्चालन गर्ने र आगामि बजेटको निर्माण गर्दा कुन कुन कुरामा बिशेष जोड दिने ठूलो चुनौति रहन्छ ।

पूर्बाधार बिकास को कार्य बर्ष भरिनै चल्ने गरेकोमा यसपटक यो माहामारिको चपेटामा केही महिना ठप्प रहने देखिन्छ । यस बिसम परिस्थितिमा समयको सदुपयोग गर्दै नेपालमा भएका पूर्बाधार बिकासको उपलब्धि र भाबि योजना सहि ढंगले निर्माण गर्नको लागि अबसरको रूपमा हेर्न सकिन्छ । किन लक्ष्य पूरा सहि ढंगले गर्न सकिएको छैन , कस्ताकस्ता कुराको कमि कमजोरी देखिन्छन् , के सार्वजनिक खरिद ऐन नियमावाली नै सहज नभएको हो ? या सहि ढङ्गले प्रयोग गर्न नसकिएको हो, यसको बारेमा छलफल गर्न समय मिलेको छ। त्यसैले अब आउने निति तथा कार्यक्रम र बजेटमा समेत पूर्बाधार बिकास लाई सहि ढंगले समेटेर लान बिषय बिज्ञहरूको यो समय प्रयोग गर्न सके अहिलेको चुनौतिलाई अबसरको रूपमा परिणत गर्न सकिन्छ भन्ने कुरालाई नकार्न सकिन्न ।
(लेखक निर्माण ब्यवस्थापन मा स्नातकोत्तर गरेका इन्जिनियर हुन )

२४,बैशाख.२०७७,बुधबार ११:०३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: