खानेपानी वोर्डको कार्यकारी हुन दौडधुप शुरु, राणालाई पर्छान ढकालको अस्वभाविक चलखेल

यज्ञ ढकाल

काठमाडौं । काठमाडौं उपत्यकाभरका जनतालाई खानेपानीको व्यवस्थानको जिम्मेवारी लिएको सरकारद्धारा गठन गरिएको काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको कार्यकारी निर्देशनको पहिलो चरणको छनोट सकिएको छ ।

दोस्रो चरणको छनोटको प्रक्रिया अगाडि बढाउने प्रक्रिया शुरु नै नहुँदा कोरोना भाइरस(कोभिड १९)को चपेटामा नेपाल पनि पर्न गयो । त्यसको फलस्वरुप यो खानेपानी व्यवस्थापन वोर्डको छनोट प्रक्रिया पनि अवरुद्ध हुन पुगेको थियो ।

अब सरकारले लकडाउनलाई क्रमशः खुकुलो बनाउदै लगेपछि वोर्डको छनोट प्रक्रिया पनि अगाडि बढ्ने संकेत वार्डले दिएको छ । सोहि अनुरुप वोर्डले पहिलो प्रक्रियामा छिरेका उम्मेदवारहरुलाई तयारीका साथ बस्न अनुरोध गरेको समेत बुझीन आएको छ ।

कार्यकारी निर्देशक छनोट समितिको यो ग्रिन संकेतपछि सम्भावित उम्मेदवारहरुले आफु हुनु पर्ने दावीलाई नेताहरुको घर दैलोमा पुर्याउन थालेका छन ।
अर्जुनबाबु ढकाल, संजिव विक्रम राण, सुर्दशन भण्डारी र सुरेशप्रसाद आर्चाय पहिलो चरण पार गर्ने कार्यकारीका उम्मेदवार हुन । पछिल्लो समय मेलम्चीको पानी काठमाडौं आउने अन्तिम चरणमा पुगेको छ । यस समयमा पाँच वर्षका लागि छनोट हुन लागेको कार्यकारी निर्देशक पद निक्के आकर्षक मानिन्छ ।

काठमाडौं उपत्यकामा खानेपानीका स्रोत नभएपछि लामो दूरीबाट खानेपानी आपुर्ती गर्नु पर्ने हुन्छ । यसका लागि मेलम्चीको पानी काठकाडौं आएपछि पनि उपत्यकालाई लाखौ लिटर पानी अपुग हुन्छ । पुनः दुईवटा आयोजना पाइप लाइनमा भएका कारण र मेलम्चीको पानीको अप्रेटर काठमाडौं उपत्यका खानेपानी लिमिटेड बाहेक अन्य नीजि क्षेत्रलाई समेत दिन सक्ने अवस्था आउने भएका कारण पनि वोर्डको कार्यकारी निर्देशकको पदमा आकर्षण बढेको हो ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेडको सम्पुर्ण अचल सम्पती समेत वोर्ड मातहत रहेको छ । अचल संम्पतीको रेख, देख र उपभोग समेत यहि वोर्डले गर्न पाउने अधिकार छ ।

यी नै कारणले यहाँको कार्यकारी निर्देशक हुन तीन जना उम्मेदवारको दौड धुप आश्र्चाय जनक देखिएको छ । यस दौडमा सबैभन्दा बढी अर्जुनबाबु ढकाल देखिएका छन । भण्डारी र आचार्य पनि अस्वभाविक ढंगले शक्ति केन्द्र धाइरहेका छन ।

यो पनि पढ्नुहोस  दलितको हातको पानी खाँदा गाउँ निकाला

अहिलेको विसम अवस्थामा संजिव विक्रम राणालाई नै कार्यकारी निर्देशक बनाउनु पर्ने आवाज खानेपानीका क्षेत्रका विज्ञहरुको रहेको छ । चार जना प्रतिस्पर्धीहरुमा सबैभन्दा सक्षम, इमान्दार, लोभलालच नभएको र काविल उम्मेदवार हुन राणा । उनी चाकडीलाई त्यति महत्व नदिने भएका कारण लोभी पापीहरुले सजिलै राणालाई कार्यकारी निर्देशक हुन दिने संकेतहरु देखिएको छैन ।

यस पदका लागि प्रधानमन्त्री निकटका केहि मानिसहरु पनि राणालाई नदिने कि भन्ने पक्षमा छन, भने नेकपाका झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, पुष्कमल दाहालले समेत चासो राखेका छन । मन्त्री विना मगरले चाहेर मात्र यस्ता आकर्षक पद पाउने सम्भावना छैन ।

२७,बैशाख.२०७७,शनिबार १५:३८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: