माया

~प्रभा पोखरेल ‘स्वेशा’~

उ होस्टेलको झ्यालबाट बाहिर हेरिरहेकी छ। सिमसिम पानी, यो ऋतु अनि बहिरका बेमौसमी फुलहरु, हल्का चिसो-चिसोले आनन्दको अनुभुति दिइरहेछ, उ आफैंलाइ अङ्गालो मार्छे अनि आखा चिम्म गर्दै एकहुल मानिशहरु बसिरहेको चियापसललाइ हेर्छे। आ..मान्छेका मगजै तातनेगरी चर्केको घाम भन्दा त यो चियाको चुश्किमा पनि आनन्द आउने चिसो नै स्वर्ग नी!, आफैं सोच्छे। उसका नजरहरु बाटोका एक हुल केटाहरुतिर लाग्छ, कल्याङमल्याङ, कान थाप्दै सुन्छे। पातलो-पातलो शरीर तर फुकेको छाति, गोरो, अग्लो, चश्मा लगाएर भलाद्मिजस्तो देखिएको? फेरी सोच्छे, यो चश्मा चैं उद्दण्ड मान्छेलाइ पनि भला्दमिझैं देखिने साधन हो कि कसो!, उमेर त्यस्तै २०-२२ हुदो हो। उसको नजर उसमै अड्किरहे.. ओहो! हाउभाउ पनि कस्तो दुरुस्तै! उसलाइ बाल्यकालमा देखेको अनि घन्टौ लुकि-लुकि हेरेको करणको याद आयो।

करण, उसको बुवाको साथिको छोरा अनि उ र करण गाउको एउटै बिध्यालयका बिध्यार्थी तर उमेरमा ५-६ बर्ष जेठो करण अनि कछ्या पनि फरक। उ सानी कछ्या चारकी फुच्ची अनि करण अग्लो, जुगाको रेखी बस्न थालेको नौ कछ्याको छात्र। खै किन-किन उसलाइ करण राम्रो लाग्थ्यो,कैले कछ्या कोठाबाट लुकेर बाहिर चियाउथी अनि टुलु-टुलु हेरीरहन्थी। कैले शिछ्यकले पढाउदा- पढाउदै चोर आखाले सुटुक्क बाहिर हेर्दै बस्थी। करणलाइ बाहिर देख्दा उसलाइ हेरीरहन मन लाग्थ्यो। उसलाइ सानैदेखि कबिता लेख्न मन पर्थ्यो। करणलाइ मनको कुनामा लुकिराखेको पाउदा उसलाइ अचम्म लाग्थ्यो। हरे! आफ्नै मन बुझ्न र छुट्याउन नसक्ने मान्छेको बच्चा! माया पिरतिका कबिता र गीत लेख्ने गर्थी। उसको मानसपटलमा झुलुक्क उदाउथ्यो फेरी करण! ‘माया भनेको के होला?” उ मनमनै सोच्थी। “माया भनेको माया हो नी, धत् मलाइ सबले कत्ति बाठी भन्छन्, मलाइ त्यत्तिनी थाहा छैन र? मामु बाबाले मलाइ कत्ति माया गर्नुहुन्छ नी, अनि मलाइ नि वहाहरुको असाध्यै माया लाग्छ नी, त्यस्तै त हो नी माया”। “अनि मलाइ करणलाइ किन हेरीरहन मन लागेको होला?’ उ फेरी एकछिन गम्थी, हि..हि..”राम्रो लागेर नी”। यसमा के सोचिरहनु पर्यो र। अनि खेल्न पुग्थी बर पिपलको छाहारीमा, कैले आँप टिपेर खादै त कैले किम्बु कता पाकेको छ भनि चाहार्दै। गाउको बिध्यालय अनि बिध्यालयमा सबैजनालाइ पानी पिउन बनाइएको एउटै धारा। एकदिन टिफिनमा कबड्डि खेल्दा-खेल्दै गिताले लडाइदी। अलिक परतिर सानो खाल्डो रहेछ, खाल्डोमा जमेको हिलोले जामा फोहोर भयो नी ला! “पख् म पखालेर आउछु, पानी पनि पिउछु।“ उ दगुरेर धारामा पुगी।

यो पनि पढ्नुहोस  तिमी अर्थात् मेरो बाबु !

“हेर, कुहिनोमा घाउ भएछ, आउ अफिस जाँउ, म डेटोल लगाइदिन्छु।“ पुलुक्क हेरी, करण। कैल्यै नबोलेकी तर हरेक दिन नबिराइ हेरेको मान्छे। कतिबेला-कतिबेला अनुहार रातो भएछ, उसलाइ त्यसै लाज लागेर आयो।

“नाइ नाइ कै भा छैन”

उ दगुर्न खोजी उफ् फेरी ढुङगामा ठेस लागेर बुङङै लडी।

“म आउ भन्दैछु, तिमी जान्ने भएर दगुर्छौ नी।“ करण उठाउन आइपुग्यो। उ अझ रातो हुदै चुप लागेर घोसे मुन्टो लगाउदै करणसँगै अपिस गइ। करणले नबराजसरसँग डिटोल माग्यो अनि घाउमा लगाइदियो। यतिबेलासम्म करणको अनुहारमा हेर्न नसकेकी उसले करणको ध्यान घाउतिर भएको मौका पारेर चोर आँखाले सुटुक्क अनुहार हेरी अनि हतार-हतार अर्कोतिर हेरिहाली। यति नजिकैबाट त कैल्यै हेरेकी थिइन। उसलाइ झन लाज लाग्यो, मुटुले नि यहिबेला ढुकढुकि बढाइदियो, कतिबेला यहाँबाट भागौ जस्तो भयो। डिटोल लाइसक्नेबित्तिकै गीतालाइ भनी, “म खेल्दिन है, मेरो घाउ नि भा छ”, करणले नदेखाउदासम्म घाउ नै नदेखेकी उसलाइ ऐलेभने घाउकै बहाना पारेर कछ्याकोठामा एक्लै बस्न मन लाग्यो। भोलिपल्टदेखी त उसलाइ झन्-झन् करणलाइ नै हेरीरहुजस्तो लाग्न थाल्यो। उसलाइ त्यहि एकछिन करणको अनुहारमा हेर्दाको अनुभुतिले घरि-घरि कोट्याइरहन्थ्यो, कस्तो-कस्तो हुन्थ्यो, गाला राता हुन्थे, यसै अनौठौ लाग्थ्यो। त्यस्तो त उसलाइ कैलै भएको थिएन। उसलाइ करण बिध्यालय आइपुग्ने समय, घर जाने समय सबै याद हुनथाल्यो। कैलेकाहि बिध्यालय नआउदा उ सोच्थी, आज करण किन नआएको होला, बिरामि पो भयो कि, ला! अर्कै गाउ पो गयो कि?! उसलाइ बिध्यालयबाट कैले घरतिर कुध्नुझैं हुन्थ्यो अनि फेरी कैले भोलि होला जस्तो लाग्थ्यो। भोलि त करण आउछ होला। आज त बिध्यालय कस्तो नरमाइलो! मज्जै भएन।

समय बित्दै गयो, उसको बाबाले शहरतिर बसाइजाने कुरा गर्न थाल्नुभयो। आहा! अब त उ शहर जाने अनि अरुले जस्तो उसले बिहे गरेर घन्टौ उकालो ओरालो धाउदै जानुपर्ने पराइघर जानु पर्दैन भनेर ढुक्क भइ। जब-जब ठुली हुदै गएकीथिइ, उसलाइ त्यहि कुराले मनमा चोट लाग्थ्यो। उ सम्झेरै दुखि हुन्थी कि उसले बाबा ममीलाइ छोडेर जानुपर्छ, त्यो पनि कत्ति दिन या घन्टौ लाग्ने कहाँ-कहाँ टाढा रहेको अर्काको घरमा। आहा! शहरमा त घरहरु पनि नजिक-नजिकै हुन्छन रे। हिड्नु पनि पर्दैन रे। ठुलाबढा धनिमानी बस्छन् रे! बिराटनगर शहर जाने! ओहो! झन् हवाइजहाजमा पो जाने हो त! उ दङ्ग भइ, आउने दिनहरुको नयाँ उमङ्गले फुरुङ्ग हुदै उसले गाउलाइ भुसुक्कै भुलेकीथिइ। शहरको बिध्यालय त झनै उसलाइ कैले जाँउ झै भएको थियो।

यो पनि पढ्नुहोस  माइली भाउजुको त्यो यौन कुण्ठा !

हो आज फेरी उसलाइ त्यहि गाउको याद आयो। तर यादले कुनै दुख हैन, बच्चपनको मिठो आभास, ती खोला, झरना, त्यो मिठो पानी, चौतारी, लेकबेशि सबैको न्यानो माया च्यापेर ल्यायो। कैले आँप त कैले लिचि टिप्दै पोल्टोभरी कैल्यै नसकिने अद्भुत न्यानोपन भरीदियो। हो अनि उहि करणको झल्को आएर पनि अनौठो अनुभुति भयो। उसले लामो श्वास लिइ। फेरी त्यहि झ्याल बाहिर हेरी। कल्याङमल्याङ गर्ने केटाहरु गइसकेछन, उसलाइ यादैयादको बर्षादिले रुझाइदिएर। फेरी मुसुक्क मुस्कुराइ। गाँउबाट कसरी बिराटनगर र बिराटनगरबाट काठमान्डु हानिइ, सोच्दासोच्दै पुनः उसको दिमाखमा करण आयो। साँच्चि करण पनि काठमान्डुमा नै छ नी। उसलाइ करण कस्तो भयो होला, के गर्दै होला भन्ने कौतुहलता जागेर आयो। उसको मनमा त्यहि पुरानो याद बल्झिरह्यो। फोन नम्बर पत्ता लगाउन नी गार्हो रहेन, बाबाको साथिको छोरा न थियो। टुक टुक टुक टुक… फोनको नम्बरहरुको टुक टुकसँगै उसको मुटुको धड्कन पनि तिब्र गतिमा चल्यो, उसले बिर्सि पो सक्यो कि! के भन्ने हो?! के सोच्ने हो?! कता-कता डरमा जेलिइरहेपनि उसको फोन थिचिरहेको हात रोकिएन न त करणलाइ भेट्ने चाहना नै भाग्यो। पहिलो दिन उसले फोन गरेकिथिइ, दोस्रो दिन फेरी करणले फोन गर्यो। उसको होस्टलमै भेट्न आउछ रे!

दुबैको बाल्यकाल एउटै गाउमा बितेको, कुरा गर्न सार्है मज्जा आयो। त्यो चौतारी, डाडाकाढा, बिध्यालय, त्यो बुरुक्क् बुरुक्क् बाख्राको पाठो जसरी उफ्रेको चहुर, ती खुड्किला खुड्किला, त्यो बस्ती, पाखा पखेरा, खोलानाला। अनि बाल्यकालमा चोरी-चोरी हेरेको, अनुभबहरु हाँस्दै सबै सुनाइदिइ। उ करणसँग पुरानो साथिझैं खुल्न सकी। कसैसँग खुलेर कुरा गर्नु पनि कत्ति मज्जाको कुरा आहा!

करणको फोन आयो। “हेलो, ……………………………….

फोन कतिबेला राखी, पत्तो पाइन।

उ नाजबाफ बनी। उसलाइ यत्तिकादिनसम्म करणसँग कुरा गर्दा लागेको रमाइलो, यसै-यसै नाचेको मनमा खल्लो भएर आयो। स्वा…लामो श्वाश लिइ। होस्टलको दिदिले खाना खान बोलाउनुभयो। दिदिको कचकच सुन्नुभन्दा तल ओर्लेर दुइ गाँस खाएजस्तो गर्दिनु नै जाति। गर्हुङ्गो मन र खुट्टा लिएर भान्सामा ओर्ली। “ के भो तिमिलाइ, किन नुन खाएको कुखुराको जस्तो अनुहार लाएकी छौ नि?” ‘केहि हैन दिदि, कहाँ छु र नुन खाएको कुखुरा’, नसुहाउदो मुस्कुराइ। जबरजस्तिको मुस्काइमा कत्ति नि मिठास नहुने बरु रुन खोजेजस्तो देखिने।

यो पनि पढ्नुहोस  लभ इन लकडाउन,सेल्फ क्वारेन्टाइनबाटै पनि माया

कोठामा फर्की। उसको निलो मखमली तन्दामा घोप्टिएर रोउँ रोउँ लाग्यो तर आशु नै निस्केन। गित सुनौ कि के गरुम? बाहिर चोकतिर पो जाउ कि? हैन छतमा जाउ कि ! यसै छटपटि भयो। डायरी झिकी, लेखी, सम्बोधन?!! भो, केहि लेख्दिन।

करण,

मलाइ माफ गर्नुहोस्। त्यो बाल्यकालमा मैले हजुरलाइ घन्टौ हेरिरहन्थे, हजुरको ’boutमा सोचिरहन्थे, आज यति ठुलो भए। पहाडबाट तराइ र तराइबाट काठमाण्डु आइपुगे। हो त यो कुनै ठुलो कुरा भएन। मान्छे कहाँ एकै ठाउमा रुख जसरी जरा गाडेर बस्छ त!! कुरा के भने, हजुरलाइ मैले जुन रुपमा यतिका बर्ष जहाँरहेपनि, जताभएपनि मनमा सजाएर राखेकिथिए, त्यो अनुहार त्यो भावभङ्गिमा, त्यो अनुभब, त्यो हेराइ अनि ति आफैंभित्रका रमाइला पलहरु ति सबलाइ म मेटाउन चाहन्न। जुन कुरा पाइन्छ, महत्व नै गुमाइन्छ। ओहो ति अनुभुतिहरु! भो म ती सबै सखाप पार्न चाहान्न। हो तपाइले सहि भन्नुभयो, म तपाइलाइ माया गर्छु तर मायाको अर्थ प्राप्तिमा मात्र कदापि हुन सक्दैन। मैले तपाइको मन दुखाउन कहिल्यै चाहेको हैन तर म तपाइसँगका सबै भाबना मेटाएर यो सान्सारीक बन्धनमा बाधिन झनै चाहान्न। त्यसैले त भन्दैछु पाए पछिका उपेछ्या, पाएपछिका अर्थहिनतासँग मेरो माया तुलना गर्नै सकिदैन!! यो चोखो स्पन्दन, हर धड्कनमा आजसम्म सजिएको मायालाइ म छ्यणभरको बन्धनले बाँध्न चाहान्न। म मेरो बालापनदेखिको मनभित्रको त्यो प्रतिमालाइ अहँ कै्ल्यै हलचल गराउन चाहान्न, त्यसैगरी बर्षौ सजाउन चाहान्छु। माया भनेको मनमा हुन्छ अरु काहिपनि हुदैन। माया!! यति बिशाल, अमिट, अमुल्य अनुभबलाइ छ्यणभरको मृगतृष्णासँग जोडेर भताभुङ्ग बनाउन सक्दिन। के मनभित्रको माया शरीरसँग जोडिएरै आउनुपर्छ र? अँह, म मान्दिन त्यस्तो सान्सारीक भ्रमलाइ। माफ गर्नुस् करण, म हजुरलाइ यो जुनिभरी अनुभब गर्न चाहान्छु। केहि प्यासहरुपछिका प्राप्तिले त्यो अनुभुति चकनाचुर पार्न चाहान्न।

उहि….।

-प्रभा
Sydney, Australia

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

२४,जेष्ठ.२०७७,शनिबार १३:४१ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: