गोरखामा पहिलोपटक १० जनामा कोरोना, एक संक्रमित हिरासतमा

नेपाली जनता

गोरखा । गोरखामा पहिलो पटक कोरोना संक्रमण देखिएको छ । आइतबार एकै दिन गण्डकी गाउँपालिकाका ९ र पालुङटार नगरपालिकाका एक जनामा संक्रमण पुष्टि भएको हो ।

गण्डकी गाउँपालिकाका संक्रमितहरु २० देखि ४३ वर्ष उमेर समूहका छन् भने पालुङटार नगरपालिकाका संक्रमित १७ वर्षीय युवक हुन् । उनीहरुमध्ये ९ जना क्वारेन्टिनमा थिए भने एक जना प्रहरी हिरासतमा थिए । उनीहरुको यही जेठ २० गते पीसीआर परीक्षणका लागि नमूना संकलन गरेर प्रदेश जनस्वास्थ्य प्रयोगशाला पोखरा पठाइएको थियो ।

गण्डकी गाउँपालिकाको रत्नेश्वर मावि दर्वुङ र भिमोदय आधारभूत विद्यालयको क्वारेन्टिनमा रहेका ४/४ जना र ज्ञानमार्ग माविको क्वारेन्टिनमा रहेका एक जनामा कारोना देखिएको बताइएको छ । उनीहरुमध्ये आठजना भारतबाट आएका हुन् ।

संक्रमितहरुलाई जिल्ला अस्पताल गोरखाको आइसोलेसन वार्डमा ल्याउने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताए ।

यो पनि पढ्नुहोस  सरकारले हवाई र लामो दुरीको यातायात खोल्ने निर्णय गरेको दिन कोरोना भाइरस संक्रमणबाट १९ जनाको मृत्यु पुष्टि
२५,जेष्ठ.२०७७,आईतवार ०९:२९ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: