तत्काल अमेरिकासहित ३० देशका २४ हजार नेपालीलाई उद्दार गर्न नियोगहरुको सूची

नेपाली जनता

काठमाडौं । सरकारले कोभिड–१९ महामारी र लकडाउनका कारण अप्ठ्यारोमा परेका नेपालीमध्ये तत्कालै उद्दार गर्नुपर्ने नागरिकको सूची दुतावासहरुले सरकारलाई बुझाएका छन ।

विभिन्न देशमा रहेका नेपाली दूतावास र नियोगहरुबाट प्राप्त विवरण अनुसार पहिलो प्राथमिकताका आधारमा उद्दार गर्नुपर्ने नागरिकको संख्या २४ हजार १४८ छ । परराष्ट्र मन्त्रालयले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)लाई सोमबार बुझाएका विवरणअनुसार भारत बाहेक ३० देशमा तत्कालै उद्दार गरिहाल्नुपर्ने अवस्थामा रहेका नागरिक सबैभन्दा कम लाओसमा २ जना छन् भने सबैभन्दा बढी मलेसियामा साढे ६ हजार जना रहेको बताइएको छ ।
अमेरिका, बेलायत, क्यानडा र अष्टे«लिया जस्ता देशबाट नेपाली नागरिकलाई तत्कालै उद्दार गर्नुपर्ने भनेर सम्बन्धित नियोगले विवरण पठाएका छन् । यस्तै अमेरिकाबाट ६४६, अष्ट्रेलियाबाट १३००, बेलायतबाट ४९ र क्यानडाबाट ७८ जना उद्दार गर्नुपर्ने सूचीमा छन् ।

अधिकारीहरुकाअनुसार खान र बस्न समस्या परेका, रोजगारी गुमाएका र कम्पनीले टिकट नदिएका तथा विभिन्न संकटमा परेकाहरुलाई यो सूचीमा समावेश गरिएको छ । सम्बन्धित कम्पनीले टिकट काटेर पठाउने श्रमिक यसमा समावेश छैनन् ।

प्राथमिकताको आधारमा नेपाल ल्याउने प्रयोजनका लागि विदेशस्थित नियोगहरुबाट प्राप्त तत्काल उद्दार गरिनुपर्ने नेपाली नागरिकको विवरण सीसीएमसीमा पठाइएको परराष्ट्र स्रोतले जनाएको छ ।

कुन कुन देशबाट कति नागरिक तत्काल ल्याउनुपर्ने भयो रु हेर्नुस सूची

यो पनि पढ्नुहोस  यातायात व्यबस्था विभाग लथालिङ
२६,जेष्ठ.२०७७,सोमबार २०:५८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: