विकास निर्माणदेखि निभ्न लागेको चुलो बाल्नेसम्म विश्वराज विष्टकै नाम

यज्ञ ढकाल

काठमाडौं । मानिसले पदले भन्दा पनि उसको आफ्नो इच्छा शक्तिले आफ्नो जिम्मेवारी सफल बनाउँछ । समाजमा समाजिक कामले के विरोधी के आफ्ना सबैले मुक्तकण्ठले त्यस्ता मानिसको प्रसंसा गर्दछन । पद सानो होस वा ठूलो त्यसले स्थानिय तहमा काम गर्नेलाई खासै फरक पार्दो रहेनछ ।

म भक्तपुरको बालकोट वार्ड नं दुईमा बसोवास गर्न थालेको करिव ७ वर्ष पुरा भइसकेको छ । मलाई यहाँका जनप्रतिनिधि वा अन्य कोहिसँग कुनै चाँसो र मतलव थिएन । म आफु एक पत्रकारीता पेशा गर्ने भएका कारण पनि समाजमा खासै मैले घुलमिल गर्ने मौका पाएको पनि थिइन । बालकोटलाई मैले मेरो बेलुकाको सितबाट छल्ने एउटा छानो मात्र बनाएको थिए । केहि साथिभाईहरु र किराना पसले र तरकारी पसलका साँहु बाहेकले मलाई खासै चिन्र्दैनन । चिनाउनु पनि किन ? स्थानिय जनप्रतिनिधिहरुसँग मेरो खासै काम पनि परेको थिएन ।
विहान खाना खाएर हिडेपछि प्रायः रात परिसकेपछि घर फर्कने मेरो दैनिकी थियो । कोहि चिनेको साथिभाइसँग हाइ र हेलो भन्दा खासै अरु विषयमा कुरा हुने गर्दैन्थ्यो ।

भक्तपुर काँड नै थियो । यहाँका जनप्रतिनिधिहरु पनि यहिका रैथाने हुने नै भए । त्यसमा पनि वडा सदस्यमा त स्थानीय भन्दा अरुले आश गर्नु नै बेकार । तर, काँडका पनि सबै काँडे नहुने रहेछन । स्थानीय जनप्रतिनिधिहरुमा पनि समाजिक भावना ओतप्रोत हुने रहेछ भन्ने कुरा मलाई कोभिड –१९ को महामारीले सिकायो । यसलाई मैले मेरो जीवनको एउटा सिकाईकै रुपमा लिएको छु । जब सरकारले चैत्र ११ गतेबाट बन्दाबन्दी अर्थात लकडाउनको घोषण गरो । यस लकडाउनमा निम्न आए भएका र विहान बेलुका मजदुरी गरेका खानेहरुको घरको चुलो निभ्ने अवस्था आयो । त्यतिखेर सूर्य विनायक नगरपालिका वार्ड नं २ का निर्वाचित सदस्य विश्वराज विष्टको विश्राम हरायो । उनी रातदिन सहयोगि लिएर घरघरमा डेरावालाहरुको लागत संकलनमा लागे । कयौ वडाहरुमा राहातको लागि नागरिकता खोज्ने कामले जनप्रतिनिधिहरुको आलोचना शुरु भइरहेको थियो तर, विष्ट राहात लिन टोल टोलका चुलो निभ्न लागेकाहरुलाई आफै बोलादै हुनुहुन्थ्यो ।

यो पनि पढ्नुहोस  जडीबुटी-सूर्यविनायक सडकखण्ड: तीव्र गतिमा चल्ने ट्रक, टिपर र मोटरसाइकलमा सवार ८० जनाकाे मृत्यु !

त्यतिमात्रै हैन समस्या परेर आफ्नो थातथलो जान खोज्नेहरुलाई खोजि खोजि भक्तपुरका सांसद महेश बस्नेतसँग कुरा गरिरहेको कयौ पटक सुनेको थिए । तर, उनीसँग मेरो खासै परिचय भएको थिएन । तर, उहाँले तपाई त पत्रकार हुनु हुदो रहेछ ल न यहाँ केहि मानिसहरु जिल्ला जान छट्पटाइरहनु भएको छ, भनेर मलाई नै फोन गर्न थाल्नु भयो ?

तर, मसँग त्यस्तो सम्पर्क थिएन । मैले उल्टो उहाँलाई मेरै जिल्ला रामेछापका १० जनालाई जिम्मा लगाइदिए । तर, ती मानिस घर पुगेपछि उहाँको सहयोगको प्रसंसा नगरिरहन सकिन । त्यसपछि उहाँको बारेमा सोधखोज शुरु भयो मेरो पनि ?

विश्वराज विष्ट नेकपाबाट निर्वाचित एक मात्र यस वडाका जनप्रतिनिधिहुनु हुदाँे रहेछ । वडा अध्यक्षसहित ५ जनामा चार जना नेपाली कांग्रेसको तर्फबाट निर्वाचित पदाधिकारीमा विष्ट नेकपाको एक्लो प्रतिनिधि हुनुहुन्छ । उहाँलाई नेपाली कांग्रेस निकटहरुले समेत सहयोग गर्दा रहेछन । विष्ट शालिन व्यक्तित्व हुनु हुन्छ । विष्टको विषयमा स्थानिय युवा श्याम खड्का भन्छन, उहाँमा कुनै किसिमको घमण्ड छैन । उहाँ जनप्रतिनिधि भएपछि वर्षदेखिका अलपत्र सडकहरु उहाँकै पहलमा धमाधम निर्माण हुर्दै छन, भने धेरै यस्ता काम सम्पन्न समेत भइसकेका छन । कुनै ठाउँमा कालोपत्रे हुनेकाम पनि भइरहेका छन । स्थानीयको विवाद परेको ठाउँमा उहाँ आफै अगाडि सरेर विवाद मिलाउने काम समेत गर्नु हुन्छ, खड्काले भने ।

वर्षौदेखिका अलपत्र विजुलीका पोलहरु पनि व्यवस्थीत बनाउन उहाँले पहल गरेर बनेकोमा स्थानीय युवा मनोज बज्रार्चाय दङ्ग छन । बडामा ढल निर्माणमा पनि विष्टको प्रसंशा भइरहेको हुन्छ । तपाईले यी सबै जनताको वधाईको पात्र कसरी बन्नु भयो, भन्ने प्रश्नमा विष्ट भन्नु हुन्छ, “म त एउटा प्रतिनिधिपात्र मात्र हँु । यसमा स्थानिय दाजुभाइ दिदीबहिनी र समाजका गन्यमान्यदेखि यसै क्षेत्रका नेकपाका माननीय महेश बस्नेतको सहयोग नै मेरो सफलता हो ।”

२७,जेष्ठ.२०७७,मंगलवार ०७:१७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: