नारायणगढ मुग्लिन सडकखण्डको चार किलोमा पुनःपहिरो खसेपछि सडक अवरुद्ध

नेपाली जनता

काठमाडौं । नारायणगढ मुग्लिन सडकखण्डको चार किलोमा पुनःपहिरो खसेपछि सडक अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार बुधवार साँझ पहिरो पन्छाएलगत्तै पुनःसोही ठाउँमा पहिरो खसेको हो ।

इच्छाकामना गाउँपालिका वडा नं ६ मा बिहान ४ः१५ बजे पहिरो खसेको थियो । नारायणगढ मुग्लिन सडक आयोजनाका सूचना अधिकारी इञ्जिनीयर शिव खनालका अनुसार सो सडकमा पहिराले ४५ मिटर सडक ढाकेको थियो । दुवैतर्फबाट लोडरले दिनभर लगाएर पहिरो पन्छाइएको भए पनि पुनःपहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।

पानी परिरहेकाले पहिरो पन्छाउन कठिन भएको उहाँले जानकारी दिए । आज बिहानबाटै सो सडक अवरुद्ध भएपछि सवारी साधनको लामो लाइन लागेको छ ।

यो पनि पढ्नुहोस  केन्द्रीय प्रसारण लाइनमा जाजरकोट जोडियो, घरमा विद्युत् लाइन पुगेपछि स्थानिय खुशी !
३,असार.२०७७,बुधबार २१:१९ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: