अवरुद्ध गोरुसिङ्गे– सन्धिखर्क सडक सञ्चालनमा

नेपाली जनता

काठमाडाैं । पाँच दिनदेखि अवरुद्ध गोरुसिङ्गे–सन्धिखर्क सडक सञ्चालनमा आएको छ । शुक्रबार रातिदेखि अवरुद्ध रहेको सडक आज दिउँसो करिब ३ः३० बजेदेखि सञ्चालनमा आएको प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले जानकारी दिए ।

शनिबारदेखि सडक सञ्चालन गराउन दुई वटा डोजरले काम गरिरहे पनि पहिरो खस्ने क्रम नरोकिएपछि यातायातका साधन सञ्चालन हुन सकेका थिएनन् । सडक सञ्चालन भएपछि अहिले बाटोमा अलपत्र परेका सवारी र यात्रुहरु गन्तव्यमा जान थालेका छन् ।

यो पनि पढ्नुहोस  यसरी परे ११ निर्माण कम्पनी कालो सूचीमा
९,असार.२०७७,मंगलवार १८:३७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: