मध्य भोटेकोशी आयोजनाका मजदूर बेपत्ता, मजदूर भोटेकोशी नदी किनारामा काम गर्ने सिलसिलामा बेपत्ता

नेपाली जनता

काठमाडौं । निर्माणाधीन मध्य भोटेकोशी जलविद्युत् आयोजनामा काम गर्ने एक मजदूर भोटेकोशी नदी किनारामा काम गर्ने सिलसिलामा बेपत्ता भएका छन् । भोटेकोशी गाउँपालिका ४ का ४० वर्षीय रामबहादुर मगर आतबार बिहान १० बजे किनारामा काम गर्ने सिलसिलामा बेपत्ता भएको इलाका प्रहरी कार्यालय बाह्रबीसेका प्रहरी निरीक्षक नवराज न्यौपानेले जानकारी दिए ।

आयोजनाका कर्मचारी दीपक श्रेष्ठका अनुसार उनी सात महिनादेखि ग्वाग्छी हाइड्रोपावर चाकुमार्फत आयोजनामा काम गर्दै आएका थिए । बेपत्ता मजदूरको प्रहरी र स्थानीयवासीबाट निरन्तर खोजी भइरहेको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताएका हुन ।

यो पनि पढ्नुहोस  बालविवाह विरुद्धको महाअभियालाई सफल पर्न नायिका थापा कपिलबस्तुमा
१४,असार.२०७७,आईतवार २१:४६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: