नागरिक अधिकारका लागि सिंह मानिने अमेरिकी सांसद लेविसको निधन

नेपाली जनता

एजेन्सी । अमेरिकामा नागरिक अधिकारका लागि सिंह मानिने सांसद जोन लेविसको निधन भएको छ ।

नागरिक अधिकारको लडाईका लागि अमेरिकामा अनुकरणीय, प्रशंसनीय र उच्च आदरणीय व्यक्तिको रुपमा चिनिने लेविसको ८० बर्षको उमेरमा निधन भएको हो ।

उनको गत शुक्रबार निधन भएको अमेरिकाका सभामुख नान्सी पेलोसीले पुष्टि गरेको समाचारमा जनाइएको छ ।

सभामुख पेलोसीले स्वर्गीय लेविसलाई नागरिक अधिकारका लागि लडेको असाधारण व्यक्तिको रुपमा स्मरण गरेकि छन ।

उनीप्रति समवेदना व्यक्त गर्दै सभामुख पेलोसीले उहाँलाई राष्ट्रले सधैँ सम्झिरहने र आदर गरिरहने पनि विश्वास व्यक्त गर्नुभएको छ ।

शुक्रबार राति उनले शोक वक्तव्य प्रकाशित गर्दै आफ्नो अति नै आदरणीय र प्रिय व्यक्तिलाई गुमाउनु पर्दा दुःख लागेको उल्लेख गरिन ।

उनलाई गत सन् २०१९ को डिसेम्बर महिनामा पाचन ग्रन्थीमा क्यान्सर भएको पत्ता लागेको थियो । उनको उपचारकै क्रममा निधन भएको हो ।

उनको सन् १९४० मा अलाबामा भन्ने ठाउँमा सामान्य किसान परिवारमा जन्म भएको थियो ।

यो पनि पढ्नुहोस  राष्ट्रिय गौरवका २१ आयोजना: खर्च ज्यादै न्यून, कुनमा कति प्रगति?
३,श्रावण.२०७७,शनिबार १८:३२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: