जहाँ झंक ढकाल त्यहाँका नागरिकमा उभंग र उत्साह,अशक्तता भएका ब्यक्तिलाई घरमै सेवा

नेपाली जनता

विदूर । जिल्ला प्रशासन कार्यालय नुवाकोटको प्रमुख जिल्ला अधिकारीमा झंक ढकाल सरुवा भएर आएपछि जिल्लाका शारिरीक अशक्तता भएका ब्यक्तिहरुले घरमै सेवा पाउन थालेका छन ।
स्वास्थ्यको कारण स्वयं कार्यालयमा उपस्थित हुन नसक्ने ब्यक्तिहरुलाई घरमै पुगेर सेवा दिन थालेको जिल्ला प्रशासन कार्यालय नुवाकोटले जनाएको छ ।
यसैक्रममा विदुर नगरपालिका वडा नम्बर २ पाटीपानीका ८० बर्षिय विष्णुमाया कसाईलाई उनकै घरमा पुगी ढकालले नागरिकताको प्रमाणपत्र प्रदान गरेका छन ।
शारिरीक अपाङ्गता र उमेरका कारण कार्यालयमा आएर सेवा लिन नसक्ने भएकाले घरमै पुगेर सेवा प्रबाह गरेको नुवाकोटका प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले बताएका छन ।
उनका अनुशार अशक्त, स्वास्थ्यको कारण कमजोरी, बृद्धबृद्धा, अपाङ्गालगायत प्रशासन कार्यालयसम्म आईपुग्नको लागी कठिन अवस्थाका नागरिकहरुको लागी घरमै पुगेर सेवा पु¥याउनको लागी कार्यालयले गृहकार्य गरिरहेको बताउनुभएको छ ।

प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकाल

ढकाल नुवाकोटमा प्रमुख जिल्ला अधिकारीको कार्यभार सम्हाल्न आउनुभएपछि नागरिकहरुको सुबिधालाई मध्यनजर गर्दे जिल्ला प्रशासन कार्यालय नुवाकोटबाट नागरिकहरुले लिने सेवामा अब निवेदन दिनुपर्ने झण्झट समेट हटाइएको छ । प्रशासन कार्यालयले आफ्नो आधिकारीक सामाजिक सञ्जालबाटै सूचित गरेको छ ।
जिल्ला प्रशासन कार्यालयबाट लिनु पर्ने सेवाका लागि नागरिकहरुले अन्य कागजात र सिफारिससंगै निवेदन पनि पेश गर्नुपर्ने दोहोरो कागजी झण्झटलाई अन्त्य गरिएको हो । प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले प्रशासनको आन्तरिक सुधार र नागरिकहरुको सुबिधाको लागि गरेका नयाँ कार्यको शुरुवातको प्रशंसा हुन थालेको छ ।
ढकाल यस अघि लम्जुङ्गको प्रजिअ हुँदा पनि प्रशासनले दिने सेवामा निवेदन लेख्नु पर्ने व्यवस्था हटाएका थिए । त्यहाँ हरेक साता सावाग्राहीको समेत निःशुल्क सुगर र प्रेसरको परीक्षण गर्ने व्यवस्था पनि उनले मिलाएको स्थानीयहरुको भनाइरहेको छ । राहदानी फारमको शुल्क पनि ५०० रुपैयाँबाट ३२५ रुपैयाँ बनाएर नागरिक प्रति उतरदायी भएका थिए। स्रोत नुवाकोट न्युज

१७,श्रावण.२०७७,शनिबार १२:१९ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: