सिईओ छनोटः केयूकेएलमा मिलन कुलमान होइन गुम्नाम, ढकाल र चापागाई मध्ये एकको बलियो सम्भाबना

नेपाली जनता

काठमाडौं । काठमाडौं उपत्यका संघिय सरकारको राजधानी हो । यो राजधानीमा पूर्वमहाराजाधिराज देखि मूलुकमा विशिष्ट योगदान दिएका पूर्व नेताहरु र पूर्व प्रशासन देखि वहालवाला धेरैको वासोवासका लागि मुख्य रोजाई भएको ठाउँ हो काठमाडौं उपत्यका ।

काठमाडौं उपत्यकाको खानेपानीको एक मात्र अप्रेटर हो, काठमाडौं उपत्यका खानेपानी लिमिटेड । यहि लिमिटेडको मुख्य प्रशासन प्रमुख अर्थात (सिईओ) छान्न बोर्डलाई निक्कै सकस परेको छ ।
गत मंगलवार काठमाडौं उपत्यका खानेपानी लिमिटेडको (सिईओ) छनोट समितिले विनियम अनुसार तीन जनाको नाम सिइओ छनोटको लागि सिफारिस गरिसकेको छ । बोर्ड बैठकले तीन जनाबाट योग्य व्यक्तिको छनोट गर्न वोर्डलाई सकस परेको समाचार स्रोतले दावी गरेको छ ।

सिफारीस भएका तीन जना केयूकेएलमा लामो समय काम गरेका योग्य उम्मेद्धवारहरु नै भएको कारण पनि छनोटमा वोर्डलाई सकस परेको अनुमान गरिएको छ । तर, वास्तवमा त्यसो भने होइन । तिन जना नै योग्य अवस्य पनि छन । तर, यहाँ योग्यता र क्षमता भन्दा पनि भनसुन र पावरको बढी चलखेल हुन थालेको छ ।

वर्तमान सिईओ मिलन शाक्य केयूकेएलका काम चलाउ सिईओ हुन । उनको केहि महिनामा जागिरको अवधि सकिएर घर जान तयारीमा भएका कारण पनि उनी अब ४ वर्ष केयूकेएलको सिईओ हुन चलखेल हुनु अस्वाभाविक पक्कै होइन । तर, वोर्डले उनलाई करिव ६ महिना अगाडि केयूकेएलको सिईओ बनाएको थियो । त्यस समयमा उनलाई सिईओ बनाउन कसरथ गर्नेहरु भन्छन– “मिलन कुलमान बन्ला भन्ने थियो तर, गुम्नाम भयो ।” त्यसैले अर्को मानिसको खोजि अहिलेको आवश्यक्ता हो भन्नेहरुको पनि केयूकेएलसँग सरोकार राख्नेहरुको तर्क रहेको छ ।

केयूकेएलको सिईओका लागि मिलन शाक्य, अर्जनबाबु ढकाल र डा डिवि चापागाई छनोट सिफारिसबाट सिफारीस भएका छन । मिलनको विकल्पमा ढकाल र चापागाई मध्य एकलाई छनोट गर्न केहि बौद्धिक मानिसहरु लागेका छन भने मिलन शाक्यले पनि प्रधानमन्त्री ओलीको सचिवालयबाट मन्त्रीलाई दवाव दिइरहेको छन । मन्त्री विना मगरले तीन जना कसैलाई पनि भेट दिएकि छैनन । खानेपानीका केहि यूनियनका नेताहरु मन्त्रीलाई दवाव दिन मन्त्रालय धाईरहेका छन ।

यो पनि पढ्नुहोस  प्रदेश ३ का स्थानीय तहलाई एम्बुलेन्स र दमकल किन्न स्वीकृति

मिलन शाक्यका तर्फबाट पुष्प भण्डारी जग्गा कारोवारीहरुको पैसा बोकेर मन्त्रीलाई मनाउने प्रयासमा छन । उनी कुनै पनि हालतमा शाक्यलाई सिईओ नबनाउने हो भने केयूकेएलमा घेराबन्दी गरेर अर्को आउने सिईओलाई हाजिर नै हुन नदिने धक्की मन्त्रीका सचिवालयमा दिएको मन्त्रालय स्रोतले बताएको छ ।
केहिले भने, “मिलन शाक्य कुनै पनि हालतमा केयुकेएल चलाउन नसक्ने र युनियनका केहि नेताहरुको चगुलमा फसेर केयूकेएल तहस नहस बनाउने तर्क गरिरहेका छन ।” मन्त्रालय र वोर्डले पनि सोहि
किसिमको निष्र्कष निकालेको मन्त्रालय स्रोतले दावी गरेको छ ।

उनी स–साना समस्यहरुलाई पनि आफ्नो विवेकले हलगर्न नसकेर छताछुल्ल बनाउछन भने भोली मेलम्चीको पनि काठमाडौंमा आएपछि उनले राम्रो काम गर्न सकेनन भने मन्त्रालय र वोर्ड समेत बद्नाम हुने डर रहेको बोर्डका एक सदस्य बताएका छन । त्यसैले युवा डाइनेमिक ढकाल र चापागाई मध्ये एकलाई केयूकेएलको सिईओ बनाउनु पर्ने तर्क पनि खानेपानीमा चल्ने गरेको छ ।

यो प्रतिक्षाकै विषय भएको छ । केहि दिनमा खानेपानी मन्त्रालय र वोर्डले काठमाडौं वासिको सपना र चाहना पुरा गर्न जिम्मेवारीसाँथ लागेर केयूएलमा युवा नेतृत्व अवश्य पठाउन पहल गर्ने नै छ ।

२५,श्रावण.२०७७,आईतवार १२:४४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: