परराष्ट्रनीतिको ‘रिसेट’ गर्दैछौं भन्ने परराष्ट्र मन्त्रीको शब्दले नेपाल परराष्ट्र निति परिवर्तन गर्दै त छैनः डा ओझा

नेपाली जनता
nepalijanta73@gmail.com

विश्वको राजनिति र कुटनीतिक विषयका ज्ञाता प्रोफेसर डा. निराञ्ज ओझा अहिले देखिएको भारत–नेपाल र चीन, अमेरीका र भारतका वीचमा भइरहेको व्यापार युद्ध र सिमा विवादका विषयमा तिक्ष विश्लेषण गर्नुहुन्छ । खोरो लवजका डा. ओझा विश्वभरका कुटनीतिक विश्लेषकहरुले गरेका टिप्पणीको केस्रा केस्रा केलाएर अर्थ लगाउन सक्ने क्षमता राख्नु हुन्छ । उहाँ अंग्रेजी साहित्यमा राम्रो दख्खल राख्नुहुन्छ । डा.ओझाले कुटनीतिक विषयमा विदेशका फोरमहरुमा हजारौ कार्यपत्र समेत प्रस्तुत गरिसक्नु भएको छ । उहाँ शिक्षण पेशामा आवद्ध हुनुहुन्छ । त्यसको अलावा लेख र कुटनीतिक विश्लेष पनि गर्दै आउनु भएको छ । उहाँ समाज सेवामा पनि त्यतिकै लगाव राख्नु हुन्छ । यस्ता विलक्षण प्रतिभा भएका कुटनीतिकज्ञ विश्लेषकसँग कुटनीतिका र परराष्ट्रनीतिका विषयमा गरिएको कुराकानीका केहि अंश ।

पछिल्लो समय नेपालको परराष्ट्रनीति अलिअलि असन्तुलित तरीकाले अगाडी बढीरहेको छ भन्ने कुटनितिक क्षेत्रका व्यक्तिहरुको टिप्पणी आउने गरेको छ । यहाँ पनि कुटनितिक क्षेत्रको अध्यता हुनु हुन्छ विष्लेषण के छ ?

उहाँले परराष्ट्र नीतिको ‘रिसेट’ गर्दैछौं भन्ने शब्द प्रयोग गर्नु भयो । यसको शाब्दीक अर्थको भाव बुझ्ने हो भने परराष्ट्र निति परीवर्तन गर्दैछौ भन्ने लाग्दछ । अनि नेपाल सरकार अब परराष्ट्र नीति परीवर्तन गर्ने सोचमा त छैन भन्ने भान पदर्छ । तर अहिलेसम्म सरकारले आधिकारिक रुपमा असलंग्नता/ पञ्चशिल नै भनिरहेको सन्दभमा चाहि परराष्ट्र नीतिमा बदलाव आएको जस्तो देखिदैन । तर व्यवहारीक पक्ष हेर्दा पछिल्लोसमय छिमेकी मित्र राष्ट्र भारतसँग कतिपय सम्बन्धमा आएका उतार चढावले गर्दा सरकारले परराष्ट्र नीति सन्तुलित तरीकाले अगाडी बढाउन नसकेको हो कि भन्ने देखिन्छ ।

नेपाल सरकारले नीतिगत रुपमा अहिलेसम्म असंलग्नत परराष्ट्र नीति र पञ्चशिलको सिद्धान्त भन्न छाडेको छैन । यद्यपी गतहप्ता परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले एउटा निजी टेलिभिजनसँग अन्तरवार्ता दिने क्रममा पटक पटक अंग्रेजी शब्द ‘रिसेट’ भनेर उचारण गर्नु भएको छ । उहाँले परराष्ट्र नीतिको ‘रिसेट’ गर्दैछौं भन्ने शब्द प्रयोग गर्नु भयो । यसको शाब्दीक अर्थको भाव बुझ्ने हो भने परराष्ट्र निति परीवर्तन गर्दैछौ भन्ने लाग्दछ । अनि नेपाल सरकार अब परराष्ट्र नीति परीवर्तन गर्ने सोचमा त छैन भन्ने भान पदर्छ । तर अहिलेसम्म सरकारले आधिकारिक रुपमा असलंग्नता/ पञ्चशिल नै भनिरहेको सन्दभमा चाहि परराष्ट्र नीतिमा बदलाव आएको जस्तो देखिदैन । तर व्यवहारीक पक्ष हेर्दा पछिल्लोसमय छिमेकी मित्र राष्ट्र भारतसँग कतिपय सम्बन्धमा आएका उतार चढावले गर्दा सरकारले परराष्ट्र नीति सन्तुलित तरीकाले अगाडी बढाउन नसकेको हो कि भन्ने देखिन्छ ।

० यहाँले सामान्य संकेत पनि गर्नु भयो, मेरो सोधाई नेपालले लिम्पियाधुरा र लिपुलेक सहितको भूमि समेटीएको नक्सा जारी गरेपछि र अझ प्रम ओलीले राम जन्म भूमि भारत होइन नेपालमा पर्दछ भनेपछि भारत त चिढिएको देखिन्छ नि ? भारतीय मिडियाले पनि नेपाल चिनतर्फ ढल्कीयो भन्छन नि ?

यो पनि पढ्नुहोस  'कम्युनिस्टकाे छाडा शासनमाथि कांग्रेसले अंकुश लगाउँछ'

हो अहिले यस्तो प्रश्न चल्तीमै छ । तर नेपाल भारत बीचको सम्बन्ध एउटा देश र अर्को देश बीच वा सरकार र सरकार बीच मात्र सिमित छैन । नेपाल र भारत बीचको सबै भन्दा बलियो सम्बन्ध भनेको सांस्कृतिक भाषिक र धार्मिक सम्बन्ध हो । त्यस्तै विश्वमै यस्ता कमै देश छन जहाँ खुल्ला सिमान छ । बैवाहिक सम्बन्ध छ । यसरी हेर्ने हो भने नेपाल भारत बीचको सम्बन्धमा यी क्षेत्रमा अर्थात भाषिक,सांस्कृतिक,धार्मिक क्षेत्रका सम्बन्धमा कुनै असर परेको छैन । अन्य कुरा जुन यहाँले प्रश्नमा उठाउनु भयो, खासगरी लिपुलेक, लिम्पियाधुरा विवादित क्षेत्र हो भनेर त भारत स्वयमले समेत स्वीकारेको कुरा हो । भारतले नै सुस्ता र कालापानी विवादीत क्षेत्र भनेर स्वीकारेकै छ । यो क्षेत्र समेटीएको नक्सा अहिले जारी गर्नु उपयुक्त समय थियो/थिएन त्यो छलफलको बिषय हुन सक्छ । तर नेपालले आफ्नो भूमि समेटेर नक्सा जारी गर्नु आफ्नो भूमि दावी गर्नु स्वभाविक हो । प्रमाणका आधारमा प्रमाणित गरेपछि त्यो भूमि नेपालको हुन्छ त्यसमा विवाद हुँदैन । जहासम्म अयोध्याको बिषयमा प्रमको दावी छ, कतिपय इतिहासका बिषय पहिला जे मान्दै आइएको छ त्यो पछि नयाँ तथ्यहरुहरुले खण्डन गर्ने र नयाँ सत्यहरु पत्ता लाग्ने पनि हुन्छ । जस्तो भृकुटीकै कुरा गरौन मैले पढ्दा अंशुवर्माकि छोरी भनेर पढेको थिए, मैले अहिले पढाउँदा अंशु वर्माकि छोरी होइन भनेर पढाउछु । यस्ता इतिहासका धेरै बिषय अध्ययन अनुसन्धान गर्दै जाँदा पुराना मान्यता बदलिन सक्छन । यस्को मतलव अयोध्याको बिषय पनि बदलिन्छ भनेर मैले भन्न खोजेको होइन तर धार्मिक क्षेत्रका अध्यता इतिहासका अध्यता वा ज्ञाताले यो बिषयमा छलफल गरी अध्ययन अनुसन्धान गरी एउटा निष्कर्ष निकालेको भए राम्रो हुन्थ्यो । प्रम राजनीतिक व्यक्ति उहाँले राजनीतिक कुरा गर्दा राम्रो हुन्छ । राजनीति भन्दा बाहिरको र अनुसन्धान गर्नु पर्ने बिषयमा नबोल्नु भएको भए उचित हुने थियो ।

० नेपाल चिन सम्बन्धमा पनि नेपाल चिनतर्फ ढल्किएको चिनियाँ राजदूतको नेपालमा सक्रियता बढेको भन्ने टिका टिप्पणी पनि आउने गर्दछ नि ?

भारतका निजी मिडियाले के भन्छन त्यो अलग बिषय भयो । त्यस्तै यसै हप्ता मात्र भारतका लागि चिनियाँ राजदूतको अन्तरवार्ता पढेको थिए, त्यहाँ राजदूतले भारत र चीन बिचको सम्बन्ध असहज नभएको बताउनु भएको थियो । भारत र चीनको बिग्रीएको वा भारत र नेपालको सम्बन्ध बिग्रीएर चीन आएको भन्ने बनावटी कुरा हो तर ठाउँ दियो भने चलखेल हुनसक्छ । हिजो एउटालाई ठाउँ दिदा ऊ आयो, अर्कोलाई ठाउँ दिए उ पनि आउन सक्छ, बाटो दिएपछि बाटोमा त जो पनि आउछन् नि ।

नेपाल चीन सम्बन्धका पनि विभिन्न आयाम छन । सामाजिक, सांस्कृतिक र राजनीतिक आधारहरु छन् । चाइनाको घोषित विदेश नीति भनेकै अर्काको आन्तरिक मामलामा हस्तक्षेप नगर्ने भन्ने हो । यो नितीमा परीवर्तन गर्ने भनेर कतै भनेको छैन । चीनको आधिकारीक विदेश नीति भनेको नेपाल मात्र होइन कसैको पनि आन्तरीक मामिलामा हस्तक्षेप नगर्ने भन्ने छ । जहाँसम्म राजदूतले विभिन्न नेताहरुलाई भेटेको कुरा छ । यो त नेपालको परराष्ट्र मन्त्रालय परराष्ट्रमन्त्रालयका अधिकारीले जान्ने कुरा हो । डिप्लोमेटको प्रोटोकल, उनीहरुले पाउने सुविधा भियना कन्भेन्सनले तय गरेको छ । त्यो अनुसारको सुविधा दिने क्रममा नेपालको परराष्ट्र मन्त्रालयले पहिलानै भन्नु पर्ने थियो तिम्रो यो सिमा छ भनेर । परराष्ट्र मन्त्रालय आफूले गर्ने काम नगर्ने राजदूतलाई दोष लगाउने कुरा उचित छैन । जहाँसम्म नेपालमा चिनियाँ चलखेल भयो भन्ने छ त्यो भारतका निजी संञ्चार माध्यमले भनेका हुनु भारतको सरकारी मिडिया र सरकारले भनेको होइन । भारतका निजी मिडियाले के भन्छन त्यो अलग बिषय भयो । त्यस्तै यसै हप्ता मात्र भारतका लागि चिनियाँ राजदूतको अन्तरवार्ता पढेको थिए, त्यहाँ राजदूतले भारत र चीन बिचको सम्बन्ध असहज नभएको बताउनु भएको थियो । भारत र चीनको बिग्रीएको वा भारत र नेपालको सम्बन्ध बिग्रीएर चीन आएको भन्ने बनावटी कुरा हो तर ठाउँ दियो भने चलखेल हुनसक्छ । हिजो एउटालाई ठाउँ दिदा ऊ आयो, अर्कोलाई ठाउँ दिए उ पनि आउन सक्छ, बाटो दिएपछि बाटोमा त जो पनि आउछन् नि ।

यो पनि पढ्नुहोस  'प्रकृतिले बनाई दिएको नेपाल यति सुन्दर छ कि त्यो बाहिर खोजेर पाइँदैन'

० मित्र राष्ट्रहरुसँगको सम्बन्धकै कुरा गर्दा नेपालको संसदले अमेरिकी मिलिनियम च्यालेञ्ज कर्पोरेसन (एम.सी.सी) पास गर्ने काम समय सुरु नगरेको कारण अमेरिका पनि रुष्ट छ भन्छन् नि ?

यसै हप्ता नयाँ पत्रिका दैनिकमा नेपालका लागि चिनियाँ राजदूत होउ याङछीको अन्तरवार्ता थियो । त्यो अन्तरवार्तामा उनले प्रष्ट रुपमा भनेकी छन एम.सी.सी नेपालको आन्तरिक बिषय हो । यसमा चीनलाई तान्न जरुरी छैन भन्नु भएको छ । त्यस्तै बिआर आई र एमसीसी पनि एकअर्काका विपरीत कुरा हुन भन्ने कुराको पनि उहाँले खण्डन गर्नु भएको छ । अहिले पछिल्लो समय विश्व राजनीति पुन ध्रुबीकृत भएको देखिन्छ । सोभियत संघको बिघटन पछि विश्व दुई ध्रुवबाट एक ध्रुब भयो, शित युद्ध अन्त भयो भनिएको थियो तर अहिले सन् २०२० मा आउँदा विश्व पुन बुहध्रुवीय हुन खोजे जस्तो देखिन्छ । बहु ध्रुव बन्न खोज्दा शक्ति राष्ट्रहरुले हाम्रो जस्तो सामरीक रुपले महत्वपुर्ण, अन्य हिसाबले कमजोर देश तर्फ दृष्टी लगाउनु स्वभावीक हो । हामीले यही कुरालाई हेक्का राख्दै उनीहरुको दृष्टिकोण र हाम्रो सामरीक महत्वलाई विवेक पूर्वक भावनामा नबगी राजनीतिज्ञहरु, कुटनीतिज्ञहरु र सरकारमा बस्नेले ख्याल गर्नु पर्दछ । नेपालीमा एउटा उखान पनि छ आफ्नो थैलीको मुख कसो बनाउनु अरुलाई दोष नलगाउनु भन्ने । परराष्ट्र सम्बन्धमा पनि यही कुरा लागु हुन्छ । आफ्नो थैलीको मुख बलियो बनाउनु पर्दछ अरुलाई दोष दिनु हुन्न ।

० अलिक फरक प्रसंगतर्फ लागांै अहिले सरकारका काम कारवाहीको समिक्षा कसरी गर्नु हुन्छ ?

अहिले भ्रष्टचार बढेको, सरकारले आफ्नो भनाई अनुसार काम गर्न नसकेको, शुसासन दिन नसके को जस्ता कुरा उठेका छन् । यी बिषयको अनुसन्धान गर्ने विभिन्न निकाय छन् । संसदका विभिन्न समिती छन् ती समितिमा कुरा उठ्लान । सम्बन्धित निकायहरुले छानबीन गर्लान, अख्तियारले पनि छानबीन गर्ला । मेरो बिचारमा यी दोस्रो चरणका कुरा हुन पहिलो कुरा हामीले अंगालेको पद्धती हो । के साचैं यो पद्धतीले काम गरि रहेको छ ? स्थानीय, प्रदेश र संघीय सरकारका काम कारवाहीले अहिलेसको पद्यती माथिनै प्रश्न उठ्ने गरेको छ । २०७२ को संविधानले यो पद्यती स्थापित गरेको हो तर अब पुन यही पद्यती अनुरुप चुनाव गर्ने कि नगर्ने प्रश्न उठेको छ । यो प्रश्न त संसदमा समेत उठेको छ । हिजोका आन्दोलनकारी वा विपक्षीले पनि अहिले हामीले अपनाएको पद्यती नेपालको आर्थिक, भौगोलिक, सांस्कृतिक अवस्था, जनताको चेतना स्तर, नेताहरुको नेतृत्व क्षमता र चेतना स्तर अनुरुप भयो भएन भन्ने प्रश्न उठेका छन् । अझ भनौ अहिले सरकार होइन कि यो पद्यतीनै फेल भयो भनेर कुरा उठीरहेका छन् । नेपालको इतिहासमा धेरै पद्यती प्रयोग भई असफल भएका छन् । राजनीतिक पद्धती नै असफल भएपछि सरकारको के कुरा गर्ने । गलत पद्यती अपनाए पछि सरकार, नेता, दल सबै असफल हुन्छन ।

० वर्तमान सरकारले कोरोना भाईसर कोभिड—१९ नियन्त्रण गर्न नसकेको भनेर आलोचना भईरहेको छ नि ?

यो पनि पढ्नुहोस  एन.आर.एन.एन.ए.आइसिसी महिला फोरम संयोजकमा जुनु गुरुङको उम्मेदवारी, गुरुङको पल्ला भारी हुने पक्का

मेरो भनाई त अहिलेको सिस्टमले नै काम गरेन भन्ने हो । यो सिस्टमलेनै काम नगरे पछि यस अन्तगर्त बनेको सरकारले कसरी काम गर्न सक्छ र ? सरकार असफल पद्यतीको कारणले होकि अरु कारणले भनि छलफल गर्नु पर्दछ । सरकारको कारण पद्यती असफल भयो कि पद्यती असफल भएकाकारण सरकार असफल भयो ? मेरो भनाई त अहिलेको पद्यतीनै असफल भयो भन्ने हो । अरुलाई के लाग्दछ त्यो पनि खोजी गर्नु पर्दछ । सिस्टमनै असफल भएपछि कोभिड नियन्त्रण मात्र होइन अन्य सबै कुरामा सरकार असफल हुन्छ ।

अन्त्यमा ?

नेपाल इतिहासको सबै भन्दा जटिल मोडमा छ । एउटा लामो संक्रमणकाललाई अन्त्य गर्दै २०७२ सालमा संविधान सभाबाट संविधान बन्यो । संविधानमा धेरै कुरा राखिए जसको परीक्षण अहिले हुँदैछ । परीक्षणमा सरकारले दिने सेवाको प्रत्याभूति जन चाहना अनुरुप भएन भने त्यसले सरकार होइन सिस्टमलाई असर गर्दछ । यो कुरा यो सिस्टम सञ्चालन गर्नेले बुझ्नु पर्दछ । अहिले सहि निर्णय नगरे इतिहासमा अहिलेका दलहरु, अहिलेका नेतृत्वकर्ताहरु इतिहासमा कलंकित हुनेछन ।

२७,श्रावण.२०७७,मंगलवार ११:४१ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: