ट्रोलको शिकार बनेका दुर्गेशले ल्याए ‘आलु जस्तो गायक’

नेपाली जनता

गायक दुर्गेश थापा बेलाबेला विवादमा आइरहन्छन्। पछिल्लो समय ऋषि धमलाको ‘जनता जान्न चाहन्छ’ कार्यक्रममा दुर्गेशलाई नारायणगोपालको कुनै एउटा गीत गाउनु भनेर अनुरोध गर्दा उनले भक्तराज आचार्यको गीत गाएपछि विवादमा आएका थिए।

त्यो घटनापछि ‘ट्रोल’को सिकार बने।

धेरैले उनको आलोचना गरे। तर मान्छेबाट गल्ती हुन्छ भन्दै दुर्गेशलाई समर्थन गर्नेको कमी थिएन। उनै दुर्गेश थापाले ‘जनता जान्न चाहन्छ’ कार्यक्रममा भएको घटनालाई केन्द्रमा राखेर नयाँ गीत सार्वजनिक गरेका छन्।

‘आलु जस्तो गायक’ बोलको यो गीतमा दुर्गेशले आफू गायक कसरी र कुन परिस्थितिमा भएको कथा समेटेका छन्। गीतको शब्दले भन्छ, ‘होहो माले भन्ने मान्छे गायक भो बबाल, नगर सवाल..’ गीतमा बसन्त थापाले शब्द र संगीत दिएका छन्।

भिडिओमा शिव बिकको निर्दर्शन तथा कोरियोग्राफी छ। अर्जुन तिवारी र टोलीको सिनेमाटोग्राफीमा तयार भएको ‘आलु जस्तो गायक’ मा दुर्गेश सहित भिडिओमा पल शाह, पुष्प खड्का र सरिता केसीको पनि नृत्य छ।

गीत बिहीबार युट्युब च्यानल ‘इनाक्सी इन्टरटेनमेन्ट’मार्फत सार्वजनिक भएको हो। दुर्गेशले यसै वर्ष ‘बीच्च बीच्चमा २’, ‘बरि लै’ जस्ता ‘हिट’ गीत सार्वजनिक गरेका छन्।

५,भाद्र.२०७७,शुक्रबार ११:११ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: